एमाले काभ्रेको अध्यक्षमा अशोक व्याञ्जू निर्वाचित


मेचीकाली

धुलिखेल- नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक व्यान्जु सर्वसम्मत निर्वाचित भएका छन् । 

एमाले काभ्रेको दशौं जिल्ला अधिवेशन अन्तर्गत बन्द सत्रमा पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले अध्यक्षमा व्यान्जु निर्वाचित भएको घोषणा गरे । अध्यक्षका अर्का दाबेदार नारायण पाण्डे पछि हटेसँगै ब्यान्जु निर्वाचित भएका हुन् । 'कमरेड नारायण पाण्डेले आफ्नो दाबेदारी फिर्ता लिएसँगै अध्यक्षमा कमरेड अशोक ब्यान्जु सर्वसम्मत निर्वाचित भएको घोषणा गर्दछु' बास्कोटाले भने ।

यस्तै उपसचिवमा रिता ढकाल निर्वाचित भएक्व्व छन् । उनी तत्कालीन माओवादीबाट नेकपा हुँदै एमालेमा आएकी हुन् । उनका लागि दुईमध्ये एक उपसचिव पद सुरक्षित बनाइएको हो भने अर्को एक उपसचिवका लागि मतदान हुनेछ । 

 यस्तै समायोजन प्रकृयाबाट आएकाहरुलाई समेट्दै खुला तथा समावेशीतर्फ केहि जिल्ला सदस्य समेत सर्वसम्मत चयन भएका छन् । सर्वसम्मत भएकाहरुले पनि निर्वाचन प्रकृया पुरा गर्न भने उम्मेदवारी दर्ता गर्नुपर्ने भएको छ । बाँकी पदका लागि भोली मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ । भोलि आइतबार विहान ६ः३० देखी ८ः३० सम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । यस्तै ८ः३० देखी ९ः३० सम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने विहान १० बजे अन्तिम नामावली प्रकाशन हुनेछ । भोलि नै विद्युतीय भोटिङ मेसिन मार्फत मतदान हुनेछ । 

प्रतिक्रिया



थप समाचारहरु