एमाले रोशीमा देवसागर सर्वसम्मत


मेचीकाली

रोशी (काभ्रे)- नेकपा एमाले रोशी गाउँ पालिकाको प्रथम अधिबेशनबाट अध्यक्षमा देव सागर लामा सर्वसम्मत निर्वाचित भएका छन् । ६७ सदस्यीय कार्य समितिमा अध्यक्ष लगायत सम्पुर्ण कार्यसमिति सर्व सम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा निरध्वज लामा सचिव राजकुमार थापा तथा उप–सचिवमा जनम लामा (शिशिर) र तेज बहादुर थापा चयन भएका छन् ।

विद्यार्थी पृष्ठभुमिबाट आएका लामा लामो समय युवा संघमा सक्रिय रहेका थिए । पछिल्लो समयमा केहि निष्क्रिय देखिएका लामाको राजनीतिमा यो उपस्थितिलाई आगामी स्थानीय चुनावको तयारीको रुपमा अगाडि सारिएको पात्रको रुपमा हेरिएको छ । गत स्थानिय चुनावमा मतका हिसाबले दोश्रो पार्टी बनेको नेकपा एमालेलाई पहिलो पार्टी बनाउदै पालिकामा स्थापित हुनु लामाको पहिलो चुनौति हो भनिएको छ । 

जिल्लाको १३ पालिका मध्ये १२ पालिकामा पहिलेनै अधिबेशन सम्पन्न भएको थियो भने रोशीले अन्तिममा भव्य कार्यक्रमकाबीच अधिबेशन सम्पन्न गरेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य एबं जिला इन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया



थप समाचारहरु