एमालेको संकल्प : पाँचखालमा योजनाबद्ध दिगो विकास


मेचीकाली

पाँचखाल–प्रशस्त सम्भावना बोकेको काभ्रेको पाँचखाल नगरपालिका स्थानीय जनताले सोचेजसरी कहिले विकास हुन सकेन । कुनै सफल योजनाबिना पाँचखाल नगरपालिकाले पाँच बर्षको अवधी त्यसै खेर फाल्यो । 

काठमाडौं बसेर पाँचखाल विकासको गफ दिने निवर्तमान नगर प्रमुख महेश खरेलले गफमा जति विकासको कुरा गरे वास्तविकतामा त्यो देख्न नपाएको अनुभूति नगरबासीले गरेसँगै नेकपा एमाले पाँचखाल नगर कमिटीले योजनावद्ध विकासको खाका अघि सारेको छ । स्थानीय तहको यही वैशाख ३० गते हुन लागेका चुनावअघि जनतासामू नेकपा एमालेले प्रतिवद्धता गरेको छ “हाम्रो प्रयास योजनाबद्ध दिगो बिकास र ब्यबस्थित आवासको लागि जिम्मेवार स्थानीय सरकार”

स्थानीय सरकारलाई जिम्मेवार बनाउँदै पाँचखालबासीको विकासको सपना पुरा गर्न आफूहरुले नवीन सोच र योजना ल्याएको पाँचखाल नगरपालिकामा नगर प्रमुख पदका लागि एमालेका उम्मेदवार कञ्चन अधिकारी बताउँछन् । ‘हामी पुरा गर्न नसक्ने योजना लिएर आएका छैनौं, जनतालाई वास्तविक विकासको अनुभूति गराउने हिसाबले योजना बोकेर आएका छौं र त्यसको कार्यान्वयनमा प्रतिवद्ध छौं’ अधिकारी भन्छन् । 

एमाले पाँचखालले दीगो विकासका लागि भू–उपयोग नीति तयार पार्ने, वस्ती विकास योजना सञ्चालन गर्ने, सबै वडामा पिच सडक पुर्याउने, घरबारबिहीन नागरिकका लागि आफ्नै घरको व्यवस्थापन गर्ने लगायतका योजना अघि सारेको अधिकारीले जानकारी दिएका छन् । जनसहभागितामा आफ्नो गाउँको विकासका लागि ‘हाम्रो गाउ“ः हामी बनाउ“छौं’ योजनासमेत एमालेले अघि सारेको छ । 


कस्ता छन् त पूर्वाधार विकासका लागि एमाले पाँचखालका योजना ?


“हाम्रो प्रयास योजनाबद्ध दिगो बिकास र ब्यबस्थित आवासको

लागि जिम्मेवार स्थानीय सरकार”

. भूमि व्यवस्थापन, शहरी विकास तथा बस्ती विकासः 

- पाँचखाल नगरपालिकामा भू–उपयोग नीति (Land Use Plan) तर्जुमा गरी कार्यान्वयन गरिनेछ । भू–उपयोग नीतिबमोजिम कृषि क्षेत्र, औद्योगिक क्षेत्र, आवास क्षेत्र जस्ता उपक्षेत्रहरु घोषणा गरी कार्यान्वयन गरिनेछ ।  

- पाँचखाल नगरलाई व्यवस्थित शहरको रुपमा विकास गर्न नगरको शहरोन्मुख क्षेत्रहरुमा बस्ती विकास योजना (Land Plluing)  सञ्चालन गरिने छ । साथै स्थानीय जनताको समन्वय र सहकार्यमा Smart City को रुपमा शहरलाई विकास गरिने छ ।

- बस्ति बिकास सम्बन्धी योजना बनाउदा सम्भव भएसम्म नगर क्षेत्रका पहाडी भू–भागहरुलाई उपयोग गरी योजनाबद्ध, व्यवस्थित एवं एकीकृत बस्ती विकाससम्बन्धी कार्य गरिने छ ।

- नगरपालिकाका शहरीक्षेत्रहरुलाई सफा र सुन्दर बनाउन शहरी सौन्र्दयकरणका(City Beautification) कार्यक्रमहरु संचालन गरिने छन् ।

- अरनिको राजमार्ग, तामाघाट बोहोरेदोभान र पाँचखाल–अनैकोट–रवि सडकलाई आधार मानी सडकको दुवै तर्फ रिवन सीटी  को रुपमा बस्ती विकास गरिने छ ।

- नगरपालिकाका नगरोन्मुख क्षेत्रमा नयाँ सहरसम्बन्धी योजना तयारी र आवश्यक पूर्वाधारहरुको विकास गरिने छ । 

- नगर क्षेत्रमा रहेका जोखिमयुक्त बस्ती, घरहरूको स्थानान्तरण तथा व्यवस्थापन गरिने छ । 

- सङ्घको सहयोगमा भूमि बैंकको स्थापना र व्यवस्थापन गर्न पहल गरिने छ । 

- नापी नक्सा डिजिटाइजेसन तथा पूनः नापीसम्बन्धी कार्यहरू सन्चालन गरिने छ  । 

- वडा नं ४ लामीडाँडामा  र अन्य  १३ वटै वडामा रहेका सुकुम्बासी र अब्यबस्थित बसोबासीहरुको समस्या  समाधान गरिने छ । 

- नगरपालिका क्षेत्रको सम्पूर्ण सार्वजनिक जग्गा संरक्षण र विकास तथा व्यवस्थापन योजना तयारी र कार्यान्वयन गरिने छ । 

- नगरपालिका वडा नं १२ र १३ मा रहेका सबै गुठी जग्गाहरुको पहिचान, संरक्षण र व्यवस्थापन गरी गुठी समस्याको समाधान र मोहीहरुको हक संरक्षण गरिने छ ।

सडक तथा यातायातः 

“सुरक्षित सडक, सुलभ यातायात”

- सबै वडा कार्यालयहरुसम्म पिच सडक पु¥याइनुका साथै सबै मुख्य सडकहरुलाई क्रमशः पिच गरिनेछ ।

- नेकपा एमालेको सरकारका पालामा बजेट विनियोजन गरी पीच गर्न शुरु गरिएका नगर क्षेत्रका पाँचखाल रविओपी बनेपा, तीनकुने अनेकोट भन्ज्याङ, खावा हनुमानगढी, तिनपिप्ले, डाँफे पुल, झिकु पुल–डाँफेखोला कृषि सडकहरुलाई पक्की सडकका रुपमा सम्पन्न गराइने छ ।

- लामिडाँडा–पलाञ्चोक–कोशिदेखा सडक, तामाघाट–अनैकोट भ्यूटावर सडक, खावा कोटदेवी हुँदै गणेशस्थान पुग्ने सडकलाई पर्यटकीय सडकको रुपमा विकास गरिनेछ । 

- नगरपालिकाबाट टुक्रे बजेट बिनियोजन गरी अलपत्र भएका सबै सडकहरुको निर्माण पुरा गरिने छ ।

- टोल बस्तीमा जाने सहायक सडकहरुलाई १२ महिना यातायात चल्न सक्ने गरि स्तरोन्नति गरिने छ ।

- स्थानीय सडक सन्जाललाई समेत समेटदै काफ्लेडिडि–रगेले–टाँकेडिहि –ज्यामिकोट–थुम्का–लामिडाडाँ–तलिभन्जाँग–आँपघारी–काँसकोटे–भेडाबारी –बेला–कल्से–हनुमानगढी–काफ्लेडिही पाँचखाल उपत्यका चक्रपथको निर्माण गरिने छ । 

- पाँचखाल वडा नँ ७ स्थित बिशेष आर्थिक क्षेत्र तथा मदन भण्डारी विश्वबिद्यालय क्षेत्रलाई समेत समेट्ने गरी तलिभन्जाँग— श्रीरामपाटी—वालुवा—भकुण्डे लिंक रोड निर्माण गरिने छ ।  

- नगरस्तरीय बस पार्क निमार्ण गरिने छ  साथै सवारी घनत्व भएका क्षेत्रहरुमा पार्किङ क्षेत्र विकास गरिने छ ।

- पाँचखाल उपत्यकामा स्थानीय यातायातको रुपमा नगर यातायात  गरिने छ । यसरी संन्चालन गर्दा निम्न सडहरुमा संन्चालन गर्न समन्वय गरिने छ ।

- नगरक्षेत्रमा संन्चालन हुने अटो रिक्सा लगायतका सवारी साधानहरुको ऐन नियमानुसार दर्ता तथा नियमनका कार्यहरु गरिनेछन् ।

आवास व्यवस्थाः

“सबै नागरिकको आफ्नै घर, सफा सुन्दर अनि समृद्ध नगर”

- घरबार बिहिन समेत सबै नागरिकको आ–आफ्नै घर हुने छ । सङ्घ र प्रदेशसँगका सहकार्यमा जनता आवास, सुरक्षित आवास, विपद् पीडित आवास तथा दलित समुदायको आवासका कार्यक्रम अघि बढाईने छन ।

- भवन संहिता र मापदण्डको तर्जुमा, कार्यान्वयन र अनुगमन गरिने छ ।

- घर नक्सा पास प्रणालीलाई सरल बनाउने र घर भवन निर्माणको नियमित अनुगमन गरिने छ ।

- राष्ट्रिय भवन संहिताको प्रभावकारी कार्यान्वयन गरिने छ । 

- सरकारी भवन तथा सार्वजनिक भवनहरूको निर्माण र सेवा प्रवाहको व्यवस्था मिलाईने छ  । 

- निजि क्षेत्रबाट संचालन हुने जग्गा विकासका कार्यक्रमहरुलाई नियमन र प्रवद्र्धन गरिनेछ ।

- नगरपालिका क्षेत्र भित्र सामुदायि आवास  र संयुक्त आवास  का कार्याक्रमहरु संचालन गर्न निजि क्षेत्रहरुलाई प्रोत्साहन गर्ने निति लिइनेछ ।  

विद्युतीकरण र आधुनिक ऊर्जाः 

“उज्यालो पाँचखाल  निर्माण हाम्रो अभियान

अति बिपन्न नगरिकलाई बिजुली अनुदान”

- नगरपालिकालाई दिर्घकालिन ब्ययभार नपर्ने गरि उज्यालो शहर निर्माण अभियान सञ्चालन गरिने छ ।

- शहरी क्षेत्रमा शौर्य उर्जा तथा ग्रामीण क्षेत्रमा बायोग्याँस, सौर्य ऊर्जा लगायतका वैकल्पिक ऊर्जाका प्रयोगबाट सबै परिवारमा आधुनिक ऊर्जा पु¥याउने कार्य गरिने छ 

- बिद्युतीय चुल्होको लागि अनुदानको ब्यबस्था गरिने छ । 

- अति गरिब तथा बिपन्न घरपरिवारलाई २० युनिटसम्म बिजुली निःशुल्क उपलब्ध गराइने छ ।

- खुल्लातार सहितको असुरक्षित बिद्युतलाइनलाई बिस्थापन गरि सुरक्षित लाईनका लागि बिद्युत प्राधिकरण सँग समन्वय गरिने छ । 


सूचना तथा सञ्चार प्रणालीः  

- नगरपालिका र सबै वडा कार्यालय परिशरमा निःशुल्क इन्टरनेटको व्यवस्था गरिने छ । 

- नगरका महत्वपूर्ण स्थानहरुमा सीमित सेवा सहितको निःशुल्क ईन्टरनेटको व्यवस्था गरिने छ ।

- नगरपालिकाबाट प्रवाह गरिने सबै किसिमका सेवाहरुमा  विद्युतिय प्रविधिको प्रयोगलाई प्राथमिकता दिइने छ । 

- पाँचखाल नगरपालिकाको वेभसाईटलाई नियमित रुपमा अद्माबधिक गरि सबै सूचनाहरुलाई वेभसाईटमा राखिने छ । 

- एफएम रेडियो, पत्रपत्रिका, टेलिभिजन एवं सामाजिक सञ्जालको सञ्चालन सहयोग तथा अधिकतम प्रयोग मार्फत जनचेतना, कृषि सेवा, मौसमको पूर्वानुमान, यातायात तथा ट्राफिक सूचना, बजार मूल्य, विपद् तथा महामारी विरुद्ध सचेतना, तथा नगरपालिकाले गर्ने विकासको सम्पे्रषण प्रणालीको विकास गरिने छ ।

- सबै नागरिकहरुको सूचनाको हकको प्रत्याभूति हुनेगरी सूचना अधिकारी र प्रवक्ताको व्यवस्था गरिने छ ।

. ‘हाम्रो गाउ“: हामी बनाउ“छौं’ कार्यक्रम

- स्थानीय समुदायको माग र लागत सहभागितामा यो कार्यक्रम संचालन हुनेछ ।

- यो कार्यक्रमबाट साना प्रकृतिका पूर्वाधार बिकास सम्बन्धि योजना संचालन हुनेछ ।

- ३०% नगद लागत सहभागिता (७०% नगरपालिका) जनाए पश्चात जनताले  आफ्नो गाउँमा आफंैले मागेको योजनाका लागि बजेट प्राप्त गर्नेछन्  । 


प्रतिक्रिया



थप समाचारहरु