नमोबुद्धमा एमालेको नेतृत्व चयनका लागि मतदान सुरु


मेचीकाली

भकुन्डे- नेकपा एमाले नमोबुद्ध नगर कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

सहमतिको प्रयास विफल भएपछि मतदानबाट नेतृत्व चयन गर्न लागिएको हो । अध्यक्ष पदमा दस जनाको उम्मेदवारी परे पनि ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्षमा कृष्ण खनाल, सन्जीव ढकाल, पुर्ण पाण्डे र उद्धवप्रसाद हुमागाइबीच प्रतिस्पर्धा भैरहेको छ । अध्यक्षमा उम्मेदवारी दिएका टिपी शर्मा तिमल्सिना, अर्जुन खनाल, जनार्दन अधिकारी, बुद्धसिं लामा, टीका गिरी र रामशरण हुमागाइले उम्मेदवारी फिर्ता लिएका छन्  ।

उपाध्यक्षमा कृष्णवहादुर तामाङ, निर्मला सापकोटा भुर्तेलबीच प्रतिस्पर्धा भइरहेको छ  भने सचिवमा उपेन्द्र अधिकारी, निरोज पाण्डे र गणेश लामाबीच प्रतिस्पर्धा भइरहेको छ  । यस्तै उपसचिवमा आठ जनाबीच प्रतिस्पर्धा भइरहेको छ । उपसचिवमा केन्द्र ओझा, हरिराम प्याकुरेल, सम्झना लामा, सुरजकुमार न्यौपाने, कान्छामान लामा तामाङ, कृष्णकुमार लामा, गंगादेवी लुइटेल तिमल्सिना र अर्जुनवहादुर कार्की प्रतिस्पर्धामा उत्रिएका छन् । नगर कमिटी सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया



थप समाचारहरु