काभ्रेमा आज : कोरोना संक्रमित र डिस्चार्ज हुने शुन्य


मेचीकाली

काभ्रे–पछिल्लो केही दिन कोरोना संक्रमित बढेको काभ्रेमा फेरि नयाँ संक्रमितको संख्या शुन्यमा पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको आजको तथ्यांकअनुसार आज एक जनामा पनि कोरोना संक्रमण देखिएन । यस्तै आज डिस्चार्ज हुनेको संख्या पनि शुन्य नै रहेको छ । 

काभ्रेमा हिजो चारजना कोरोना संक्रमित थपिएका थिए भने १७ जना डिस्चार्ज भएका थिए । आजसम्मको तथ्यांक अनुसार काभ्रेमा सक्रिय संक्रमितको संख्या ८९ रहेको छ । त्यसमध्ये सबैभन्दा बढी सक्रिय संक्रमित बनेपा नगरपालिकामा २८ जना रहेका छन् । चौरीदेउराली, रोशी, खानीखोला र महाभारत गाउँपालिकामा संक्रमितको संख्या शुन्य रहेको छ । काभ्रेमा अहिलेसम्म १४ हजार ६ सय ७८ जनामा कोरोना संक्रमण भएको छ भने १४ हजार ३ सय ९७ जनालाई निको भएको छ । यस्तै २ सय ६८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पहिलो मात्रा खोप लगाउनेको संख्या १ लाख ८८ हजार ८ सय ४४ पुगेको छ भने १ लाख ४८ हजार ८ सय ३३ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


प्रतिक्रिया



थप समाचारहरु