धुलिखेल एकमा काँग्रेसका सन्तबहादुर विजयी


मेचीकाली

धुलिखेल-काभ्रेको धुलिखेल नगरपालिकामा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । धुलिखेल नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयका अनुसार धुलिखेल नगरपालिका– १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सन्तबहादुर लामा ५७३ मत ल्याई विजयी भएको जनाएको छ । 

कार्यालयका अनुसार धुलिखेल नगरपालिका–१ को महिला सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार चन्द्रमाया तामाङ (५५२ मत), दलित महिला सदस्यमा काँग्रेसकै गोमा विश्वकर्मा (५४७ मत), खुल्ला सदस्यमा काँग्रेसकै दिपक घोरासाईने (५२० मत) र अर्को खुल्ला सदस्यमा एमालेका लाक्पा लामा (४८५ मत) विजयी हुनु भएको छ ।

यसैगरी धुलिखेल नगरपालिका वडा नम्बर ६ को दलित महिला सदस्यमा एमालेकी पार्वती विश्वकर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया



थप समाचारहरु