अनेमसंघ धुलिखेलमा सरस्वतीको नेतृत्व


मेचीकाली

धुलिखेल–नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ धुलिखेल नगर कमिटीको प्रथम नगर सम्मेलन धुलिखेलमा सम्पन्न भएको छ । सम्मेलनले सरस्वती श्रेष्ठको अध्यक्षतामा ४६ सदस्यीय नगर कमिटी गठन गरेको छ । 

कमिटीको उपाध्यक्षमा सरिता हुमागाईं, सचिवमा पार्वती केसी, सहसचिवमा सजना तामाङ र कोषाध्यक्षमा सुमी भुजेल चयन भएका छन् । सम्मेलनपश्चात अनेमसंघ नगर कमिटीको पहिलो बैठकले ७५ सदस्यीय समितिलाई पूर्णता दिने र पार्टीको निर्णय तथा सिद्धान्तमा कटिवद्ध र अडिग रही अघि बढ्ने नवनिर्वाचित अध्यक्ष सरस्वती श्रेष्ठले जानकारी दिएकी छन् ।


प्रतिक्रिया



थप समाचारहरु