धुलिखेल कांग्रेसका उपमेयर उम्मेदवार जंगमविरुद्ध अख्तियारमा उजुरी


मेचीकाली

धुलिखेल–नेपाली कांग्रेसबाट धुलिखेल नगरपालिकामा उपमेयर पदका उम्मेदवार निराजन जंगमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

जंगमले नक्कली सिफारिस बनाएर राजस्व छलीमा सहयोग गर्दै भ्रष्टाचारजन्य कार्य गरेको भन्दै हिजो बिहीबार अख्तियारमा उजुरी दर्ता भएको हो । अख्तियारमा दर्ता भएको उजुरीको नंवर सी–०४२३९ हो । देशभक्त नागरिकको नामबाट दर्ता भएको उजुरीमा जंगमले कच्ची मोटरबाटो लाई गोरेटो बाटो भनी नेपाल सरकारलाई जाने राजश्व छली वदनियतपूर्वक गैरकानुनी कार्यगरी भ्रष्टाचार गरेकाले आवश्यक छानबीन गरी कार्बाही गर्न माग गरिएको छ । 

धुलिखेल नगरपालिका वडा नं. ८ का निवर्तमान वडाअध्यक्ष जंगमले स्वार्थ सहित मालपोत कार्यालय काभ्रेले प्राप्त गर्ने राजश्व छलीका लागि नक्कली सिफारिस बनाई सहयोग गरेका थिए । उनले काँग्रेस नेता दिपेश श्रेष्ठलाई ११ दिनको अवधीमा एउटै प्रयोजनका लागि फरक फरक सिफारिस दिएर राजश्व छलेको हालै सार्वजनिक भएको थियो ।

वडा अध्यक्ष रहँदा जंगमले २०७५ साल असार २१ गते १३६१ चलानी नम्वर भएको आब २०७४/२०७५ मा घरबाटो सिफारिसका लागि साविक धुलिखेल नगरपालिका वडा नम्वर २÷७ को कित्ता नम्वर ११५३ को १० रोपनी १ आना, ११५६ को ४ रोपनी ३ आना र ४७२ को २ रोपनी २ दाम १ आना जग्गामा घर नभएको तर कच्चि मोटर बाटो भएको प्रमाणीत गरेका छन् । जसका कारण दिपेश श्रेष्ठले नगरपालिकाले कायम गरेको प्रति आना कच्ची मोटर बाटोको मुल्यांकनमा प्रति आना २ लाख ५५ हजारका दरले पास खर्च राजश्व १३ लाख ५७ हजार रुपैया र लाभकर साढे ४ प्रतिशतका दरले १५ लाख ७ हजार गरी कुल २८ लाख ६४ हजार रुपैया तिर्नु पर्छ । 

राजश्व तिर्ने अवधीमा धेरै रकम खर्च हुने भए पछि वडा अध्यक्ष जंगमलाई केहि रकम लाभ दिई काँग्रेस नेता दिपेश श्रेष्ठले उक्त सिफारिसका स्थानमा पुनः आर्थिक वर्ष २०७५÷२०७६ शुरु भएको दोश्रो दिन २०७५ साउन २ गते चलानी नम्वर २ राखी कच्ची मोटरबाटो भएको स्थानमा गोरेटो बाटो मात्रै भएको सिफारिस गरेका छन् । जसका कारण २८ लाख ६४ हजार राजश्व मालपोत कार्यालयले गुमाएको छ । 


अख्तियारमा दिइएको उजुरी



जंगमले गरेका दुईथरि सिफारिस



प्रतिक्रिया



थप समाचारहरु