यस्ता छन् एमाले काभ्रेका ‘समृद्ध काभ्रेली, नमूना काभ्रे’ बनाउने योजनाहरु


मेचीकाली

काभ्रे– नेकपा एमाले काभ्रेले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन जितेको खण्डमा पूर्वाधार विकास, प्रकृति तथा सम्पदा संरक्षण र पर्यटन विकास, कृषि तथा पशुपालन, विश्वविद्यालय तथा शैक्षिक क्षेत्रलगायतको विकास गर्ने लक्ष्य लिएको छ । एमालेले तीनै तहको निर्वाचनमा विजयी प्राप्त गरेको खण्डमा ‘समृद्ध काभ्रेली, नमूना काभ्रे’ बनाउने विभिन्न योजनाहरु अघि बढाउने प्रतिवद्धता जनाएको छ । एमालेले तीनै तहको निर्वाचनमा विजयी प्राप्त गरेपछि काभ्रेमा अघि बढाउने योजनाहरु यस प्रकार रहेका छन् । 

पूर्वाधार विकास

० जिल्लामा आगामी ५ वर्ष भित्र १००० किमी सडक कालोपत्रे गर्ने । काभ्रे उपत्यकालाई राजधानीको विस्तारित तर योजनावद्ध नयाँ केन्द्रकोरुपमा विकास गर्ने । 

० बनेपा, धुलिखेल र पनौतीमा स्मार्ट सिटी निर्माणको कामलाई तदारुकताका साथ समयमै सम्पन्न गर्ने, 

० भक्तपर–पाँचखाल सुरुङ्गमार्ग निर्माणको कार्यलाई प्राथकिमतामा राख्ने । 

० पाँचखाल नगरपालिका भित्र रहेको झिगुखोला करिडोरको निर्माण गर्ने । 

० मण्डनदेउपुर नगरपालिकाको चाखोला करिडोर निर्माण गर्न ।

० नमोबद्ध रोशी, पनौती लगायत स्थानका सम्भाब्य करीडोर क्षेत्रमा व्यवस्थित पूर्वाधार सहितको बस्ति ब्यवस्थापन गर्ने । य डाँडापारी कोशिपारी, तेमाल, रोशी, मण्डन लगायतका क्षेत्रहरुको सडक र पूर्वाधारको विकास गर्ने । य जिल्लाका विभिन्न स्थानमा आवश्यक पलहरुको सर्भे गरी निर्माण गर्ने ।

० जिल्लामा ५ हजार सिट क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण गर्ने । ण् एक पालिका एक विशिष्टकृत विकासका लागि प्राथमिकतामा राख्ने

जस अनुसार हरेक पालिकालाई विशेष पहिचानयक्त पालिका बनाउने । पाँचखाललाई कृषी तथा औद्योगिक केन्द्र, बनेपालाई आधुनिक ब्यवशायीक केन्द्र, पनौतीलाई साँस्कृतिक तथा पर्यावरणीय पर्यटन केन्द्र, धुलिखेल लाई पर्यटन शिक्षा स्वास्थ्य र साँस्कृतिक केन्द्र, नमोवुद्धलाई धार्मिक साँस्कृतिक पर्यटन र औद्योगिक केन्द्र, मण्डन देउप्रलाई पर्यटन र कृषी केन्द्र, भूम्लुलाई पर्यटन र कृषी केन्द्र, चौरीदेउरालीलाई पर्यटन र कृषी अनुसन्धान केन्द्र, तेमाललाई साँस्कृतिक पर्यटन र बुद्धचित्त उत्पादन केन्द्र, रोशीलाई कृषी पर्यटन साँस्कृतिक र जैविक अनुसन्धान केन्द्र, महाभारतलाई जडिबुटी र फलफुल उत्पादन तथा पशुपालन केन्द्र, खानीखोलालाई जडिबुटी कफी र पशुपालन केन्द्र, बेथानचोकलाई पर्यटन, प्राकृतिकश्रोत अध्ययन तथा पशुपालन केन्द्रको रुपमा विकास गर्न गरुयोजना तर्जुमा गर्ने।

प्रकृति तथा सम्पदा संरक्षण र पर्यटन

० पलाञ्चोक भगवती मन्दिरलाई अझै व्यवस्थित र पूर्वाधार निर्माण सम्पन्न गरी पर्यटकहरुको आर्कषणको रुपमा विकास गर्ने ।

० पनौती नगरपालिकाको परानो बजारलाई विश्व सम्पदा सूचीमा राखिने तयारीलाई तदारुकताका साथ अगाडी बढाउने । 

० नमोबुद्धमा बृहत पर्यटकीय क्षेत्रका लागि आवश्यक संरचना निर्माण गर्ने ।

० तेमालको ऐतिहासिक दरवार उत्खनन र संरक्षण गरि आवश्यक पूर्वाधार निर्माण गर्ने । 

० बेथान्चोक नारायणस्थानमा आवश्यक पूर्वाधारको निर्माण गरी पर्यटन केन्द्र निर्माण गर्ने । 

० रोशी गाउँपालिकाको (भुमेचुली, ताराखसेलेक लगायतका स्थानहरुको )) संरक्षण र प्रचारप्रसार गर्ने ।

० पनौती नगरपालिकाको कुशादेवीस्थित गुर्दुमडाँडाबाट सुरु भएको प्याराग्लाईडिङ्गको विकास र संरक्षण गर्ने । 

० बनेपाको बासुकी, तनचोक, ठलीचौर लगायतका स्थानहरुको संरक्षण  र प्रचार प्रसार गर्ने । 

० मण्डनदेउपुर नगरपालिकाभित्र पर्ने नगरकोट, ठुलीचौर लगायतका स्थानमा थप ब्यवस्थित, पूर्वाधार निर्माण सहित संरक्षण र आवश्यक प्रचार प्रचार गर्ने । 

० भुम्लुको दोलालघाट, मुलखर्क भिमसेनस्थान लगायतका स्थानको प्रचार प्रसार गर्ने । 

० धुलिखेलको देविस्थान लगायतका विभिन्न स्थानमा रहेका पर्यटकियस्थलहरुको संरक्षण सहित पूर्वाधार निर्माण गर्ने । 

० श्रीरामपाटी क्षेत्रको उत्खनन गरी संरक्षण गर्ने । 

०अन्य सबै पालिकाहरुमा रहेका धार्मिक क्षेत्रहरुको प्रचार प्रसार, संरक्षण र प्रर्वद्धन गर्ने । ण् हरेक पालिकामा कम्तीमा एक होमस्टे, एक पर्यटकीय गन्तब्य निर्माण गर्ने ।

० नमोबुद्ध–३ र धुलिखेलमा खुला चिडियाखाना स्थापना गर्ने । 

० भुमेडाँडामा चरा अध्ययन केन्द्र स्थापना गर्ने । 

० सिमसार क्षेत्रको संरक्षणका लागि योजना बनाउने ।

० परम्परागत पोखरी, बर पिपल चौतारीहरुको संरक्षण गर्ने । 

० वाटर रिचार्जका लागि डाँडाहरुमा पोखरी निर्माण ।

कृषी पशूपालन 

० सहस्राब्दी विकास लक्ष्य अनुसार हरेक नागरिकको आयस्तर उकास्न हरेक पालिकामा वातावरण अनुकुल फलफुल उत्पादनमा प्रोत्साहन गर्ने । 

० एक वडा एक नर्सरी र एक पालिका एक विशेष कृषी उत्पादन केन्द्रको अवधारणालाई अघि बढाउने ।

० चौवास क्षेत्र र वाल्टिङ्गमा बोटानिकल गार्डेन सहितको चिया उत्पादन बगैचा निर्माण गर्ने। ण् बनेपा र धुलिखेलमा बोटानिकल गार्डेन निर्माण गर्ने । 

० व्यवसायीक पशुपालन र ब्यवसायीक तरकारी खेतिमा जोड दिने ।

० जिल्लामा एम्बुलेन्स सहितको सुविधासम्पन्न पशु अस्पताल निर्माण गर्ने ।

० कृषी तथा पशुजन्य उपजको गुणस्तर जाँचकेन्द्र स्थापना गर्ने ।

विश्वविद्यालय तथा शैक्षिक क्षेत्र

० मदन भण्डारी विज्ञान तथा प्रविधी विश्वविद्यालय र मदन भण्डारी प्रौधोगीक विश्वविद्यालयको निर्माणको कार्यलाई उच्च प्राथमिकतामा राख्ने । 

० प्रतिरक्षा विश्वविद्यालय निर्माणको कार्यलाई तिब्रता दिने । 

० काभ्रे जिल्लामा त्रिविको आंगीक कलेज स्थापना गर्ने । ० एक पालिका एक प्राविधिक विद्यालय स्थापना गर्ने । 

० हरेक विद्यालयमा विज्ञान गणीत र आईटी पठनपाठनलाई व्यवस्थित

गर्ने ।

० खगोल शास्त्र अध्ययन केन्द्र निर्माण गर्ने ।

अन्य पूर्वाधार

० फिल्म सिटी स्टुडियो निर्माण कार्यलाई तिब्रता प्रदान गर्ने ।

० माउण्टेन स्पोर्टस एकेडेमीको निर्माण गर्ने । 

० हरेक नगर तथा पालिकाहरुमा नमना र ब्यवस्थित शहर निर्माण

गर्ने । 

० हरेक पालिकामा एक खेल मैदान निर्माण गर्ने ।

० जिल्लामा क्रिकेट खेल मैदान निर्माण गर्ने । 

० सम्भावित नदीहरुमा विद्युत गृह स्थापना गर्ने । 

० पर्यटनलाई जोड दिने ।

० सम्भावना अध्ययन गरि जलविहार स्थल निर्माण गर्ने । 

० पुरातात्विक तथा सांस्कृतिक संग्राहलय निर्माण गर्ने ।

० एक पालिका एक कला र साहित्य केन्द्र स्थापना गर्ने ।

० दिगो विकासको लक्ष्य हासिल गरी काभ्रेलाई सन् २०३० भित्र गरिवी उन्मुलन गरि, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका पूर्वाधारहरुका माध्यमबाट सबल जिल्ला बनाउने । 

० एक पालिका एउटा ठूलो पर्यटकीय, धार्मिक र साँस्कृतिक पार्क निर्माण गर्ने । 

० प्रत्येक पालिकामा महिला, युवा, दलित, र गरिव परिषदहरु गठन गरि स्वरोजगारीको काम गर्ने र गरिवी निवारण गर्ने । 

० एक पालिका एक अत्याधुनिक ब्यायामशाला, योग तथा प्राकृतिक चिकित्सा केन्द्र निर्माण गर्ने । 

० एक पालिका एक अनाथालय स्थापना गर्ने । 

० जिल्लाका सबै बस्तीहरुमा एक घर एक स्वच्छ खानेपानीको धाराको व्यवस्था गर्ने ।

० सबै बस्तिमा ईन्टरनेट सेवा ।

० सिंगो काभ्रे जिल्लाको भौगर्भिक अध्ययन गर्ने । (प्राकृतिक श्रोत, विपद अवस्था, कृषी उत्पादन, बस्ती विकास आदी)

० ह्याण्डीक्राफ्ट उत्पादन तथा बिक्री केन्द्र स्थापना गर्ने । 

० जिल्लाको Micro economics status अनुसन्धान गर्ने ।

० रसायनिक मलको भण्डारण क्षमता बृद्धी गर्ने । 

० जिल्लामा रहेका सबै प्रमुख नदी जलाधार क्षेत्रको संरक्षणको योजना

बनाउने । 

० जिल्लाका प्रमुख शहरहरुमा शहरी सौन्दर्यकरण परियोजना लागु गर्ने । 

० कम्पोष्ट मल उत्पादन र पानी सुद्धीकरण सहितको एकिकृत फोहोरमैला व्यवस्थापन आयोजना सञ्चालन गर्ने ।

प्रतिक्रिया



थप समाचारहरु