सेनिटेरी प्याड उत्पादन गर्दै नमोबुद्धका युवा


मेचीकाली

भकुण्डे-नमोबुद्ध नगरपालिका -३ भकुण्डेमा युवाहरूले सेनिटेयरी प्याड उत्पादन सुरु गरेका छन् । ग्रामीण बिकास सस्था काभ्रेपलान्चोक मार्फत जर्मन राजदुतावासको२२ लाख  र नगर युवा क्लब सन्जालका युवाहरुको १० लाखको  साझेदारीमा अल्ट्रा क्लिन प्रालि स्थापना गरि काम सुरु गरिएको हो ।

प्याड उत्पादन सुरुवात कार्यक्रममा नमोबुद्ध नगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल , ग्रामीण बिकास सस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिना कार्यक्रम अधिकृत सुलोचना सुवाल लेखा तथा प्रशासन एवं सामाजिक उत्तरदायित्वको यो अभियानमा नगरपालिकाको सदैव साथ र सहयोग रहने बताउदै ग्रामीण बिकास सस्था र जर्मन राजदुतावासलाई  सहयोगको लागि धन्यवाद दिए ।

बालबालिका युवा र वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको ग्रामीण बिकास सस्थाका कार्यकारी निर्देशक डिएन तिमिल्सिनाले नमोबुद्धमा आफुहरुले बिगत ४ बर्ष काम गर्दैगर्दा नगरयुवाहरु संगठित हुनु सामाजिक काममा सक्रियता देखाउनु ,नगरपालिकाले युवा परिषद गठन गर्नु  र उद्धयमशिल बन्नखोज्नु महत्त्वपूर्ण उपलब्धि रहेको र आगामी दिनहरुमा सहकार्य गर्दै अगाडि बढ्ने बताए   प्याड उत्पादन संगै महिनावारी स्वस्छताका अभियानहरु समुदाय र बिद्यालयहरुमा सन्चालन गरिने सन्चालक सन्जीप न्यौपानेले बताए । प्याडलाई बजारीकरण गर्न "सुरक्षित" नाम दिई बजारमा ल्याउन लागिएको हो ।

प्रतिक्रिया



थप समाचारहरु