एमाले काभ्रेको अधिवेशन : बन्द सत्र सुरु


मेचीकाली

धुलिखेल- नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ ।
बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्द सत्र मध्याह्न १२ बजेमात्रै सुरु भएको हो । धुलिखेल नगरपालिकाको सभाहलमा सुरु भएको बन्द सत्रमा अहिले नेताहरूले बोल्ने क्रम चलिरहेको छ ।
बन्द सत्रपछी आजै नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ । करिब १४ सय प्रतिनिधि सहभागी एमाले काभ्रेको अधिवेशनमा जिल्ला कमिटीमा निर्वाचित हुन चाहने आकांक्षीहरू भोट माग्न समेत व्यस्त देखिएका छन् ।



प्रतिक्रिया



थप समाचारहरु