कांग्रेसद्वारा पनौतीमा आचारसंहिता उल्लंघन, कार्बाही गर्ने आयोगको चेतावनी (आयोगको पत्रसहित)


मेचीकाली

पनौती–नेपाली कांग्रेस पनौतीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले कार्बाही गर्ने चेतावनी दिएको छ । 

पनौतीमा नेपाली कांग्रेसले आचारसंहिताविपरित पनौतीका सार्वजनिक स्थलमामा झण्डा, फ्लेक्स लगायतका प्रचार सामग्री राखेको पाइएपछि आज निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिताको पालना गर्न सचेत गराएको हो । कार्यालयले नेपाली कांग्रेस पनौती नगर समितिलाई पत्र नै लेखेर आचारसंहिता पालना गर्न सचेत गराएको छ । 

पत्रमा निर्वाचन आचारसंहिताको पालना गर्न र नगरेमा निर्वाचन आचारसंहिता २०७८ बमोजिम हुनजाने उल्लेख छ ।

कांग्रेसले आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा एमाले पनौतीले निर्वाचन अधिकृतको कार्यालयमा उजृुरी गरेको थियो । एमालेको उजुरीपछि पनौती बजार क्षेत्रमा राखिएका केही झण्डा आज हटाइएको छ । कांग्रेसले पनौती नगरपालिका वडा नं. ७, ११, बनेपा–पनौती सडकखण्डका विभिन्न ठाउँमा आचारसंहिताविपरित प्रचार सामग्री राखेको थियो ।

निर्वाचन आचारसंहितामा उम्मेदवारले आफ्नो कार्यालयमा ३ ३ साइजको दलको झण्डा र चुनाव चिन्हबाहेक फ्लेक्स पर्चा, बोर्ड आदि राखेर प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।


प्रतिक्रिया



थप समाचारहरु