एमाले नमोबुद्धको योजना : यसरी हुनेछ रोजगारी र आर्थिक विकास


मेचीकाली

भकुण्डेबेशी–दीर्घकालिन सोच र योजनासहित समृद्ध नमोबसद्ध नगर बनाउने योजनासहित नेकपा एमाले नमोबुद्ध अहिले चुनावी अभियानमा होमिएको छ । कुनै सपना होइन योजना बोकेर आफू जनताको घरदैलोमा पुगिरहेको बताउँछन्, नमोबसद्ध नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार राजन भुर्तेल । 

भुर्तेलका अनुसार नगरपालिकामा दीगो आर्थिक विकास र रोजगारीका लागि विशेष योजना बनाइएको छ । निर्वाहमुखी तथा एकल कृषि प्रणालीलाई व्यवसायिक तथा सामूहिकीकरण गर्न प्रोत्साहित गर्दै उत्पादन वृद्धिको योजना नेकपा एमालेले बनाएको छ । एक वडा एक उत्पादन कार्यक्रम, खेतीयोग्य भूमिमा सिन्चाई सुविधाको विस्तार, आधुनिक कृषि बजार सञ्चालनबाट कृषि क्षेत्रको विकाससँगै रोजगारीको वृद्धिको योजनासमेत बनाइएको छ । 

नगरमा वातावरणमैत्री उद्योग सञ्चालनका लागि नगरमा औद्योगिक ग्रामको निर्माण गर्ने, श्रमको सम्मान गर्ने परिपाटी निर्माणको लागि कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धतासमेत नेकपा एमाले नमोबुद्धले जनाएको छ । 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि एमाले नमोबुद्धले आय आर्जन, रोजगारी तथा आर्थिक विकासका लागि ल्याएका योजना यस्ता छन् ।


आय आर्जन, रोजगारी तथा आर्थिक विकास

क) कृषि, सहकारी तथा भूमिब्यवस्था

- निर्वाहमुखी तथा एकल कृषि प्रणालीलाई व्यावसायिक तथा सामूहिकीकरण गर्न प्रोत्साहित गरि उत्पादन बृद्धी गर्ने कार्यक्रम सञ्चालन गरिनेछ । 

- संभाब्यताका आधारमा एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ ।

- खेतीयोग्य भूमिहरुमा सिंचाई सुविधा विस्तार गरिनेछ । सिंचाई ब्यवस्थापनका लागि बाँध निर्माण, ठुला पोखरी निर्माण, प्लाष्टिक पोखरी, आकासे पानी सङ्कलन, स्प्रिंकल तथा थोपा सिंचाई लगायतका उपयुक्त प्रविधिहरुको निर्माण र विस्तार गरिनेछ ।

- सिंचाइ का लागि डिप बोरीङ तथा लिफ्टिङ मा अनुदानको ब्यवस्था गरीने छ ।

- आधुनिक र सुविधा सम्पन्न कृषि बजार सञ्चालन गरिनेछ । व्यवस्थित पशु वधशाला निर्माण गरि सञ्चालनमा ल्याइनेछ ।

- नमोबुद्ध नगरलाई तरकारी, दुध, फलफूल, खाद्यान्न र मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाई निर्यातमुखी बनाइने छ । 

- कृषि अनुसन्धान र जैविक विविधता अध्ययन अध्यापन केन्द्र स्थापना गरिनेछ ।

- नगरभित्रका परम्परागत बुट्यान बनहरूलाई कृषि बनको रुपमा विकसित गरिने छ । 

- किसानमैत्री कृषि नीति र कृषिमा युवा आकर्षण बढाउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ । 

- कृषि लागत न्यूनीकरण गर्न आधुनिक प्राविधि तथा यान्त्रीकीकरणमा प्रोत्साहन गरिनेछ ।

- अर्गानिक खेती, पशुपंछी पालन, मौरीपालन, होमस्टे प्रवद्र्धन तथा कृषि पर्यटनको विकास गर्न अनुदानको ब्यवस्था गरिनेछ ।

- मल, बीउ, सिंचाई, प्रबिधि र कृषि उपजको बजारको सुनिश्चितता गरिनेछ ।

- पशु बिमामा लाग्ने विमाङ्कमा अनुदानको व्यवस्था गरिनेछ । 

- कृत्रिम गर्भाधान प्रणाली विस्तार र नश्ल सुधार कार्यक्रम सञ्चालनार्थ पर्याप्त जनशक्ति र  अनुदानको व्यवस्था गरिनेछ ।

- नगरक्षेत्रभित्र उत्पादन हुने तरकारी बिक्री वितरणको लागि सड्कलन केन्द्रहरु, सामुहिक उद्यम तथा उत्पादन कार्य गर्न आवश्यक स्थानहरुमा साझा सुविधा केन्द्र, लघु तथा घरेलु उद्योगहरुबाट उत्पादित सामान बिक्री बितरणको लागि बिक्री कक्ष तथा कोसेली घर स्थापना गरिनेछ ।

- कृषि योग्य भूमि बाँझो राख्ने कार्यलाई निरुत्साहित गरिने छ । 

- प्रत्येक वडामा एक कृषि नर्सरीको स्थापना गरिनेछ ।

- प्रत्येक वडामा एकजना कृषी र पशु प्राविधिकको ब्यवस्था गरि कृषकले निशुल्क प्राविधिक सेवा पाउने ब्यवस्था गरिनेछ ।

- रसायनिक मलको प्रयोगलाई निरुत्साहित गरि जैविक तथा कम्पोष्ट मलको उत्पादन र प्रयोगलाई प्रोत्साहित गरिनेछ ।

- किसानको अवस्था बर्गिकरण गरि आवश्यकता अनुसार परिचय पत्र प्रदान गरिनेछ ।

- नगरपालिका भित्र रहेका सहकारीहरुको नियमन र अनुगमन गर्ने ब्यवस्था मिलाईनेछ । सबै सहकारीहरुलाई गरिवमुखी र उत्पादन केन्द्रित बनाउन प्रेरित गरिनेछ ।

- नगरपालिकामा बसोबास गर्ने कुनै पनि नागरिक भूमिहिन हुने छैन । भूमिहिन र अब्यवस्थित बसोबासको समस्यालाई समाधान गरिनेछ ।

- नगर क्षेत्र भित्र रहेका सहकारीहरुको साझा नेटवर्क बनाई सहकार्यको वातावरण तयार गरिनेछ । नगर भित्र रहेका सहकारीहरुको समन्वयमा कर्जा सूचना केन्द्र स्थापना गरि सञ्चालन गर्न सहयोग गरिनेछ ।

ख) उद्योग तथा पर्यटन विकास

- वातावरणमैत्री उद्योग सञ्चालनका लागि नगरमा औद्योगिक ग्रामको निर्माण गरिनेछ ।

- उद्योगी ब्यवसायीहरुका लागि लगानीमैत्री वातावरण सिर्जना गरिनेछ । उद्योग स्थापना र सञ्चालनका लागि आवश्यक पर्ने सडक पानी तथा विजुलीको व्यवस्थापनमा सहयोग गरिनेछ ।

- एक गाउँ एक उत्पादन, एक वडा एक पहिचानको आवधारणलाई प्रवद्र्धन गरिनेछ । यसमा विशेष अनुदान सहित दश युवा एक उद्यम कार्यक्रम मार्फत सामुहिकरुपमा यूवा बेरोजगारको संख्यालाई न्यूनीकरण गरिने छ । 

- नमोबुद्ध नगरलाइ पर्यटकीय गन्तब्यको रुपमा विकसित गरिनेछ ।

- एक वडा एक नमुना र पर्यटनमैत्री स्थलको विकास गरिनेछ ।

- ब्यवस्थित र सुविधा सम्पन्न पिकनिक स्थलहरु निर्माण गरिनेछ ।

- साहासिक पर्यटनका लागि आवश्यक पूर्वाधार निर्माण गरि सञ्चालन गर्न निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरिने छ । 

- कालीमाटी, कोटतिमाल, कानपुर, अमरनिवास हु्ँदै नमोवुद्धसम्म ‘रेन्जेनदोर्जे’ पर्यटकीय पदमार्ग निर्माण गरिनेछ । 

- पर्यटकीय स्थलहरुमा शौचालय, विश्रामस्थल, सूचनापाटी, पर्यटकीय नक्सा, अतिथि गृह निर्माण र सञ्चालन गरिनेछ ।

- नगरभित्र रहेका पदमार्गको स्तरोन्नतरीका साथै अपाङ्ग मैत्री बनाइनेछ ।

- विभिन्न समुदायको सँस्कृति झल्किने नमूनावस्तीको विकास गरिनेछ ।

- नगरक्षेत्र भित्र रहेका प्राचिन र पुरातात्विक महत्वका संरचनाहरुका संरक्षण र विकास गरिनेछ । मन्दिर, कुवा, पँधेरा, पोखरी, धारा, पाटीहरुको पुननिर्माण तथा संरक्षणमा जोड दिइनेछ ।

- नगरमा रहेको प्रमुख धार्मिक सास्कृतिक एवं पर्यटकीय स्थल नमोबुद्धलाई नगर भित्रका सम्पूर्ण वडामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु सँग जोड्ने सिधा पद मार्गहरु निर्माण गरीने छ र नगरलाइ धार्मिक एवं सास्कृतिक पर्यटकीय हब बनाइने छ ।

ग) रोजगारी

- श्रमको सम्मान गर्ने परिपाटी निर्माणको लागि कार्यक्रम सञ्चालन गरिनेछ ।

- प्राविधिक तथा शिपमुलक तालिम प्रदान गरि दक्ष जनशक्ति निर्माण गर्न कार्य गरिनेछ ।

- बेरोजगारहरुको तथ्यांक राखिनेछ र रोजगारीमा पहुँचको लागि नगर स्तरमा रोजगार बैंक स्थापना गरिनेछ ।

- नगरमा सञ्चालन हुने सरकारी तथा अन्य परियोजनामा स्थानीय श्रमशक्तिको प्रयोगलाई प्रवद्र्धन गरिनेछ ।

- मजदुर सुरक्षा विमा कार्यक्रम सञ्चालन गरिनेछ ।


प्रतिक्रिया



थप समाचारहरु