बैंकिङ कसुर मुद्दामा १ करोड धरौटी बुझाएर छुटेका थिए गठवन्धनबाट पनौती उपमेयरका उम्मेदवार


मेचीकाली

काभ्रे–सत्ता गठवन्धनबाट पनौती नगरपालिकामा उपमेयरका उम्मेदवार बनेका छबिलाल हुमागाईं बैंकिङ कसुर मुद्दामा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेको खुलासा भएको छ । 

अहिले उनी नगरमा सुशासन कायम गर्न आफ्नो उम्मेदवारी रहेको बताउँदै चुनावी अभियानमा रहेका छन् । तर, उनी उच्च अदालत पाटनको आदेशमा १ बरोड रुपैयाँ धरौटी बुझाएर छुटेको कागजात मेचीकालीलाई प्राप्त भएको छ । मुद्दा नं. 075-CB-1313 को मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश रमेशकुमार पोखरेल र कृष्णवहादुर थापाको इजलासले २०७६ असार ३० गते हुमागाईंसँग १ करोड रुपैयाँ धरौटी माग गरेको थियो । उक्त धरौटी बुझाएर छुटेका हुमागाईंले अहिलेसम्म अदालतबाट सफाई पाएका छैनन् । यो मुद्दा अहिले पनि उच्च अदालत पाटनमा चलिरहेको छ । पछिल्लापटक २०७७ चैत १७ गते मुद्दाको सुनुवाई भएको थियो । उक्त दिन उच्च अदालत पाटनमा मुद्दामा बकपत्र भएपछि अहिलेसम्म सुनुवाई भएको छैन ।

हुमागाईं तत्कालिन ब्राइट बैंकको कम्पनी सचिव हुँदै त्रिवेणी विकास बैंक र पछि ग्लोबल आइएमई बैंकमा कार्यरत थिए । उनीमाथि तत्कालिन त्रिवेणी विकास बैंकको थापाथली शाखा प्रमुख हुँदा कर्जा प्रवाहमा अनियमितता भएको भन्दै अजयकुमार मिश्रको जाहेरीले नेपाल सरकारले मुद्दा दर्ता गरेको थियो । अदालतमा उनले कर्जा प्रवाहमा आफ्नो वदनियत नरहेको भन्दै इन्कारी वयान दिएका थिए, तर अदालतले प्रमाणबाट वयान पुष्टि हुन नसकेको, काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा बिचाराधीन रहेको, प्रतिवादी कमला बिएमले लिएको कर्जा खराब कर्जामा परिणत हुन आएको भन्दै १ करोड रुपैयाँ धरौटी माग गरेको थियो ।

उनीविरुद्ध १ करोड ५३ लाख ५८ हजार ७ सय १० रुपैयाँ पैसा विगो कायम गरी विगो भराई विगो बराबरको रकम जरिवाना तथा कैद सजायसमेत माग गरिएको छ । यो मुद्दामा हुमागाईंंसहित मिलन कुमार विष्ट , कमला वि एम , भरत प्रसाद बन्जारा , सुनिल कुमार सिंह , पुजन कोईराला , शैलेश ढकाल ,  विपुल सुवेदी , ब्रजेश अर्याल , सागर कुमार घिमिरे , उदेश भट्टराई , रमेश निरौला , सुरेन्द्र थापा , हिमाल पौडेल , लंक बहादुर के सी , भिम प्रसाद न्यौपाने , टंक प्रसाद ढकाल , भेज प्रसाद तिमल्सीना , मदन प्रसाद अधिकारी , गौतम प्रसाद खनाल , राम प्रसाद भट्ट , वाल कुमार बास्तोला , मिनु निरौला , पुनम निरौला ÷ अनिल कुमार वि एम लाई प्रतिवादी बनाइएको छ । 




प्रतिक्रिया



थप समाचारहरु