Saturday, 22 September 2018 03:36 pm, Nepal

पर्यटकिय स्थलको बारेमा छलफल गर्न जिम्मेवारी व्यक्ति नै आएनन्

मेचीकाली : 2011-08-11 18:48:27


साँगा, २६ साउन : पर्यटन वर्ष २०११ मा नयाँ गन्तव्यस्थल कैलाशनाथ महादेव तथा प्राकृतिक चिकित्सा केन्द्रको पर्यटनबाट आर्थिक क्रान्तिका लागि नेपाल पर्यटन बोर्ड र पर्यटन व्यवसायीहरुको चुनौती र अवसरका बारेमा छलफल कार्यक्रम आयोजना गरिएपनि सम्बन्धित निकायका कोहि पदाधिकारीहरु उपस्थित भएनन् । काभ्रे र भक्तपुर जिल्लाको सिमानामा रहेको कैलाशनाथ महादेवको मन्दिरमा बिहिबार पर्यटन वर्षमा साँगामा रहेको कैलाशनाथ महादेव मन्दिरलाई कसरी गन्तव्य बनाउन सकिन्छ भनेर छलफल कार्यक्रमको आयोजना गरिए पनि छलफल कार्यक्रममा सम्बन्धित निकायका कुनेपनि पदाधिकारी सामेल भएनन् ।
बिहान ११ बजे हुने भनिएको छलफल कार्यक्रममा नेपाल पर्यटन बोर्ड, होटल एसोशियसन अफ नेपाल र ट्रेकिङ एसोशियसन नेपालका प्रतिनिधिहरु कोहिपनि सहभागि भएनन्् । कैलाशनाथ शिवमन्दिरको प्रचारप्रसार गर्नका लागि सरकारले कुनैपनि सहयोग नगरेको मूर्ति निर्माणकर्ता कमल जैनले बताए ।  आफुले लगानी गरेर मूर्ति निर्माण गरेपनि यसको प्रचारप्रसार भएको खण्डमा देशलाई सहयोग पुग्ने जैनको धारणा रहेको छ । पर्यटन बर्ष मनाइरहँदा पनि सरकारले कैलाशनाथ मन्दिरको प्रचारप्रसारका लागि सहयोग नपु¥याएको जैनको आरोप छ ।
मूर्तिको अवलोकन गर्न आउने क्रममा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीहरु आएर मन्दिरसम्म आउने बाटोलाई स्तरोन्नती गरिदिने आश्वसन दिएपनि त्यो पुरा गर्न नसकेको जैनले बताए । मूर्ति निर्माण भएको वर्षदिनको दिनमा कार्यक्रम आयोजना गरिएपनि कार्यक्रममा काभ्रेका सातजना पत्रकार मात्र सहभागि थिए ।

यो विषयका प्रतिक्रियाहरु

ramkumar:Aug 13, 2011 03:22:28 PM

yo kamal jain lai matrai faida hune kura ho...mahadev ko naam ma byapaar gardaichha yo manchhe

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु