बनेपामा एमाले उम्मेदवारको प्रतिवद्धता : ४ महिनामा खानेपानी, ६ महिनामा फोहोर व्यवस्थापन


मेचीकाली

बनेपा–नेकपा एमालेको तर्फबाट बनेपन नगरपालिकामा नगर प्रमुख पदका उम्मेदवार रत्नकुश रन्जितकारले आफू निर्वाचित भएपछि चार महिनामा खानेपानीको समस्या समाधान गर्ने घोषणा गरेका छन् । 

नेकपा एमाले बनेपा नगर कमिटीको तर्फबाट आज स्थानीय तह चुनावको प्रतिवद्धता सार्वजनिक गर्दै रन्जितकारले काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको काम लगभग सकिएको, बनेपामा परिक्षणसमेत भइसकेको भन्दै आफूले त्यसको प्राविधिक पाटोबारे गहिरो अध्ययन गरिसकेकोले अब समस्या समाधानको चरणमा पुगेको बताए । केही प्राविधिक काम बाँकी रहेको पाइएको र आफू निर्वाचित भएपछि चार महिनाभित्र घरघरमा खानेपानीको सुविधा पुर्याउने उनले बताए । नगरपालिकाका सार्वजनिकस्थलमा पिउनयोग्य पानीको व्यवस्थापन गर्ने प्रतिवद्धता पनि उनले जनाए । 

यस्तै फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजना तयार पारिसकिएको र ६ महिनाभित्र त्यसको पूर्ण कार्यान्वयन हुने उनले बताए । फोहोरलाई मोहोर बनाउने अभियान सुरु गर्ने भन्दै उनले घरबाटै फोहोर उत्पादन कम गर्ने र उत्पादित फोहोरको व्यवस्थापनका लागि व्यवस्थित डम्पिङ साइटको व्यवस्था गर्ने उनले बताए । 

कार्यक्रममा उपप्रमुख पदका उम्मेदवार बिमला सापकोटाले नगर अस्पतालको स्थापना, चिस्यान केन्द्रको स्थापना लगायतका योजना रहेको बताइन् । यस्तै नगरमा धार्मिक पर्यटन प्रवद्र्धन, निर्वाहमुखी कृषिलाई व्यवसायमुखी बनाउने, अव्यवस्थित विकास निर्माणका कामलाई व्यवस्थित बनाउने बताइन् । 

एमालेले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा एक विद्यालय एक बाल उद्यान बनाउने, सामूदायिक विद्यालयप्रति आकर्षण बनाउने योजना ल्याउने, निःशुल्क प्राविधिक शिक्षाको व्यवस्था गर्ने, आर्थिक अवस्था कमजोर भएका व्यक्ति, अपांगता भएका व्यक्तिको स्वास्थ्य बिमा गरिदिने, नगरमा आयुर्वेदिक अस्पताल बनाउने, निजी क्षेत्रसँग समन्वय गरेर रोजगारीको सिर्जना गर्ने लगायतका विषय समेटिएको छ । 

कार्यक्रममा नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य कुमार तिमल्सिना लगायतले एमालेकै नेतृत्वमा बनेपामा विकासको सुरुवात भएको र अब एमालेले जितेपछि त्यसले थप तीब्रता पाउने बताए ।


नेकपा एमाले बनेपाको प्रतिवद्धता–पत्र

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको सफल कार्यान्वयनको नेतृत्व गर्न तथा समृद्ध, सबल र सम्मुनत राष्ट्रको निर्माण गर्दै समृद्ध नेपाली सुखी नेपालीको नारालाई सार्थक तुल्याउनको निम्ति नेकपा एमालेको पक्षमा अमूल्य समर्थन र मतका लागि अनुरोध गर्दै यहाँहरूको घरदैलोमा आइपुगेका छौं । गएका लगभग आठ दशक देखि सामाजिक मुक्ति, राष्ट्रिय स्वाधीनता र आर्थिक समृद्धिका निम्ति निरन्तर संघर्ष गर्दै आएको हाम्रो पार्टीका लागि संघर्ष र बलिदानका प्रत्येक मोडहरूमा यहाँहरूबाट प्राप्त विश्वास सधैँभरि हाम्रा लागि उर्जाको श्रोत भइरहेको छ । यहाँहरूको अपार समर्थन र सफल कार्यान्वयन बाट सिंहदरबारको अधिकार तपाई हाम्रो घरदैलोमा आइपुगेको छ यसको सफल कार्यान्वयन को लागि सफल भूमिका खेल्नुपर्ने युगीन दायित्व समेत हाम्रो काँधमा छ । 

संघीय नेपालको संविधान २०७२ अनुसार बि.सं २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । तीन चरणमा गरी कुल ७५३ स्थानीय तहको निर्वाचनमा अधिकांस स्थानका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा नेकपा एमालेले सानदार विजय हासिल गरेको थियो । नेकपा एमालेले अघि सारेको लोक कल्याणकारी राज्यको अवधारणा र जनमुखी कार्यक्रमलाई आत्मसाथ गर्दै तपाई न्याय मूर्ति मतदाताहरूले नेकपा एमालेलाई माया गरी आफ्नो अमूल्य मतदानको माध्यमबाट राज्यका तिनै तहको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गर्नु भएकोमा तपाईँहरू प्रति हार्दिक आभार र कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्दछौँ । 

काभ्रे जिल्लाको वाणिज्य हबको रुपमा रहेको बनेपा नगरपालिकाको क्षेत्रफल ५५ वर्ग कि.मि. रहेको र २०७८ को जनगणनाको प्रारम्भिक नतिजा अनुसार १६ हजार ९ सय ७२ घरधुरी संख्या रहेको छ भने ३३ हजार १ सय ८० पुरुष र ३४ हजार ४ सय ४९ महिला गरी ६७ हजार ६ सय २९ जनसंख्या रहेको छ । प्रशासनिक विभाजनको हिसाबले १४ वडामा यस नगरलाई विभाजन गरिएको छ । बनेपा नगरपालिका २०३८ साल चैत्र १४ गते नगर पञ्चायत घोषणा भएको काभ्रे जिल्लाको पहिलो नगरपालिका हो । साविक बनेपा नगर क्षेत्र वज्रयोगिनी गाविस बुडोललाई समेटेर बनेको यस नगरपालिकाको २०३९ देखि २०५४ साल सम्म भएका स्थानीय चुनावहरूमा प्रारम्भमा पञ्चायत पक्षधर जनप्रतिनिधि र त्यसपछि नेपाली कांग्रेस पार्टीको नेतृत्व रहेको थियो । देशमा विकसित राजनैतिक अस्थिरताका कारण करिव १५ वर्ष देशका स्थानीय तह जनप्रतिनिधि विहिन अवस्थामा रहन गए । संघीय नेपालको नयाँ संविधान २०७२ लागु भएपछि वि.स.२०७४ वैशाख ३१ गते भएको विस्तारित बनेपा नगरपालिकाको पहिलो स्थानीय निर्वाचनमा पहिलो पटका नेकपा एमालेले नगर प्रमुख, उप प्रमुख सहित १४ वडा मध्ये ९ वटा वडामा आफ्नो सानदार विजय हासिल गर्न सफल भएको थियो । हाम्रो पार्टी निर्वाचित भएपछि यस नगरपालिकाको आर्थिक, सामाजिक सांस्कृतिक, प्रशासनिक र पर्यटकीय क्षेत्रमा उल्लेखनीय भूमिका खेली बनेपा नगरपालिकाको स्वरुप लाई नै परिवर्तन गरिदिएको अवस्था छ, अधुरा कार्यहरूको निरन्तरता र दिगो विकास निर्माणको लागि अब पनि बनेपा नगरपालिकामा नेकपा एमालेको नेतृत्व अपरिहार्यछ । 

संघीय नेपालको संविधान २०७२ अनुसार वि.सं. २०७४ मा पहिलो पटक संघ प्रदेश र स्थानीय तहको निर्वाचन र प्रयोग पहिलो अभ्यास भएकोले प्रारम्भका केही महिना र वर्षहरु राज्यका तीनवटा तहका अधिकार वाडफाड जनप्रतिनिधी, कार्यालय र कर्मचारिको व्यवस्थापन विभिन्न ऐन, कार्यविधी निर्माण जस्ता कार्य गर्दा गर्दै वित्न गएकोले सबै क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न मुस्किल रहेको अवस्था रह्रयो । यदपी बनेपा नगरपालिकाले जनताको आधारभुत आवाश्यकता संग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, वन पर्यटनका क्षेत्रमा उल्लेखिनिय उपलब्धि हासिलल गरेको छ । नेकपा एमालेको नेतृत्वमा रहेको बनेपा नगरपालिकाले आफ्नो कार्यकालमा गरेका मुख्य कार्यहरु निम्न अनुसार रहेका छन् । 

सडक कालोपत्रे ५३ कि.मि.सम्पन्न

सडक ढलान ३४ कि.मि.सम्पन्न

ग्राभेल कार्य ४६ कि.मि .सम्पन्न

पक्की नालि १४ कि.मि. ढल निर्माण ३३ कि.मि.सम्पन्न

ग्याविन तथा मेशिनरी वाल निर्माण ४५ कि.मि.सम्पन्न

ढुङ्ग तथा इटा छाप्ने कार्य १९ कि.मि.सम्पन्न 

नयाँ टंयाक निर्माण ११६ कि.मि.सम्पन्न

विद्यालय निर्माण र मर्मत सम्भार २७ वटा.सम्पन्न

पाटी, ट्रष्ट तथा किरियापुत्री भवन निर्माण २५ वटा .सम्पन्न

सामादायिक भवन निर्माण १० वटा .सम्पन्न

मठ मन्दिर, पोखरी निर्माण र संरक्षण ८२ .सम्पन्न

खेलमैदान निर्माण १२ स्थानमा .सम्पन्न

सिंचाई योजना २२ वटा .सम्पन्न

वटा वडामा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण र न्युनतम कर्मचारिको ब्यवस्था गरी सेवा प्रदान गरिएको छ । 

नगरपालिकाको १७ वटा ऐन र २० वटा कार्यविधि, मापदण्ड तथा निर्देशिका निर्माण गरी कार्यान्वयन शुरु गरिएको छ । 

बनेपा नगरभित्रका ऐतिहासिक स्थल, मठमन्दिर तथा देवालय, चर्च तथा मस्जिद एवम परम्परागत जात्रा एवम पर्व पुजाहरुको संरक्षणको कार्यविधि निमार्ण गरी समिति मार्फत कार्यान्वयनको ब्यवस्था मिलाईएको छ । 

काभ्रे उपत्यका एकिकृत खानेपानि आयोजना अन्तर्गत बनेपा नगरपालिकाको धनेश्वर ट्याङकी र मगर गाउँमा रहेको फिल्टर ट्रयाङकी परिक्षण प्रयोग भई सकेको छ । उक्त आयोजना सम्पन्नताको चरणमा धारामा पानि परिक्षण भईरहेको छ ।

अरनिको राजमार्ग दायाँवाया हरितपार्क सहित कालो पत्रे गर्ने कार्यलाई निरन्तरता प्रदान गरिएको छ । 

बनेपाको उत्तरी सिमामा रहेको हिले जलजले सिमसारक्षेत्रमा बहुउदेश्य ताल निर्माणको डिपिआर तयार गरी कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । 

स्थानीय पाठ्रयक्रम निर्माण भई कार्यान्वयन भएको छ । 

बनेपा १, १० र १३ मा पर्ने वासुकी नमुना पर्यटन प्रवद्र्धन केन्द्रको डिपिआर बनी कार्य प्रारम्भ भएको । 

बनेपा १३ भैसीपाटी गाउमा १ घर १ धारा ६० घरधुरीलाई मिटर र धारा वितरण 

बनेपा न.पा.को १० र १३ नं को सिमानाको सार्वजनिक स्थलमा चलचित्र वोर्ड नेपालको अत्याधुनिक छायाङ्कन स्टुडियो निर्माणका लागि डिपिआर तयार भएको छ । 

वडा नं १० र१३ को भित्री वस्तीको ६.७. कि.मि. सडक डिपिआर बनी कार्य प्रारम्भ भएको । 

कृषि र पशुपालनलाई ब्यवसायी रुपमा अगाडि बढाउनकोलागि कृषकहरुलाई कृषि सामाग्री, वीउ विजन तथा उन्नत खालका पशु वितरण कार्यलाई अगाडि बढाईएको छ । 

महिलालाई उद्ययी बनाउनको लागि शिपमुलक तालिमहरु प्रदान गरी साना तथा घरेलु उद्योग सञ्चालनमा प्रोत्साहन गरिएको छ। 

नाला काशिभज्याङ्ग् गुरुङगाउँ मण्डन देउपुर सडकको लागि टेन्डर आवान भएको छ । 

नगरपालिका भित्र रहेका बाबु आमा दुवै नभएका बालबालिकाहरुलाई मासिक ३००० हजार सामाजिक सुरक्षा भत्ता दिने तथा उच्च शिक्षा सम्मको शिक्षा निशुल्क प्रदान गर्ने ब्यवस्था मिलाईएको छ । 

नगर भित्र रहेको रेयुकाई आखा अस्पताल संगको समन्वयमा निशुल्क मोतिया विन्दुको अप्रेशन गर्ने ब्यवस्था मिलाईएको छ । 

नगरपालिका क्षेत्रमा रहेका बहुपक्ष र बहुवर्षिय ठुला गौरवका योजनाहरु (प्रतिरक्षा विश्व विद्यालय, फिल्मसिटी, वाड नं ५ को चण्डेश्वरी देखि वाड नं ६ स्थित गोसाईथान सम्म जोड्ने १६०० सिंढी, शान्ती पार्क, अन्तराष्ट्रिय कला केन्द्र निर्माण, भैसीपाटी वाँसडोल सडक स्तरोन्नती, फुटसल निर्माण, फोहोरमैलो दिगो व्यवस्थापन, बनेपा १० र ११ पानी ट्याङकी निर्माण गरी डिपवोरिङ मार्फत पानी आपुर्तीको ब्यवस्था, नगरकोट प्रवेश द्धार निर्माण, राधाकृष्ण पिकनिक स्पोट निर्माण, सपनेश्वर माहादेवस्थल निर्माण, बनेपा ४ मा आकाशदेवी पार्क निर्माण, बनेपा ५ को चप्लेटीमा पार्क निर्माण, नालामा रहेको भिमसेन मन्दिर, कालीदेवी मन्दिर भगवती मन्दिर संरक्षण, सागामा सेतो गणेश मन्दिर कालिदेवि मन्दिर भगवती मन्दिर संरक्षण), वाड नं ३ एशेलुघारी वाड नं ९ लामा गाउँ, वाड नं ४ भण्डारीगाउँ माथिको तामाङ वस्तीको खानेपानि योजनाहरु, चण्डेश्वरी गोसाईथान टनचोक वाड नं ९ को बाजेबजै पार्क, वाड नं ९ मा वौद्धिक अपाङ्गताहरुको लागि विद्यालय भवन निर्माण, काशिभज्याङ हुँदै बासुकी जाने ट्रेकिङ मार्ग साँगा आशापुरी सडक, अपाङ्ग हस्पिटल हुँदै सल्ले जाने बाटो, वाड नं १० को रेशम मार्ग हुँदै अमलडोल वाड नं १ को गुम्बाडाँडा जोड्ने बाटो, विकटेश्वर बुढाथोकी गाउँ प्रहरी स्कुल हँदै साँगा जोडिने बाटो जस्ता योजनाहरु, म्एच् तयार भई कार्यान्यनको विभिन्न चरणमा रहेका छन् । विकास निरन्तर चल्ने जीवन्त प्रक्रिया भएकोले नगरमा थालनी भएका पुराहुन बाँकी आवाधिक आयोजनाहरु र सुरु गरिने नयाँ योजनाहरूलाई अझै ब्यवस्थित र उन्नत स्तरबाट सञ्चालन गर्न विकासको विउको रुपमा रहेको नेकपा एमालेको नेर्तत्वलाई यस पटकको निर्वाचनमा पनि अत्याधिक बहुमतका साथ विजय गराउन नेकपा एमालेको लोकप्रिय चुनाव चिन्ह सुर्यमा मतदान गर्नुहुन सम्पूर्ण नगरवासी मतदाता हरुमा हार्दिक अनुरोध गर्दछौँ । 

बनेपा नगरपालिकाको प्रभावकारी र सक्षम नेतृत्वबाट आगामी ५ वर्ष भित्रमा देहायका लक्ष्य प्राप्तीका निम्ति नेकपा एमाले बनेपा नगर कमिटि प्रतिवद्ध रहने छ । 

शिक्षाः 

बनेपा नगरमा रहेका सामुदायिक विद्यालयहरुमा आवाश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण गर्दै प्रत्येक विद्यालयमा छात्र छात्राको लागि छुट्टै शौचालय, खानेपानिको ब्यवस्था, बालमैत्री कक्षा कोठा, बालमैत्री खेलमैदान, एक विद्यालय एक बाल उद्यानको, ब्यवस्था गरिने छ ।

प्रत्येक विद्यालयमा रहेका बाल विकास केन्द्रहरुको स्तर उन्नती गरी बाल विकास केन्द्रका सहयोगी कार्याकर्ताहरुलाई उचित पारिश्रमिक र तालिमको ब्यवस्था गरिने छ । 

सामुदायिक विद्यालयमा पर्याप्त शिक्षकको ब्यवस्थापन, शैक्षिक सामग्री, पुस्तकालय, शिक्षकलाई तालिम जस्ता कार्यमा जोड दिई सामुदायिक विद्यालयको गुणस्तरमा बृद्धी गर्दै, अभिभावकहरुको सामुदायिक विद्यालयमा आकर्षण बढाउने कार्य गरिने छ । 

नगर भित्र रहेका प्राविधिक विद्यालयको स्तरोउन्ती गर्दै प्रत्येक २ वटा वडामा १ वटा प्राविधिक विद्यालय हुने गरी निःशुल्क प्राविधिक शिक्षाको ब्यवस्था गरिने छ । 

सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा, प्रयोगात्मक शिक्षा, बैज्ञानिक शिक्षा सहित सबै विद्यालयमा अंग्रेजि माध्यमको सिकाईलाई प्राथमिकता दिईने छ । 

बनेपामा स्थापित पोलिटेक्नीकल ईन्ष्टिच्युटलाई नगर स्तरिय प्राविधिक विद्यालयमा रुपान्तरण गर्दै उक्त स्थानमा ःद्यद्यक्, नर्सिङ, व्त्ब्, जस्ता प्राविधिक विषयको अध्यापनमा जोड दिई स्थानीय सर्वसाधारणको पहुँचमा जोड दिईने छ । 

सम्पूर्ण विद्यालयका भौतिक संरचनाहरु अपाङ्ग्मैत्री बनाइने छ भने अपाङ्ग्ता भएका बालबालिकाहरुको लागि आवाश्यकता र उनीहरुको अवस्था अनुसारको शिक्षण सिकाई क्रियाकलापको विशेष ब्यवस्था गरिने छ । 

एक माध्यामिक विद्यालय एक नर्स वा स्वास्थ्यकर्मिको ब्यवस्था गरिने छ । 

आवाश्यकता अनुसार सामुदायिक विद्यालयहरुमा स्कुल वसको ब्यवस्था गरिने छ । 


स्वास्थ्यः

नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रमलाई प्रत्येक घरमा पुर्याउने साथै आर्थिक अवस्था अति कमजोर भएका, अशक्त अपाङ्ग्ता भएका ब्यक्तिहरुको निशुल्क स्वास्थ्य बिमा गरिदिने निति अवलम्बन गरिने छ । 

१४ वटा वडामा रहेका स्वास्थ्य चौकिमा आवाश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण, शौचालय र खानेपानिको ब्यवस्था, कर्मचारिको व्यवस्थापन, औषधि र सामग्रीहरुको ब्यवस्था गरी स्वास्थ्य चौकिले दिने सेवाको गुणस्तर वृद्धि गर्दै उक्त स्वास्थ्य चौकीमा प्रशुती कक्ष, खोपकेन्द्र, आधुनिक उपकरण सहितको प्रयोगशाला समेतको ब्यवस्था गरिने छ । 

बनेपा नगर भित्रका विपन्न, दलित, जेष्ठ नागरिक, अशक्त, अपाङ्ग्ता भएका ब्यक्ति, दृघरोगी र एकल महिलालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिने छ । 

नगर भित्रका गर्भवती, सुत्केरी महिला, जेष्ठ नागरिक, अपाङ्ग्ता भएका ब्यक्ति, आर्थिक अवस्था कमजोर भएका र दृघ रोगीहरुलाई निशुल्क एम्वुलेन्स सेवा प्रदान गरिने छ । 

नगरमा कम्तीमा एक वटा आयुर्वेदिक अस्पताल, निर्माण गरी सेवा प्रदान गरिने छ ।

प्रत्येक वडामा योग साधना र ब्याम गर्न अलगै स्थान निर्माण गरिने छ ।

सिद्धार्थ विश्वविद्यालयलको लागि नेपाल सरकारले अधिग्रण गरेको जग्गालाई नेपाल सरकार संग समन्वय गरी उक्त स्थानमा निजी क्षेत्र संगको साझेदारिमा मेडिकल कलेज र कम्तीमा १०० सैयाको नगर अस्पताल निमार्ण गरी उक्त अस्पतालबाट स्वास्थ्य बिमा गरिएका नागरिकहरुलाई प्रभावकारी सेवाको प्रवन्ध मिलाईने छ ।


खानेपानी तथा ढल व्यवस्थापनः

उपत्यका एकिकृत खानेपानिको बाँकी कामलाई यथासिघ्र सम्पन्न गरी पानी बितरण गर्ने कामको ब्यवस्था मिलाईने छ । 

एकघर एक धारा र एक घर एक शौचालयको अवधारणालाई मूर्तरूप दिईने छ । ड्ड  बनेपा नगरपालिकाको वाड नं १३ र १४ मा सुरु भएको बृहत खानेपानी योजनाको कामलाई १ वर्ष भित्रमा सम्पन्न गरिने छ । 

म्एच् तयार भई कार्यान्वयनको चरणमा रहेका वाड नं ३ एशेलुघारी वाड नं ९ लामा गाउँ, वाड नं ४ भण्डारीगाउँ माथिको तामाङ वस्तीको खानेपानि योजनाहरु लाई निरन्तरता दिई यथासिघ्र सम्पन्न गरिने छ । 

बनेपा नगर भित्रका सबै खानेपानिका मुहानलाई एकिकृत गर्दै अन्य खानेपानिको मुहान र श्रोत खोजी गरी बनेपा नगरपालिका खानेपानि परियोजना लागु गरी प्रत्येक नागरिकको घरमा खानेपानिको पहुँच पुग्ने गरी एक घर एक धाराको अवधारणलाई मूर्तरूप दिईने छ । 

फोहोरमैला ब्यवस्थापनको लागि नगरपालिकाले खरिद गरेको जग्गामासम्म पुग्नको लागि सडकको निर्माण गरी उक्त स्थानमा प्रविधिमैत्री तरिकाबाट फोहोरमैलाको दिगो व्यवस्थापन गरिने छ । 

बजार भित्रबाट उत्पादित फोहोर महिलालाई कुहिने, पुन प्रयोगमा आउने र नष्ट गर्नुपर्ने फोहोर छुट्टा छुट्टै संकलन गरी कुहिने फोहोरबाट मल बनाउन र कौशी खेती वा करेसावारीमा प्रयोग गर्र्न, पुन प्रयोगमा आउने फोहोर लाई फोहोर बाट मोहोर भन्ने नारालाई आत्मसाथ गर्दै नगर भित्र साना उद्योग सञ्चालनको लागि प्रोत्साहन गरिने छ ।

बनेपा, नाला साँगा लगायतका शहरी क्षेत्रमा ढल निकासको ब्यवस्था गरी अत्याधुनिक प्रशोधन केन्द्रहरुको निर्माण गरिने छ । 

पुण्यमाता खोलामा वर्षामा आउने वहाव र उक्त वहावले पुर्याउने क्षतिलाई न्युनिकरण गर्न खोलाको सिमानालाई ब्यवस्थित गरी पुण्यमाता खोला करिडोर को विवाधलाई यथासिघ्र समाधान गरी करिडोरको काम २ वर्ष भित्रमा सम्पन्न गरिने छ । उक्त करिडोर को दायाँ वायाँ हरित पेटी निर्माण गरिने छ । 


कृषि, बैकल्पिक कृषि तथा पशुपालनः 

निर्वाहमुखी कृषिलाई ब्यवसाहिक बनाउनको लागि कृषिमा अनुदान, सहुल्यत कर्जा, मल र विउ विजनको सहज उपलब्धता जस्ता कार्यक्रम ल्याई युवाहरुलाई ब्यवसायिक कृर्षिमा प्रोत्साहन गरी रोजगारको सिर्जना गरिने छ । 

कृषकलाई अवाश्यक कृषि सामग्री, मल विउविजन सरल मुल्यमा खरिद गर्ने र कृषकले उत्पादन गरेका वस्तुहरुको उचित मुल्य सहित बिक्री गर्न सहज हुनेगरी कृर्षी सहकारीहरुको साझेदारिमा नगरपालिका द्धारा नाला, सागाँ र बनेपाको बुडोलमा कृषि सामग्री संकलन तथा वितरण केन्द्र निर्माण तथा सञ्चालन गरिने छ । 

कृषि र पशुबाट उत्पादित बस्तुहरुबाट बिभिन्न परिकार निर्माण गरी वितरण गर्नको लागि साना उद्योग सञ्चालन गर्न चाहाने नागरिकलाई तालिम र अनुदानको ब्यवस्था मिलाईने  छ ।

नाला र वाँसडोलमा अत्याधुनिक कोल्ड स्टोरको निर्माण गरी किसानहरुले उत्पादन गरेका खपत हुन नसकेका सामाग्री हरुको स्टोर गर्ने ब्यवस्था मिलाईने छ । 

ग्रामीण कृषिसडक हरुको स्तरउनोती गरी बाह्रै महिना सञ्चालनमा ल्याइने छ ।

किसानको बाली नष्ट गर्ने किटाणु र जंगलि जनावर(बँदेल) को नियन्त्रणका लागि ठोस कार्ययोजना निर्माण गरी कार्यन्वयन गर्न । 

आवाश्यकता भएका वडामा एक वडा एक कृषि र भेटनरी प्राविधिकको ब्यवस्था मिलाईने छ । 

पशुपालक कृषकहरुको समुह वा सहकारीको माध्यमबाट पशुपालक कृषक हरुलाई पशुजन्य सामाग्री उत्पादनको लागि विभिन्न कार्यक्रम ल्याई प्रोत्साहन गरिने छ । 

प्रत्येक वडामा आवाश्यकता अनुसार सिंचाई योजना हरु निर्माण गरिने छ । सिचाईको लागि वर्खाको पानि संकलन हुने पोखरीहरुको निर्माण गरिने छ । 

एक घर एक करेसावारी र एक घर एक कौसि खेतीलाई प्रोत्साहन गर्दै निशुल्क तालिमहरुको ब्यवस्था गरिने छ । 

बैकल्पिक कृषि तर्फ अर्गानिक तरकारि खेति, टनेल खेति, फलफुल खेति, जडुवुटी खेती, चियाकफी खेती, विउविजन उत्पादन, विउ बैक स्थापना, माछापालन, कुखुरा पालन निजि वन पैदावार, ठुला कृषि फर्महरु लगायत कृर्षि सम्वन्धि उद्योगहरुलाई निरन्तरता दिन र थप सञ्चालन गर्नको लागि प्रोत्साहन गरिने छ । कृषि क्षेत्रलाई नगरभित्रका वासिन्दाको प्रमुख आयश्रोतको रुपमा विकास गरिने छ । 

नगरभित्र आवाश्यकता अनुसार आधुनिक वधसालाको निर्माण गरिने छ । 

भुमी बैंकको अवधारणालाई अगाडि सारी भुमीहिन तर कृषि गर्न चाहाने किसानलाई प्रोत्साहन गरिने छ । 


धार्मिक तथा पर्यटन क्षेत्रको विकासः 

नगर भित्र रहेका ऐतिहासिक मन्दिरहरु चण्डेश्वरी, धनेश्वरी, उग्रेश्वर, नासिका, विकटेश्वर, नाला भगवती, करुणामाई, महेन्द्रज्योती, कालीदेवि चामुण्डादेवी, बुडोलको गोसाई कुण्ड, सपनेश्वर श्वयत बारा, मनकामना, उग्रेश्वर, जलेश्वर महादेव, आशापुरी, बाल्मिकेश्वर, महादेव, ढकाल गणेश, विकटेश्वर मन्दिर सारदादेवी मन्दिर, नाला टुकुचा गणेश मन्दिर, टुकुचा अमल्डोल मन्दिर, ईन्द्रशोभा मन्दिर लगायत चैते गुम्वा मन्दिर मस्जित, चर्च लगायतका धार्मिक स्थलहरुको आवाश्यकता अनुसार थप भौतिक सुधार गरी धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्ने । 

आशापुरी देखि धनेश्वर, चण्डेश्वरी, टंनचोक, वासुकी, नाला भगवति, कर्णमाई, बिकटेश्वर हुँदै साँगा महादेव जोड्ने धार्मिक पर्यटकीय मार्गको निमार्ण गरिने छ ।

बनेपाको लायकुमा सुविधा सम्पन्न नेवारी कला र साँस्कृति झल्कने संग्रालय स्थापना गरी ऐतिहासिक र सांस्कृतिक वस्तुको प्रर्दशनि तथा संरक्षण गरिने छ । 

बनेपा ९ मा रहेको २५ रोपनि जग्गामा अन्तराष्ट्रिय कलाकेन्द्र निमार्ण योजनालाई निरन्तरता दिई यथासिघ्र सम्पन्न गरिने छ । 

म्एच् सम्पन्न भई कार्यान्वयनको चरणमा रहेको हिले जलजले ताललाई निरन्तरता दिई यथासिघ्र सम्पन्न गरिने छ । 

म्एच् तयार भई कार्यान्वयनको चरणमा रहेको बनेपा ९ को बुद्धपार्कलाई निरन्तरता दिई यथासिघ्र सम्पन्न गरिने छ । 

बनेपामा ११ मा निर्माणाधिन शान्तीपार्कलाई निरन्तरता दिई यथासिघ्र सम्पन्न गरिने छ । 

बनेपा ३, १, १० र १३ मा निर्माणधिन बासुकी धार्मिक पर्यटन स्थललाई निरन्तरता दिई यथासिघ्र सम्पन्न गरिने छ । 

निर्माणधिन बनेपा १ मा रहेको ऐतिहासिक गढी संरक्षण गरी सो स्थानमा जाने बाटोमा रहेको राधाकृष्ण पिकनिक स्पोट साथै सपनेश्वर माहादेवस्थल संरक्षणको कार्यलाई निरन्तरता दिई यथासिघ्र सम्पन्न गरिने छ । 

बनेपा २ मा प्रारम्भ भएको नगरकोट प्रवेशद्धारको कार्यलाई निरन्तरता दिई यथासिघ्र सम्पन्न गरिने छ । 

निर्माण कार्य प्रारम्भ भएको बनेपा ४ को आकाशदेवि पार्कलाई निरन्तरता दिई यथासिघ्र सम्पन्न गरिने छ । 

निर्माण कार्य जारी भएको बनेपा ५ को चप्लेटी पार्कलाई निरन्तरता दिई यथासिघ्र सम्पन्न गरिने छ । 

साँगा आशापुरी देउरालीडाँडा नागिडाँडा बुडोल गोसाईथान टन्चोक काशिभञ्ज्याङ काफलटापु बासुकी, लाँकुरीभज्याङ्ग् नगरकोट महादेवपोखरी कलममसी मनकामना बासुकी हुँदै भैसिपाटी सम्मको पर्यटकीय मार्ग निर्माण गरिने छ । 

बनेपा ३ को गुरुङगाउँमा गुरुङ संग्रालयको निर्माण गरिने छ साथै वाड नं ५ र वाड नं ३ को काफलबोट र गुरुङ गाउँमा होमस्टे सञ्चलनमा ल्याइने छ । 

विभन्न मठ मन्दिर लगायता धार्मिक संस्थाहरुको जग्गा तथा सम्पत्ति र नगर भित्र रहेका सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गरिने छ । 

जनगाल पारिको ठुलो बन तथा बनेपा टुसाल बिचको ठुलो बनलाई प्राकृतिक चिडियाघर निर्माणको लागि पहल गर्दै उक्त स्थानमा (जनावर संग जोड्न ) जगल सफारिको ब्यवस्था मिलाईने छ । 

नगर भित्र रहेका पुरातात्त्विक सम्पदाहरु तथा ऐतिहासिक धरोहरहरुको पुन निर्माण र संरक्षण गरिने छ । 

बनेपा, नाला, साँगा, लगायत पुरानो बजार क्षेत्रमा पर्यटकीय लक्षित रेष्टुरेन्ट क्याफे, होमस्टे, क्युरियो पसल लगायत पर्यटन लक्षित ब्यवसायलाई प्रवद्र्धन गर्न भौतिक पुर्वाधारको विकास गरिने छ । 

चण्डेश्वरी मन्दिर परिसरमा स्नान गृह निर्माण गरिने छ भने चण्डेश्वरी पारिको भाग र गोसाईथानमा ब्यवस्थित पिकनिक स्पोट बनाईने छ । 

नगरपालिका भित्र रहेका डाँडाहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै लगिने छ साथै बाँसडोल, नागीडाँडा, नालाको बासुकी, हिलेजलजले, टन्चोक तिनघरे, शसिपानी, लगायतका ठाउँलाई घुम्नै पर्ने ठाउको सुचिमा सुचिकृत गरी आन्तरिक तथा बाह्रय पर्यटक वृद्धि गर्ने योजना अगाडि सारिने छ । 

बनेपा २ मा रहेको महादेवपोखरी (रत्न चुडेश्वरी मन्दिर) संरक्षण गर्दै पिक्नीक स्पोट तथा पार्किङको व्यवस्थापन गरी पर्यटन प्रवद्र्धन गरिदै लगिने छ । 


शहरी विकासः

बनेपा वसपार्क रहेको स्थानमा अत्याधुनिक र सुविधासम्पन्न भवनको निर्माण गरी उक्त भवनको भुईतलामा र्पार्किङ अन्य तलाहरुमा फुटपाथमा रहेका पसल हरुको व्यवस्थापन, प्रशासनिक कार्यालय तथा अन्य प्रयोजनको लागि प्रयोगमा ल्याईने छ ।

नगरका १४ वडा जोड्ने चक्रपथको निर्माण गरिने छ । 

प्रत्येक वडालाई जोड्ने मुख्य सडकलाई पिच गर्ने र अन्य शाखा सडकहरुको स्तरनोती गरी सडक पेटीको निर्माण गर्दै लगिने छ । 

बनेपा नगरपालिका क्षेत्रभित्रका सार्वजनिक जग्गाको खोजि गर्ने र भौगोलिक अवस्था अनुसारको क्षेत्र निर्धारण जसमध्ये, बन क्षेत्र, आवास क्षेत्र, औद्योगिक क्षेत्र, ब्यापारिक क्षेत्र आदि निर्धारण गरी ब्यवस्थित सहरको अवधारण ल्याउने । 

नगरपालिका भित्र आवास प्रयोजनको निम्ति अब्यब्यवस्थित रुपले भइरहेको जग्गा प्लानिङ्ग्लाई नेपाल सरकारको मापदण्डमा पर्ने गरी प्राविधिकको राय अनुसार बाटो पानी, बिजुली ढल निकास जस्ता भौतिक पुर्वाधारको व्यवस्थापन गर्न पहल गरिने छ साथै सहरी क्षेत्रका खेतियोग्य जमिनको संरक्षणका लागि ग्रामिण क्षेत्रलाई सुविधा सम्पन्न बनाई मानव वस्तीको विस्तार गरी हालका ग्रामिण वस्तीलाई सहरको रुपमा विकास गर्दै लगिने छ ।

बनेपा नगरलाई ग्रीन सिटीको रुपमा विकास गरिने छ । 

आवाश्यकता अनुसार बजार भित्र रहेका साघुरा बाटा हरुलाई ब्यवस्थित गर्दै ढलको उचित ब्यवस्था गरी कालोपत्रे र इटा ढुङ्गा विछ्याउने कार्य गरिने छ । 

बनेपामा ३ को कासिभज्याङ्गमा एक नगर स्तरको खेलमैदान निर्माण गरिने छ । 

अरनिको राजमार्गको दायाबाया पिच गर्ने कार्य सम्पन्न गरी बालमैत्री वृद्ध मैत्री र अपाङ्ग्ता मैत्री पेटी निर्माण र हरित बगैँचा निर्माण गरिनुका साथै बनेपालाई धुलो धुवा रहितको सहर बनाईने छ । 

प्रत्येक वडामा भएका काठका पोललाई विस्तापित गर्दै लगिने छ भने सबै वडामा ३ फेजको विद्युत्य लाईन पुर्याउन पहल गरिने छ । 

ब्यापार एवं आद्योगिक क्षेत्रको विकासः

उपयुक्त स्थानको छनोैट गरी औधोगिक क्षेत्रको स्थापना गरिने छ । 

फुटपाथका पसल तथा पार्किङलाई उचित व्यवस्थापन गरिने छ । 

ठुला ब्यपार ब्यवसाय गर्न मिल्ने पुर्वाधारहरुको विकास गरिने छ । 

बनेपा नगरभित्र रहेका सेवामुलक तथा अन्य ब्यवसायलाई सुचिकृत गरी अभिलेख राखिने छ ।

नगरभित्र रहेका सेवामुलक तथा अन्य ब्यवसायलाई सामाजिक कार्य गर्न प्रोत्साहन गर्ने निति अवलम्बन गर्दै लगिने छ ।


रोजगारीः 

नगर भित्र रहेका निजी उद्योग तथा ब्यवसायहरुमा आवाश्यक कर्मचारिहरु नियूक्ती गर्दा नगर भित्रका नागरिक हरुलाई प्राथमिकता दिन पहल गरिने छ । 

नगर भित्र उद्योग सञ्चालन गर्नको लागि निजीक्षेत्र संग समन्वय र सहकार्य गरी उक्त उद्योगहरुमा रोजगारीको सृजना गरिने छ । 

उद्योग तथा ब्यवसाय सञ्चालन गर्न चाहाने युवाहरुलाई नगरक्षेत्र भित्र रहेका वित्तिय संस्था संग समन्वय गरी सहज र सहुल्यत कर्जाको ब्यवस्था गरिने छ । 

कृषि तथा पर्यटनलाई प्राथामिकतामा राखी रोजगारीको सृजना गरिने छ । 

युवाहरुलाई निशुल्क शिपमुलक तालिम प्रदान गरी साना तथा घरेलु ब्यवसाय सञ्चालन गर्न चाहाने युवाहरुलाई अनुदान तथा सहुलियत कर्जाको ब्यवस्था गरिने छ । 

नगर भित्र सञ्चालन भएका विकास निर्माणका कार्यहरुमा नगर भित्रका कामदारहरुलाई प्राथमिकता दिन पहल गरिने छ ।

वैदेशिक रोजगारीको लागि जाने युवाहरुलाई शिपमुलक तालिम दिई दक्ष जनशक्तिको रुपमा वैदेशिक रोजगारिमा जानको लागि वातावरण सृजना गरिने छ । 

नगरपालिकाको सहयोगमा लोकसेवा तयारिका कक्षाहरु सञ्चालन गरी योग्यता पुगेका युवाहरुलाई सरकारी जागिरको लागि प्रोत्साहन गरिने छ । 

निजीक्षेत्रमा कार्यरत श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई अनिवार्य लागु गरिने छ । 

अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई न्यूनोतम पारिश्रमिकको ब्यवस्था गर्न पहल गरिने छ । 

शारिरिक अपाङ्ग्ताभएका ब्यक्तिहरुको जीविकोपार्जनको लागि निशुल्क तालिम साथै बिउपुँजी लगानी गर्ने ब्यवस्था मिलाईने छ । 


महिला बालबालिका र जेष्ठ नागरिक लक्षित कार्यक्रमहरुः 

बालमैत्री वडा घोषणा हुन बाँकी वडाहरुलाई यथासिघ्र आवाश्यक कार्य सम्पन्न गरी बालमैत्री वडा घोषणा गर्दै १ वर्ष भित्र बालमैत्री नगरपालिका घोषणा गरिने छ । 

एक वडा एक बाल उद्ययनको अवधारण अगाडि सारी प्रत्येक वडामा चिल्ड्रेन पार्क सहितको बाल उद्ययनको निर्माण गरिने छ । 

सबै विद्यालय र समुदायमा बाल समुह निर्माण गरी बालबालिकाको सवालमा बालबालिकाकै सहभागितालाई प्रोत्साहन गरिने छ । 

संरक्षणको अभावमा रहेका बालबालिकाको संरक्षणको लागि नगर भित्र एक सुविधा सम्पन्न बाल गृहको स्थापना गरिने छ । 

नगरपालिकामा बालबालिका हेल्पडेक्स र महिला हेल्पडेक्सको ब्यवस्था गरी सेवा प्रदान गरिने छ । 

गृहणी महिलाहरुलाई उद्यमी महिला बनाउनको लागि आवाश्यक तालिम प्रदान गरी साना तथा घरेलु उद्योग सञ्चालन गर्न प्रोत्साहन गरिने छ । 

विद्यालयका शिक्षक तथा अन्य ब्यक्तिहरुलाई मनोसामजिक विमर्षकर्ताको तालिम दिई एक वडा एक मनोसामाजिक विर्मशकर्ताको ब्यवस्था गरिने छ । 

प्रत्येक वडामा मेलमिलाप केन्द्रको स्थापना गरी नगरमा सुचिकृत भएका मेलमिलापकर्ताहरुको क्षमता विकासमा जोड दिईने छ ।

नगर भित्र रहेका बिभिन्न विषयका विज्ञहरुलाई नगरपालिकामा सुचिकृत गरी आवाश्यकता अनुसार श्रोक्त ब्यक्तिको रुपमा परिचालन गरिने छ । 

न्यायिक समितिमा निवेदन परेका महिला बालबालिका अशक्त, अपाङ्ग्ता भएका ब्यक्ति तथा जेष्ठ नागरिक सम्ंलग्न भएका मुद्दाहरुलाई प्राथामिकतामा राखी यथासिघ्र समाधान गरिने निति बनाई कार्यान्वयन गरिने छ । 

महिलाहरुलाई कानुनी साक्षरता महिला हिंसा तथा अन्य विषयमा सचेतनामुलक तालिमहरु प्रदान गरिने छ । 

महिला समुह तथा सहकारिहरुलाई प्रवद्र्धन गर्दै लगिने छ ।

किशोरी समुहहरुलाई लक्षित गरी बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छ । 

हिंसामा परेका महिला तथा बालबालिकाहरुको पुर्नस्थापनको लागि नगरपालिकामा एक पुर्नस्थापना केन्द्र सञ्चालनमा ल्याईने छ । 

नगर स्तरिय राहात तथा पुर्नस्थापना कोषको ब्यवस्था गरिने छ । 

वाड नं ९ मा निमार्णाधिन बाजेबजै पार्कको कार्यलाई यथासिघ्र सम्पन्न गरिने छ । 

प्रत्येक वडामा जेष्ठ नागरीक मिलन केन्द्र निर्माण गरीने छ र टोल टोलमा जेष्ठ नागरिक मिलन चौतारि निर्माण गरिने छ ।  

जेष्ठ नागरिक सम्मान तथा सहयोग कार्यक्रमहरु सञ्चालन गरिने छ ।


प्रविधिमैत्री नगर विकासः

नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकसित गरिने छ ।

नगरपालिका भरीको डिजिटल जियोडेटाबेस निर्माण गरि हरेक कार्ययोजनाको निर्माण गर्दा डिजिटल जियोडेटा बेसको प्रयोग गरिनेछ ।

नगरपालिका भरिका सम्पूर्ण प्रसासनिक कृयाकलापहरुलाई डिजिटल माध्यम बाट गरिनेछ ।


आर्थिक नितिः 

रोजगारिमुलक उद्योगलाई शुरुका ३ वर्ष कर छुटको ब्यवस्था गरिने छ ।

साना तथा घरेलु उद्योग, स्थानिय कच्चापदार्थमा आधारित साना उद्योग, काष्ठकला, हस्तकला, कृषि उद्योगलाई बिना शुल्क दर्ता एवं आएकरमा ७५ प्रतिशत छुटको ब्यवस्था गरिने छ । 

निर्माण ब्यवसाय, निजि यातायात सेवा, रिक्सा लगाएतका अनौपचारिक सेवा क्षेत्रलाई परिधि भित्र रही ब्यवस्थित गर्ने । 


प्रतिक्रिया



थप समाचारहरु