भुम्लुमा माइक्रोबस दुर्घटना, अठार जना घाइते


मेचीकाली

भुम्लु- भुम्लु गाउँपालिका ८ मा माइक्रो बस दुर्घटना हुँदा अठार यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको कातिकेदेउरालिबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ ज ८९७६ नम्बरको माइक्रो बस शनिबार बिहान साढे ११ भुम्लु गाउँपालिका ८ बरबोटमा दुर्घटना भएको हो ।

प्रहरीले उक्त माइक्रो बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ  । माइक्रो बस सडकबाट करिब एक सय पचास मिटर तल पुगेको छ । दुर्घटनाका घाइतेको उद्दार गरि उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार घाइते मध्ये एक पुरुष, एक महिला र  दुई बालबालिकाको अवस्था गम्भीर रहेको बताउनुभयो ।


प्रतिक्रिया



थप समाचारहरु