एमाले काभ्रेको अधिवेशन : नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै


मेचीकाली

धुलिखेल- नेकपा एमाले काभ्रेको हिजोदेखि सुरु भएको दशौं अधिवेशनअन्तर्गत आजदेखि वन्द सत्र सुरु हुँदैछ । अहिले बिहान सुरु हुने वन्द सत्रपछि आजै नयाँ नेतृत्व चयनको प्रक्रियासमेत सुरु हुनेछ । हिजो धुलिखेलमा भव्य समारोहका बीच एमाले काभ्रेको दशौं जिल्ला अधिवेशन सुरु भएको थियो । 

अधिवेशनमा १३ सय भन्दा बढी प्रतिनिधि सहभागी छन् । वन्दसत्रमा विभिन्न प्रतिवेदन पेश हुने र त्यसमा छलफल पछि नयाँ नेतृव चयनको प्रक्रिया सुरु हुने बताइएको छ । एमालेको निर्वाचन आयोगले भोली बिहान ९ बजेदेखि मतदान हुने गरी निर्वाचनको कार्यतालिका तयार पारिसकेको छ । यद्यपि नयाँ नेतृत्व चयनमा सकेसम्म सहमति गर्ने भन्दै नेताहरु छलफलमा जुटेका छन् । हिजो पाँच दर्जन भन्दा बढी जिल्लामा एमालेको जिल्ला अधिवेशन सुरु भएको थियो । 

अधिवेशनअन्तर्गत केही जिल्लामा नेतृत्व चयन भइसकेको छ भने अधिकांश जिल्लामा आजै नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । 

प्रतिक्रिया



थप समाचारहरु