एमाले काभ्रे : दसौं अधिवेशनका सम्झनलायक १० कुरा


विनोद न्यौपाने

धुलिखेल-नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशन सफलतापुर्बक सम्पन्न भएको छ । यो अधिवेशनलाई एमाले काभ्रेले ऐतिहासिक अधिवेशन भनेको छ । पार्टीको एउटा खेमा चोइटिएर नेकपा एस गठन भएपछि आफ्नो शक्ति देखाउनुपर्ने चुनौतीलाई आत्मसात गर्दै एमाले काभ्रेले भव्य अनि सभ्यरुपमा कार्यक्रम सफल बनाएर काभ्रे जिल्ला अझै एमालेको किल्ला हो भन्ने प्रमाणित गरिदिएको छ । धेरै कुराले एमाले काभ्रेको यो अधिवेशनलाई स्मरणयोग्य बनाएको छ । भव्य अनि सभ्य अधिवेशनका लागि एमाले काभ्रेको नेतृत्व, विभिन्न उपसमिति अनि आम कार्यकर्ता प्रशंसाको पात्र बनेका छन् ।

अधिवेशनलाई नजिकबाट नियाल्ने क्रममा हामीले देशेका एमालेको दशौं अधिवेशनका मुख्य सम्झनलायक कुरा यस्ता छन् ।

१. अहिलेसम्मकै ठूलो सभा : एमाले काभ्रेले जिल्लामा अहिलेसम्मकै ठूलो सभा गरेको छ । तीस हजार भन्दा बढी जनसमुदायलाई जिल्ला सदरमुकाम धुलिखेलमा उतारेर एमालेले आफ्नो शक्ति प्रदर्शन ग¥यो । आम काभ्रेली मात्रै नभई देशव्यापीरुपमा एमालेले आयोजना गरेको सभा चर्चाको बिषय भयो । अहिलेसम्म काभ्रेको इतिहासमा यति धेरै जनसहभागिताका बीच कुनै पनि कार्यक्रम हुन सकेको थिएन । 


२. केपी ओलीको उपस्थिति : एकैदिन केही बाहेक देशभरका जिल्लामा एमालेले आफ्नो जिल्ला अधिवेशन सुरु गरेको थियो । पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनलाई संवोधन गरे भने काभ्रेको अधिवेशनमा आफै उपस्थित भएर अधिवेशन उद्घाटन गरे । अन्य जिल्लालाई छाडेर अध्यक्ष केपी शर्मा ओली काभ्रेमा भौतिकरुपमै उपस्थित भए अधिवेशन उद्घाटन गर्नुले एमाले नेता कार्यकर्ताका छुट्टै उत्साह छाएको छ । 


३. उल्लेख महिला र दलित प्रतिनिधि : संविधानले सबै क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागितालाई सुनिश्चित गरेको छ । कतिपय दलले संवैधानिक बाध्यताका कारण त्यो संख्या पु¥याउने गरेका छन् । एमाले काभ्रेको यो अधिवेशनमा भने झन्डै ४० प्रतिशत महिला प्रतिनिधि तल्लो तहबाट चुनिएर सहभागी भए । यस्तै यो अधिवेशनमा दलित समुदायबाट समेत उदाहरणीय उपस्थित रह्यो । 


४. हाइटेक शैली : अधिवेशनको उद्घाटन कार्यक्रममा डिजिटल डिस्प्लेमार्फत सहभागीलाई सहजरुपमा कार्यक्रम हेर्ने व्यवस्था मिलाएको एमाले काभ्रेले जिल्ला कमिटी चयनका क्रममा जिल्लामा पहिलोपटक विद्युतीय मेसिनबाट मतदान ग¥यो । अन्य दलले हप्ता भन्दा बढी समय लगाएर मतदान र मतगणना गरिरहँदा एमाले काभ्रेको अधिवेशनमा एकैदिन मतदान सम्पन्न गर्नुका साथै तुरुन्तै नतिजा प्राप्त भयो । अधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई क्युआर कोडसहितको कार्ड उपलब्ध गराइएको थियो, जसले अधिवेशना गैरप्रतिनिधी सहभागी हुने बाटोसमेत बन्द भयो र अधिवेशनलाई व्यवस्थित बनाउन सहयोग पुग्यो ।


५. व्यवस्थित जनपरिचालन र स्वयंसेवक परिचालन : अधिवेशनको उद्घाटन कार्यक्रम होस् या बन्द सत्र, एमालेले व्यवस्थितरुपमा जनपरिचालन र स्वयंसेवक परिचालन ग¥यो । जसका कारण अधिवेशनभर कहिँ कतै लफडा झगडा परेको देखिएन । उद्घाटन कार्यक्रममा व्यवस्थित जनपरिचालनकै कारण विभिन्न सांस्कृतिक झाँकीसहित पालिका–पालिकाका प्रतिनिधि पालैपालो सभास्थलमा पुगेका थिए । सभालाई व्यवस्थित र मर्यादित बनाउन स्वयंसेवकको भूमिका महत्वपूर्ण रहेको थियो । 


 काभ्रेमा एकीकरण र समायोजनबाट आएकाहरूलाई सम्मानित स्थान दिँदै एकीकरणको भावनाको सम्मान ग¥यो, एमाले काभ्रेले । एकीकरण र समायोजनबाट आएकाहरूलाई सर्वसम्मत निर्वाचित गर्दै जिल्ला कमिटीमा सम्मानजनक स्थान दिइएको छ ।


६. आक्रामक प्रचार : दशौं अधिवेशनलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको एमाले काभ्रेले विविधतायुक्त ढंगले अधिवेशनको प्रचार ग¥यो । घरघरमा निमन्त्रणा कार्ड बाँडेर नौलो काम गरेको एमालेले सामाजिक सञ्जाल र मिडियामार्फत आक्रामक ढंगले प्रचार ग¥यो । समाजका विभिन्न लब्धप्रतिष्ठित व्यक्तिले एमाले अधिवेशनलाई भिडियो सन्देशमार्फत शुभकामना दिए, जुन आजसम्म काभ्रेमा भएको थिएन ।


७. सर्वसम्मत नेतृत्व : एमाले काभ्रेको अधिवेशनले निर्विवाद ढंगले अध्यक्षमा अशोक व्यान्जुलाई सर्वसम्मत निर्वाचित ग¥यो । केन्द्रीय महाधिवेशनमा सर्वसम्मत गर्ने प्रयास असफल भएपछि अध्यक्ष पदमै चुनाव भएको थियो, तर काभ्रेमा व्यान्जुलाई अध्यक्षमा सर्वसम्मत बनाउँदा कसैले असहमती राखेन ।


८. एकीकरणको भावनालाई सम्मान : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बन्यो, र सर्वोच्च अदालतको फैसलाले दुबै पार्टीलाई फेरि पुरानै अवस्थामा फर्काइदियो । नेकपा एमालेले आफ्नो पार्टीलाई नेकपा एकीकरणको निरन्तरता भन्दै आएको छ । त्यसलाई पुष्टि गर्नेगरी काभ्रेमा समेत एकीकरण र समायोजनबाट आएकाहरूलाई सम्मानित स्थान दिँदै एकीकरणको भावनाको सम्मान ग¥यो, एमाले काभ्रेले । एकीकरण र समायोजनबाट आएकाहरूलाई सर्वसम्मत निर्वाचित गर्दै जिल्ला कमिटीमा सम्मानजनक स्थान दिइएको छ ।


९. युवा आकर्षण र बर्चस्व : एमालेको अधिवेशनका लागि चुनिएर आउने प्रतिनिधिमा युवाहरूको बाहुल्यता थियो । अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीमा समेत युवाहरूलो बर्चस्व कायम भएको छ । झन्डै एक दर्जन जिल्ला कमिटी सदस्य ३० बर्ष मुनिका रहेका छन् । पछिल्लो पुस्तामा राजनीति प्रती बिकर्षण बढेको भनिएका बेला मुलुककै सबैभन्दा ठूलो दलमा युवा पुस्ताको बर्चस्व कायम हुनुले अझै युवामा राजनीति र एमालेप्रती आकर्षण रहेको स्पष्ट भएको छ ।


१०. प्रचार सामग्री व्यवस्थापन : एमालेको जिल्ला अधिवेशनको प्रचारका लागि जिल्लाका मुख्य शहरी क्षेत्र बनेपा धुलिखेल लगायतका स्थानमा झन्डा फ्लेक्स लगायतका प्रचार सामग्री राखिएका थिए । कुनै कार्यक्रम गरिसकेपछि त्यसका प्रचार सामग्री यत्तिकै छाडिदिने प्रचलन रहदै आएकोमा एमाले काभ्रेले भने अधिवेशन सकिएपछि ती प्रचार सामग्री आफै हटाएर अर्को उदाहरणीय कार्य गरेको छ । यसले अन्य दल र संघसंस्थालाई पनि पाठ सिकाएको छ ।


प्रतिक्रिया



थप समाचारहरु