Tuesday, 26 September 2017 01:12 pm, Nepal

भरीया दाइसँगको तीन दिन तीनक्षण

मेचीकाली : 2009-10-31 09:33:06


महेश पौडेल बिहानको खानापछि सधै झैं मेरो यात्रा बनेपाका लागि नै अगाडी बढ्छ, म मेरो यात्राको क्रममा एउटा भरीया दाईलाई बाटोमा भेट्छु । उनै साह्रै मिजासिला र रमाइला छन् । कमिज, पाइन्ट र ढाका टोपी लगाउने , झुस्स दाह्री अनि खिस्स हाँस्ने एउटा अधबैसे ब्यक्तिको नाम हो पुष्पराज हुँमागाई । उनको स्थायी घर बल्थली गा. बि. स वडा. नं ३ मा पर्छ । उनीसँग मेरो बढीमा ५ मिनेट मात्र कुराकानी हुन्छ । हरेक दिन एउटै ब्यक्तिसँग भेट त हुन्छ तर कुरा भने फरक-फरक हुन्छ । झट्ट हेर्दा उनी भरीया दाई हुन् ,तर उनी राजनितिसँग पनि खुबै रुचि राख्छन त्यसैले त उनी असल कार्यकर्ता बनेका छन् । नेपालमा खासै पार्टीको कार्यकर्ता नरहेको दलका नेताको दास रहेको उनको टिप्पणी छ। भारी बोक्दा भरीया, ज्याला गर्दा मजदुर त्यतिमात्र होइन उनी एउटा कुशल अभिभावक पनि हुन । उनका दुइ छोरा र एक छोरी छन् ।उनकी श्रीमतीले छोडी अन्यत्र गएको आज ५-७ बर्षभइसक्यो तर पनि छोराछोरीलाई गुनासो गर्ने बाताबरण बनाएका छैनन् । उनी खान नपाए पेटमा पटुकी बाँध्छन तर चोरी ,चकारी, झुट अनि र्समर्पणको खेती गर्दैनन् । त्यतीमात्र हाईन उनको धार्मीक क्षेत्रमा पनि लगाब छ , धर्म भनेको उनको बिचारमा सत्य हो । यसरी यीनी हरेक बिषयमा खरो र तर्कपूर्ण कुरा राख्छन साच्चै पत्याउन गाह्रो पर्छ । एउटा भरीयाले यस्तो कुरा गर्छ भनेर,तर मैले यस अंकमा राजनिति नै भेटको बिषय बनाएको छु । एक दिनको एक क्षणको कुरा हो उनीसँग मेरो बाटोमा भेट भयो -मैले भने दाजु तपाईले त पार्टी परीबर्तन गर्नु भएछ ? उनले भने 'हो भाइ, म हिजो एमालेमा थिए , अहिले म माओवादी पार्टीमा छु । यसलाई प्रष्ट पार्दै उनले अगाडी भने दलप्रति तिखो ब्यंग गर्दै -जुवाडे र यी दल - माओबादी, काँग्रेस, एमाले, मधेसी जन अधिकार फोरम) एउटै हुन् । उनीहरु तास खेलिरहेका छन् , म पछिबाट एउटा जुवाडेको तास हेरीरहेको छु , हिजो एमाले नामको जुवाडेको तास हेरेको थिए आज माओबादी नामको जुवाडेको तास हेरीरहेको छु । गाँउ घरमा तास खेलेको हेर्दा आफनो पक्षलाई जोकर ,माल नपर्दाहोस् वा झुक्किएर मिल्ने तास फाल्दा खेलाडीलाई भन्दा हर्ेनेलाई छटपटी हुन्छ आखीर उसले जित्दा हदै सम्मको स्याबासी पाउने एक कप चिया न हो तर पनि उनीहरुलाई कत्रो चिन्ता र चासो । आज ठिक यस्तै दलका नेताहरुले देशलाई राम्रो बाटोमा लैजालान् भनेर पार्टीको झण्डा बोकेर दौडिरहेका छौ र्समर्थन जनाइरहेका छौ , पार्टीको नेतालाई बिरोध गर्दा प्रतिपादमा अड्डी कसेका छौ । मजस्ता थुप्रै साथीहरुलाइ पार्टीको यत्रो चिन्ता नजाने पार्टी नै हामीले चलाए जस्तो । तर नेताहरुबाट भने शान्ती सुरक्षा, नयाँ संबिधानको आश गरेको कतै उनीहरु नै तीनै बिषय बाजी राखी जुवा खेलिरहेका त छैनन् भन्ने शंका लाग्छ बढ्दो अस्थिरता माथी इङगीत गर्दै उनले भने । दोश्रो दिन दोश्रो क्षण फेरी उनीसँग मेरो भेट ९ ः३० बजे त्यही बाटामा नै भयो । त्यसदिन उनी आफना नेतासँग साह्रै रिसाएका रहेछन्, मेरो प्रश्न पनि त्यतैतिर ठोकियो ।मैले भने -दाजु आन्दोलनमा जाने होइन , ज्याला मजदुरी गरेर पेट पाल्नु पर्ने मान्छे सधैँ आन्दोलनमा जाउन पनि कसरी उनले अर्समर्थताको गाँठो फुकाउदै भने -नेताहरु हामीलाई बहुला बनाउन खोज्दैछन की के हो , कहिले कहाँ बोलाउँछन त कहिले कहाँ उनले आजित मुद्रामा अब सधैँ हिड्न सकिन्न पेट पनि त पाल्नुपर्‍यो । हुन पनि उनको एउटा कमाइले चार जनाको परिबार पाल्नर्ुपर्छ ।आखीर उनी पनि सामाजिक परिबर्तन चाहने खरो युबाभित्र पर्छन । उनले गाउँमा मोटरबाटो खन्दा चालिस दिन श्रमदान गरे । यो सामाजिक कामको उत्कृष्ट नमुना थियो । २०६२र ०६३को जनआन्दोलनमा पनि बल्थलीदेखी पनौती ,बनेपा हुँदै काठमाण्डौसम्म झण्डा उठाउदैँ हिडेका थिए । तेश्रो दिनको तेश्रो क्षणको भेट र्सबाधिक चासोको बिषय संबिधान निर्माण थियो । मैले सोधे संबिधान बन्छ - उनले सजिलै उत्तर दिए संबिधान बन्दैन , नागरीक सर्बोच्चताको कुराले सैनिक शासन लागुहुने कुरा गर्छन उनको प्रश्न बीचमा काट्दै सोधे नागरीक र्सबेच्चता भनेको के हो ? उनको उत्तर थियो त्यो त नेताहरुलाइ नै थाहा होला- नयाँ संबिधानमा भरीयाका के कुरा लेखिनुपर्ला भन्दा उनी भन्छन् 'मजदुरलाइ पेलेर माड बनाएका छन् गाडीमा भाडा उठाउने अधिकार ड्राइभरलाइ हुन्छ यात्रुलाइ होइन । '

यो विषयका प्रतिक्रियाहरु

anjib kc:Nov 23, 2009 08:33:51 AM

mahesh dai tapaiko yo lekh mali dheri ramro lago ani puspa dai ko neta haru ko parti bichar aba hamile pani ke bujnupareko cha vane yeuta variya dai le ta teti dherri bujnu vo vane nepal ka educated haru aaj pani kina neta haru ko pachi lagdaichan

Ram chandra dhakal:Nov 5, 2009 10:56:04 PM

Mahesh ji dhnyabad for tapaiko lekh. malai sarhai ramaro lagyo yesai gari aauda dina haru ma pani yestai bhariya dai haru lai bhetra tapai le lekh haru nikalnu hunuhunchha bhanne aasha chha .yes dai is great sabai neta bhane ka juwade hun hami tin ka pachhi lagne afno roji roti polna nasakne ani rastra ko chinta line hami nai khattam haina ra mahesh ji?

deepak thapa:Nov 2, 2009 02:25:01 AM

puspa dai ,lai namaskar sathae mahesh lai ;paniatisamama bujhne haru gaon ma chana tara neta haru kkkk....gardaechan

Madhav:Nov 1, 2009 12:22:37 PM

Dear Mahesh Ji Hajur ko Lekh ( Bhariya Dai)ko
Bisaye MaLai Khubai Rochak Lago Aauda Din Ma Pani Yestai Lekh Ko Aasa Gardachhu
Garib Majdur Haru Ko Aawaj Lai Bulanda Gardai Jana Ko Lagi Kavreli.com Lai Anurodh Garda Chhu
Madhav.....

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु