सुकुम्बासी र भुमिहिनहरुलाई जग्गा एमालेले दिन्छ : बाँस्कोटा


मेचीकाली

पाँचखाल : नेकपा( एमाले) पाँचखाल -१३ कोसिदेखामा पुर्ब मन्त्री तथा काभ्रे ईन्चार्ज गाेकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा वडा अधिबेशन सम्पन्न भएको छ।

प्रमुख अतिथि बाँस्कोटाले बिकास र समृद्धिको अगुवाई नेकपा ( एमाले) ले गरेकाले मतको अधिकार पनि राख्ने बताए ,उनले आफुहरु सुकुम्बासी र भुमिहिनहरुलाई जग्गा दिलाउन लागेको तर देउवा सरकार ले सुकुम्बासीको छातीमा गोलि हान्न लागाएको बताए ।  प्रमुख अतिथि बाँस्कोटाले पुष्पकमल दाहल बिनोद चौधरीको मतियार बनेको बताए यसैगरी बाँस्कोटाले तागत भए आफू संग चुनाब लड्न काभ्रे  आउन पुष्पकमल दाहल लाई चुनौती दिए।

कार्यक्रममा प्रदेश सदस्य रिता ढकालले महिला, जनजाति, गरिब, बिपन्न को अधिकारको निम्ति एमाले ले काम गरेकाले नेकपा निरन्तरता को रुपमा अहिलेको एमाले रहेकाले सबै बामपंथी एक भएर जानू पर्ने बताईन। त्यसैगरी कार्यक्रम मा  नेकपा एमालेका युबा नेता कन्चन अधिकारिले पाँचखालको बिकासका निमित्त एमाले ले  दुरगामी महत्त्व राख्ने ठुला आयोजना अगाडि बढाएको र त्यस्को निर्माण सम्पन्न र निरन्तरताका निमित्त पनि एमालेको नेतृत्व अब पाँचखालमा आवस्यक रहेको ले अब नगरको नेतृत्व एमालेकाे  जित बाट सुनिश्चित हुने र  त्यस पछि नमुना नगरको रुपमा अगाडि बढाउने योजना रहेको बताए ।

कार्यक्रममा जिल्ला नेताहरू रजकुमार श्रेष्ठ ,हरि खतिवडा ,पुष्कर ढकाल ,प्रकाश ब्लोन,जगत लामा लगाएत नेताहरुले आफ्नो मन्तव्य  राखेका थिए। वडा अधिबेसनले  जनक राज तामाङ नेतृत्वमा 31 सदस्यीय वडा कमिटी गठन गरेको छ,कमिटीको उपाध्यक्ष   राम रोक्का , सचिब बिस्नु लामा  सह सचीव  तेजमान लामा र तारा थापा मगर  निर्बाचित  गरेको छ।

प्रतिक्रिया



थप समाचारहरु