पहिरोले भासिएको सडक नबन्दा दुर्घटनाको जोखिम बढ्यो


मेचीकाली

धुलिखेल–मुलुककै प्रमुख शैक्षिक केन्द्रको रुपमा रहेको काठमाडौं विश्वविद्यालय जाने सडकमा गएको पहिरोले बिगारेको सडक नबनाउँदा दुर्घटनाको जोखिम बढेको छ ।

अरनिको राजमार्गको २८ किलो चोकबाट काठमाडौं विश्वविद्यालय जाने सडकमा पहिरो गएर सडक भासिएको छ । लामो समयसम्म पनि पहिरो गएको ठाउँमा सडक मर्मत हुन सकेको छैन । जसका कारण दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयबासीले चिन्ता व्यक्त गरेका छन् । पहिरो गएकै ठाउँमा धुलिखेल अस्पताल–पनौती विद्युतीय लाइनको पोलसमेत रहेको छ । पहिरो नियन्त्रण गरेर सडक तत्काल मर्मत नगर्ने हो भने कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने स्थानीयबासीको भनाई छ । 

स्थानीय आशिष थापाले वडा कार्यालय र नगरपालिकालाई सडक मर्मतका लागि आफूहरुले अनुरोध गरिरकेको तर, अहिलसम्म मर्मत हुन नसकेको बताए । ‘तत्काल मर्मत नगरिने हो भने भोलीका दिनमा कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्छ, यसबाट बचाउन सरोकारवाला निकायलाई तत्काल सडक मर्मतका लागि आग्रह गर्दछु’ थापाले भने । सानो कुरालाई बेलैमा ध्यान दिन नसके पछि ठूलो समस्या आउनेतर्फ उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् ।



प्रतिक्रिया



थप समाचारहरु