बुडोलमा मान्छे मार्ने टिपरका चालक पक्राउ


मेचीकाली

बनेपा– गत शनिबार राती काभ्रेको बनेपा ७ बुडोल स्थित अरनिको राजमार्गमा एकजनालाई ठक्कर दिएर ज्यान लिने टिपरका चालक पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय काभ्रेले व्यापक खोजतलास गर्दै दुर्घटनाका जिम्मेवार मण्डन देउपुर १२ का दुर्गावहादुर तामाङलाई पक्राउ गरेको हो । यस्तो छ जिल्ला प्रहरीले दिएको घटना विवरण


"सवारी दुर्घटना गराई फरार चालक पक्राउ"

घटना मिति समय र स्थान :- मिति २०७८।०८।२५ गते रातको अं. २३:३० वजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ०७ स्थित अरनिको राजमार्ग सडक खण्डमा काठमाण्डौबाट धुलिखेल तर्फ जाँदै गरेको ट्रिपरले पैदल यात्रीलाई ठक्कर दिई भागेको । 
घटनाको प्रारम्भिक विवरण :- 
तत्काल एकिन नम्बर नखुलेको काठमाण्डौबाट धुलिखेल तर्फ जाँदै गरेको ट्रिपरले जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं. ०७ स्थित अरनिको राजमार्ग सडक खण्डमा जिल्ला काभ्रेपलाञ्चोक रोशी गाउँपालिका वडा नं. ०४ बस्ने वर्ष ३७ को चतुरमान तामाङ्गलाई ठक्कर दिई गम्भिर घाईते बनाई भागेको भन्ने सूचना प्राप्त । 
प्रहरी कारवाही:-
१) घाईते पैदल यात्रीलाई तत्काल डिउटीमा रहेको प्रहरी कर्मचारीहरुले घट्नास्थलबाट उपचारको लागि अस्पतालतर्फ पठाईएकोमा निज घाईते चतुरमान तामाङ्को सोही दिन धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको, ठक्कर दिने सवारी ट्रिपरको खोजतलास कार्यलाई व्यापकता दिईएको ।
२) तत्काल जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र ई.प्र.का. बनेपा समेतबाट विशेष अनुसन्धान टोलि खटि गई अनुसन्धान कार्य प्रारम्भ गरीएको । 
३) घटनास्थलबाट बरामद भएका बिभिन्न सबुत प्रमाणहरु समेतको सुक्ष्म अनुसन्धान गरीएको ।   
२) तत्काल एकिन नम्बर नखुलेको गाडीको विविध पक्षहरुको अध्ययन अनुसन्धान गर्न घट्नास्थल आसपास रहेका व्यक्तिहरु तथा सवारी चालकहरुसंग सोधपुछ गरीएको । 
४) सोधपुछको क्रममा घटना घटाउने ट्रिपर धुलिखेल तर्फ भागेको भन्ने जानकारी प्राप्त गरेको ।
५) ब्यापकरुपमा Human Int. परिचालन, विभिन्न निकायहरुसंगको समन्वयमा प्राविधीक पक्षहरुको समेत अनुसन्धान बिश्लेषणको क्रममा ठक्कर दिई भाग्ने बागमती प्रदेश ०१-००६ ख २८०५ नम्बरको ट्रिपर गाडी चालक जिल्ला काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा नं. १२ बस्ने सुन बहादुर तामाङको छोरा वर्ष ३३ को दुर्गा बहादुर तामाङको पहिचान गरिएको, उक्त गाडीको चालकको खोजतलास गर्दै जाने क्रममा निज दुर्गा बहादुर तामाङलाई निजको स्थायी वतनबाट मिति २०७८।०८।२७ गते बागमती प्रदेश ०१-००६ ख २८०५ नम्बरको ट्रिपर सहित नियन्त्रणमा लिईएको ।
६) मृतकको परिवारबाट सवारी ज्यान मुद्दा शिर्षकमा जाहेरी दरखास्त प्राप्त गरी सम्मानित अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको ।   

प्रतिक्रिया



थप समाचारहरु