Tuesday, 26 September 2017 01:17 pm, Nepal

सफल मोडल बन्ने धुनमा-राधिका

मेचीकाली : 2009-11-08 16:24:29


–अमरकृष्ण चन्द मानिसका इच्छा र आकांक्षा थुप्रै हुन्छन् तर, ती मध्ये कति पुरा हुन्छन् त कति त्यतिकै सेलाएर जान्छन् । कति इच्छा आकांक्षा पुरा गर्न त थुप्रै संघर्ष गर्नुपर्छ । त्यस्तै आफ्नो सफल मोडल बन्ने इच्छा बोकी मोडलिङ क्षेत्रमा संघर्षरत छिन् राधिका कोइराला । छिमेकी जिल्ला सिन्धुपाल्चोक-दुवाचौर ९, केउरेनीमा करिब १८ वर्षअघि जन्मेकी राधिका कोइराला लामो समयदेखि काभ्रेको बनेपामा बसोबास गर्दै ग्ल्यामरको क्षेत्रको रुपमा चिनिने मोडलिङप्रति आकर्षित बनी सफल मोडल बन्ने धुनमा छिन् । प्रगति प्रभात एकेडेमी बनेपामा व्यवस्थापन संकायमा १२ कक्षामा अध्ययनरत उनीस् मोडलिङको मार्फतबाट पनि समाजलाई अग्रगतितर्फ लान सकिने धारणा राख्छिन् । सानैदेखिको मोडलिङप्रतिको आकर्षण अनि नाम र दाम कमाएर सबैको आकर्षणको केन्द्र बन्ने इच्छाले मोडलिङमा होमिएको उनी वताउँछिन् । सबैले आफूलाई चिनिदेओस् भन्ने आकांक्षा बोकेकी उनको मोडलिङका अलावा एयर होस्टेज बन्ने उद्देश्य रहेको छ । नृत्य, गायन, मोडलिङ तथा पुराना सिक्का संकलन गर्ने रुची राख्ने राधिका मोडलिङमा भित्रिएको अश्लीलतालाई समयको माग ठान्छिन् । अहिलेको एक्काइसौं शताव्दीको युगमा आएर पनि नारीको सुन्दरतालाई अश्लिलताको संज्ञा दिन नहुने उनको ठम्याइ छ । तर, समयको माग भन्दैमा आवश्यकता भन्दा बढी नाङ्गनिु पनि उचित नहुने उनको तर्क छ । मायालाई नै जीवनको प्रमुख आवश्यकता ठान्ने राधिका सेक्सलाई जीवनको पर्याय ठान्छिन् । आवश्यकताअनुसार सेक्सलाई सदुपयोग गर्न जाने जीवन सफल हुन्छ भन्ने मान्यता बोकेकी उनी हालसम्म आफू प्रेम र सेक्सबाट टाढै रहेको दाबी गर्छिन् । प्रेम प्रसंगबारे कोट्याउँदा अहिलेसम्म भ्याकेन्सी खाली रहेको उनको भनाई छ । मोडलिङ क्षेत्रमा लाग्नेहरु यौनको मामलामा स्वच्छन्द हुनुलाई स्वाभाविक ठान्ने उनी आफूलाई बुझ्ने युवकको खोजीमा छिन् । आँखाले नै सुन्दर संसार हेर्न सकिने भएकोलाई राधिकालाई आफ्नो शरीरको अंगहरुमध्ये आफ्नो आँखा र ओठ मन पर्छ रे । उनलाई पुरुषको नशालु आँखाले लट्ठ पार्छ रे । तर पनि आफू कसैको बाहिरी आवरण हेरेर प्रेममा नफस्ने वताउँछिन् राधिका । प्रेम गर्न बाहिरी आवरणभन्दा पनि भित्री गुण तथा व्यवहार हेर्न आवश्यक रहेको उनको बुझाई छ । मिस कलेजमा समेत सहभागी भइ मोडलिङसम्वन्धी थुप्रै अनुभव संगालीसकेकी उनी काठमाडौं व्यूटिपार्लरद्वारा आयोजित पहिलो काभ्रे लेडिज ट्यालेन्ट शोमा १६ जना प्रतिस्पर्धीसँग उपाधिको लागि भिड्दैपछन् । उपाधि आफूले जित्ने आत्मविश्वास बोकेकी राधिका मोडलिङले आफूलाई जीवनको वास्तविकता बुझ्न मद्दत पुर्‍याएको वताउँछिन् । नेपाली हुनुमा गर्व गर्ने राधिका मोडलिङ क्षेत्रबाटै समाजका विकृति विसंगतिको अन्त्य गर्न चाहन्छिन् । सीमाभित्रको स्वतन्त्रताले जीवन सफल पार्न मद्दत गर्ने सोचेकी उनी अबसर पाएको खण्डमा म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गर्न पनि तयार छिन् । [email protected]

यो विषयका प्रतिक्रियाहरु

bimala:Jul 1, 2010 04:30:10 PM

keep it up radhika.

wanted:May 1, 2010 07:57:49 AM

nice smile....koirala keep it continue..bt i dnt lik ur hair

Timro Hero:Apr 29, 2010 06:06:21 PM

hi meri jaan you are very cute this is real your face humm keep it up and best of luck

timro boka:Dec 31, 2009 05:11:10 PM


\"Anger is the only evil which makes love invisible for a minute.
And love is the only suspicious thing which is visible even after anger.
i m sory baby

timro boka:Dec 24, 2009 01:31:51 AM

baby i will pray to d god that you get success in every step of ur life, and i will neva come in the way to ur success.
best of luck jaan.

Amar Lama:Nov 25, 2009 06:15:45 PM

I like u. I wish all the best in coming days.



gokarna:Nov 23, 2009 11:45:44 AM

you looks nice
all the best

aru pani models ko barema padana paye kati ramero hunthyo hola.

goke.
iraq

rabi:Nov 14, 2009 12:06:03 PM

k ho hareo bhanera runa huna arko pali try gara na huna

ardniban:Nov 14, 2009 10:15:38 AM

cute looks.its good point to get success in this field.lovely!!

Subin Shahi:Nov 13, 2009 11:37:58 AM

Don\'t worry RADHIKA timro lagi miss nepal ko taaz kuriraheko chha keep it up.

bijay shahi:Nov 13, 2009 11:33:32 AM

failaur is the sign of success baby.
so keep strugling.
love u baby.

bijay:Nov 13, 2009 11:20:35 AM

this msg goes to sudin bhujel. k sabai keti haru ustai huncha ta.

Rajendra Shrestha:Nov 11, 2009 05:56:53 PM

jilla basi Bahini rahechhau, Pragati ko lagi shubhakamana.

Kamal Nepal:Nov 11, 2009 05:20:08 PM

La la Thakai 6 kavreli nine suvakamana

sudin bhujel:Nov 11, 2009 02:01:46 PM

RAdhika timi sarai ramri chhau tara timro halat pani pooja lama ra namrata shresthko jasto nahos hai.

rabi:Nov 9, 2009 09:39:01 PM

kathmandu beatuty parlour haina kavreli stepping stone le garna lageko programe ho haie

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु