पाँचखाल बन्यो एमालेमय, जिल्लाले तोकेको भन्दा धेरै जनसहभागिता जुटाउने तयारी


मेचीकाली

पाँचखाल– नेकपाएमालेको विरासत बोकेको पाँचखाल नगरपालिका यतिबेला एमालेमय बनेको छ । सिंगो एमाले पार्टी र त्यसका भातृ संगठनले वडा, टोल तथा बस्तीमा पुस २३ गते हुने एमालेको जिल्ला अधिवेशनको सन्दर्भमा भेला तथा जनपरिचालन समितीका बैठक बसिरहेका छन् । 

एमाले पाँचखालका अध्यक्ष विष्णु पौडेल जिल्लाले तोकेको भन्दा पनि धेरै जनसहभागिता पाँचखालले जनाउने तयारीमा लागेको बताउँछन् । स्थानीय तहको निर्वाचनमा प्राविधिक त्रुटिको कारणले सामान्य मतले पराजित हुने पुगेको पाँचखालमा अब त्यस्तो गल्ति नगर्ने तरिकाले काम गरिरहेको र त्यसलाई जिल्ला अधिवेशनले संगठन विस्तारसँगै एमालेको पुरानो स्वरुपमा ल्याउन मद्दत पुगेको हो । 

पाँचखालमा केही दिन यता युवा, विद्यार्थी, किसान, मजदुर, जातीय मुक्तिमोर्चा, महिला, सबै समूह एमालेको जिल्ला अधिवेशन सफल बनाउन सक्रिय भएर लागेका छन् । जसको कारणले पाँचखाल एमालेमय बनेको छ । अध्यक्ष पौडेल अब हुने निर्वाचनमा केन्द्रीत भएर लागेको बताउँछन् । दैनिक रुपमा भेलामा सयौंको संख्यामा उपस्थित भैरहेको जिल्ला अधिवेशनलाई प्रतिष्ठाको रुपमा बनाउने तयारीमा एमाले पाँचखाल लागेको छ । 

जिल्ला अधिवेशनको सन्र्दभमा एमाले पाँचखालले स्वागत द्वार निर्माण गरेर आफू एक कदम अघि रहेको पुष्टि गरिसकेको छ । पाँचखाल हिजो पनि एमालेको किल्ला रहेको, आज पनि रहेको र भोलि पनि रहने सन्देश पाँचखालबासीले दिएको अध्यक्ष पौडेलको भनाई छ ।


प्रतिक्रिया



थप समाचारहरु