काभ्रेमा २१ वटा वडाको नतिजा सार्वजनिक, एमाले ९ वडासहित पहिलो स्थानमा


मेचीकाली

धुलिखेल-काभ्रेमा आईतबार साँझसम्म २१ वटा वडाको नतिजा सार्वजनिक भएको छ । हालसम्म नेकपा एमाले सबैभन्दा बढी वडामा विजयी भएका छन् । १३ वटा स्थानीय तह रहेको काभ्रेमा १३५ वटा वडा छन्। 

आइतबार साँझ ६ बजेसम्मको नतिजा अनुसार जिल्लाको नौ वटा वडामा एमाले, आठ वटा वडामा नेपाली काँग्रेस, तीन वटा वडामा नेकपा माओवादी केन्द्र र एउटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुभएको छ । एमाले जिल्लाको रोशी गाउँपालिका-१, धुलिखेल नगरपालिका २, ३, मण्डनदेउपुर नगरपालिका-१, चौरीदेउराली गाउँपालिका-२, बनेपा नगरपालिका–१ मा विजयी भएको हो । 

यसैगरी, जिल्लाको भुम्लु गाउँपालिका ३ र ४, पनौतीको वडा नम्बर २ मा वडा अध्यक्ष विजयी भएको छ । नेपाली काँग्रेसका उम्मेदवारले जिल्लाको बेथानचोक गाउँपालिका-१, भुम्लु गाउँपालिका-२, महाभारत गाउँपालिका-२, धुलिखेल नगरपालिका-१, चौरीदेउराली गाउँपालिका-१, मण्डनदेउपुर नगरपालिका-२, बनेपा नगरपालिका-२ र खानीखोला गाउँपालिका-२ मा विजयी भएका छन् । 

यस्तै, नेकपा माओवादी केन्द्रका तर्फबाट जिल्लाको खानीखोला गाउँपालिका-१, महाभारत गाउँपालिका-१ र भुम्लु गाउँपालिका-१ को वडा अध्यक्षमा विजयी भएका छन् भने जिल्लाको नमोबुद्ध नगरपालिका-१ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

प्रतिक्रिया



थप समाचारहरु