यी हुन् काभ्रेमा एमाले महाधिवेशन प्रतिनिधिका उम्मेदवार (सूचीसहित)


मेचीकाली

बनेपा–नेकपा एमालेको आगामी मंसिरमा हुने महाधिवेशनका लागि यही कार्तिक २७ गते देशभर एकसाथ महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् । 

महाधिवेशन प्रतिनिधि चयनका लागि काभ्रेमा चुनावी प्रक्रिया सुरु भइसकेको छ । चुनावी प्रक्रियाअन्तर्गत आज कार्तिक २४ गते उम्मेदवारी दर्ताको काम सकिएको छ । आज उम्मेदवारी दर्ता गरेकाहरुले कार्तिक २६ गते दिउँसो ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने कार्यतालिका रहेको छ । सहमति हुन नसके कार्तिक २७ गते चुनाव हुनेछ । 

काभ्रेबाट कुल ३४ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । त्यसका लागि १ सय ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नंवर १ मा खुलातर्फ १० जना, महिला ४ र समावेशी १ गरी १५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् भने क्षेत्र नंवर २ मा खुलातर्फ १२ जना, महिला ५ जना र समावेशीतर्फ २ जना गरी १९ जना प्रतिनिधि चयन हुनेछन् । 

निर्वाचन समितिका अनुसार क्षेत्र नंवर १ मा खुलातर्फ ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने महिलातर्फ ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नंवर १ मा समावेशीतर्फ गीता सुनुवार निर्विरोध भएकी छन् । क्षेत्र नंवर २ मा खुलातर्फ ३४ जना, महिलातर्फ १३ जना र समावेशीतर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 


उम्मेदवारको प्रारम्भिक सूची



प्रतिक्रिया



थप समाचारहरु