पनौती नगरमा "क्लासिक एकेडेमी फेस्ट २०२१"


मेचीकाली

पनौती - नगर बाल समूह सन्जल पनौतीको आयोजना, क्लासिक ग्रुपको प्राबिधिक सहयोग एबम पनौती नगरपालिकाको आर्थिक सहयोगमा पनौतीमा पौष ३-४ गते क्लासिक एकेडेमी फेस्ट २०२१ कार्यक्रम सप्पन्न भएको छ ।

 नगर भित्रका २१ सामुदायिक एबम सरकारी बिद्यालय सहभागी कार्यक्रममा बालबालिको प्रतिभा प्रस्पुटन एबम श्रीजनशिलता बिकासलाई ध्यान दिन ९ बिधाहरु संसदिय बहस , हस्तलेखन ,कविता लेखन ,लघु कथा लेखन ,चिन्तन, हाजिरीजवाफ, वकक्तत्वकला ,चित्रकला ,हिज्जे प्रतियोगिताहरु आयोजना गरिएको हो । नगरबाल समूह सन्जालको अध्यक्ष दिक्षित न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख भिम न्यौपाने उपप्रमुख गिता बन्जारा बाल मैत्री श्रोत ब्यक्ति केशब बन्जरा एभरेष्ट एकेडेमीका स्माईल चौधरी, युएनपएफआईआईका प्रतिनिधि फूलमान चौधरी क्लासिक ग्रुपका टिम लिडर धिरज जोशी ,जिल्ला बाल सन्जाल अध्यक्ष सुबोध धिमाल ,बालक्लब पुर्ब सदस्यहरु निस्चल श्रेष्ठ ,रामेस्वर आचार्य ,पुर्ब युवा प्रधानमन्त्री सन्जिप न्यौपाने, लगायतको उपस्तिथि रहेको थियो ।

फेस्ट्मा सामुदायिक माबि उत्कृष्ट बिद्यालय घोषित भएको थियो भने विभिन्न बिधाका बिजेताहरुलाई उपप्रमुख गिता बन्जाराले मेडल ट्रपी सहित प्रमाणपत्र प्रदान गर्दै बालबालिकाको सर्बोतम हितलाई ध्यान राख्दै बालमैत्री घोषणालाई दिगो बनाउन नगर सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने बताईन । बाल क्लब पुर्ब सदस्यहरु सरिता सापकोटा र सुजन सापकोटाको संयोजनमा सप्पन्न कार्यक्रममा २१ बिद्यालय २५० भन्दा बढी विद्यार्थीहरु सहभागी रहेका थिए । कार्यक्रम सामुदायिक माबी र नगरपालिकाको हलमा सप्पन्न भएको थियो


 

प्रतिक्रिया



थप समाचारहरु