स्थानीय चुनावमा होला त विद्युतीय मतदान ?


मेचीकाली

काठमाडौं-स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान मेसिन प्रयोगको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन भएको छ। बुधबार निर्वाचन आयोगले प्रवधि विज्ञहरुसँग छलफल गरेको थियो।

विज्ञहरुसँगको छलफलपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तकोसंयोजकत्वमा ८ सदस्यीय समिति बनाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। 

कार्यदललाई ७ दिन भित्रमा प्रतिवेदन बुझाउन भनिएको छ। कुनकुन स्थानीय तहमा विद्युतीय मतदानको प्रयोग गर्न सकिन्छ भनेर कार्यदलले अध्ययन गर्नेछ। ‘कार्यदलको प्रतिवेदनपछि कहाँ कहाँ विद्युतीय मतदान हुने भन्ने निर्णय हुन्छ’, पौडेलले भने, ‘यसका लागि दलहरुसँग पनि छलफल हुन्छ।’

नेपालमा नेकपा एमालेले आफ्नो निर्वाचनमा विद्युतीय मतदानको प्रयोग गरेको थियो। यस्तै केही संघसंस्थाका निर्वाचनमा पनि विद्युतीय मतदान भएको छ। अहिलेसम्म ठूला निर्वाचनमा भने विद्युतीय मतदान भएको छैन।


प्रतिक्रिया



थप समाचारहरु