सभामुख सापकोटा प्रचण्डको कार्यकर्ता भएर चले– बरिष्ठ उपाध्यक्ष पोखरेल


मेचीकाली

बनेपा– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सभामुख अग्नीप्रसाद सापकोटा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता भएर चलेको आरोप लगाउनुभएको छ । अनेरास्ववियु महिला विभागको आयोजना बनेपामा सञ्चलन भएको तीन दिने प्रशिक्षण कार्यक्रमको समापनपछि पत्रकारसँग कुरा गर्दै उहाँले सभामुख सभामुख भन्दा पनि प्रचण्डको कार्यकर्ताको रुपमा चलेको आरोप लगाउनुभएको हो । उहाँले सभामुख सापकोटा सभामुख भएर निष्पक्ष भूमिका नखेलेको र सांसद नभएका कारवाहिमा परेका व्यक्तिहरु सांसदको हिसाबमा बसिरहेको कुरामा एमालेको आपत्ती रहेको बताउनुभयो । 

बरिष्ठ उपाध्यक्ष पोखरेलले सभामुख र कारवाहिमा परेर पनि सांसद भएर बसेका व्यक्तिको विषयमा सत्ता गठबन्धनका प्रमुख प्रधानमन्त्रीको धारणा नआएकोले सर्वदलिय बैठकमा बस्नुको कुनै औचित्य नरहेको बताउनुभयो । उहाँले एमसिसिको विषयमा सरकारले अहिलेसम्म आफ्नो कुनै धारणा प्रस्तुत नगरेको बताउँदै सरकारले एमसिसिको विषयलाई कसरी अगाडि बढाउँछ, त्यसको आधारमा एमालेको आधिकारिक धारणा र दृष्टिकोण आउने बताउनुभयो । उहाँले एमसिसिको विषय संसदमा टेबल भएका कारण वर्तमान सरकारसँग बहुमत भएकोले बहुमतले एमसिसि पास गरेर देखाउन चुनौती दिनुभयो । बरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमाले प्रमुख प्रतिपक्ष भएका कारण एमसिसिको बारेमा सत्ता पक्ष र सरकारको धारणापछि मात्रै एमालेले धारणा राख्ने बताउनुभयो । 

उहाँले वर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रम र स्वेत पत्र जारी गर्दा एमसिसिको बारेमा कुनै विषय नउठाएकोले एमसिसिको विषयमा सरकारको धारणा आउनुपर्नेमा उहाँको जोड थियो । 


प्रतिक्रिया



थप समाचारहरु