जनताको समस्या समाधान गर्न सरकार तत्पर छ– मन्त्री पौडेल


मेचीकाली

काभ्रे– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताको आधारभूत आवश्यकताको रुपमा रहेको शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवासको क्षेत्रमा रहेका समस्या समाधानको लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । काभ्रेको रोशी गाउँपालिका–१२ घ्याङडाँडामा आयोजित विद्यालय, स्वास्थ्य केन्द्र तथा बृद्धाश्रम भवनको शिलान्यास गर्दै उनले संविधानमा लेखिएको जनताको आधारभूत आवश्यकताको रुपमा रहेको शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास क्षेत्रमा रहेको समस्या समाधानका लागि सरकारले प्राथमिकतामा राखेको बताए ।
मन्त्री पौडेलले घ्याङडाँडाँलाई पाँच वर्षमा पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सकिने भएकोले त्यसको लागि होम स्टेलगायतका पूर्वााधारको निर्माणको लागि सरकारले सहयोग गर्ने बताए । उनले पछिल्लो समय देशका थुप्रै डाँडाहरु पर्यटकिय गन्तव्य बनेकोले घ्याङडाँडाको पर्यटकिय विकासको लागि सबै दल, जनप्रतिनिधि र नागरिक समाज एक हुनुपर्ने बताए । उनले घ्याङडाँडामा निर्माण हुने विद्यालय, स्वास्थ्य केन्द्र, बृद्धाश्रम निर्माणको लागि सरकारले सहयोग गर्ने बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेका पौडेल पहिलो औपचारिक कार्यक्रममा सरिक भएको बताए । करिब दश मिनेट सम्बोधन गरेका मन्त्री पौडेलले हेलिकप्टरमार्फत काभ्रे आएका थिए । झण्डै दुई घण्टा भिमखोरीमा बिताएका मन्त्री पौडेलले आगामी दिनमा सडक मार्गबाट आउने प्रतिवद्धता जनाउँदै पर्यटकिय गन्तव्य बनाउन सरकारको सहयोग हुने बताए ।

प्रतिक्रिया



थप समाचारहरु