पौडी खेल्ने क्रममा आठ वर्षीय बालकको मृत्यु


Mechikali

धुलिखेल– काभ्रेको रोशी गाउँपालिकास्थित रोशी खोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पौडी खेल्ने क्रममा रोशी गाउँपालिका–५ कोकाम बस्ने प्रकाशकुमार लामाको ८ वर्षीय छोरा अबि तामाङको मृत्यु भएको हो । विद्यालयबाट घर फर्कने क्रममा रोशी गाउँपालिका–९ कालोपुल नजिक रोशी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाई उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलाले बगाई वेपत्ता भएका तामाङ रोशी गाउँपालिका–११ कालढुङ्गास्थित खोला किनारमा मृत अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया



थप समाचारहरु