इतिहास रच्दै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल पुग्यो नेपाल


मेचीकाली

काठमाडौं–नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल प्रवेश गर्न सफल भएको छ । आज बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपालले फाइल यात्रा तय गरेको हो । 

खेलको ७९ औं मिनेटमा आफ्नो पेनाल्टी एरिया बाहिर बल ह्यान्ड गरेपछि बंगलादेशी गोलरक्षक अनिसुर रहमानलाई सिधैं रातो कार्ड देखाइएको थियो र खेल नेपालको पक्षमा मोडिएको थियो । यसअघि बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो । यो नतिजापछि नेपालको चार खेलबाट सात अंक भएको छ ।

बंगलादेश भने चार अंकमै सीमित रह्यो र प्रतियोगिताबाट बाहिरिएको छ । जित अथवा बराबरीमा फाइनल पुग्ने समीकरणमा रहेको नेपालले यो बराबरी नतिजा निकालेको हो । नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएयता भारतविरुद्धको खेल गुमाएको थियो । फाइनलमा नेपालको प्रतिद्वन्द्वी बुधबारकै दोस्रो खेलले तय गर्नेछ । त्यस खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स र भारत खेल्दैछन् ।



 


प्रतिक्रिया



थप समाचारहरु