तेमाल-काभ्रेको तेमाल गाउँपालिका वडा नं ३ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार बिष्णु लामा पैसा सहित पक्राउ परेका छन् ।
आज दिउँसो एक झोला नगदसहित पचुवारघाटमा स्थानीयले नियन्त्रणमा लिएर लामालाई प्रहरी सामु बुझाएका थिए । तर प्रहरीले सामान्य हो भन्दै एक घन्टामै उनलाई छाडेको थियो ।
अहिले राती फेरि सोही वडाको कुदुवाल भन्ने स्थानमा नगदसहित उनलाई स्थानीयले नियन्त्रणमा लिएर राखेका छन् । उनी राती मतदातालाई पैसा बाड्न हिडेको बेला नियन्त्रणमा परेका हुन्न । उनलाई पक्राउ गरेर कार्बाही गर्न आग्रह गरे पनि वास्ता नगरेको स्थानीयको आरोप छ ।
राती सवा नौ बजेसम्म लामा स्थानीयको नियन्त्रणमा नै रहेका छन् । उनलाई छुटाउन कांग्रेस कार्यकर्ता समूह बनाएर गए पछि अहिले उक्त स्थानको अवस्था तनावग्रस्त बनेको छ ।