Saturday, 23 September 2017 02:54 pm, Nepal

गजल-चित्र सोल्टि

मेचीकाली : 2011-11-05 08:56:24


मौका पाए हदै सम्म गिर्दा रै छन् मान्छेहरु
भित्र छुरा राखि मुटु चिर्दा रै छन् मान्छेहरु

आफ्नै सम्झि दिएपनि साथ बिना स्वार्थ रािख
बैगुनले  पो  बदला  तिर्दा  रै छन्  मान्छेहरु

छहारिमा बस्छु भन्दै बगलमा सियो बोिक
जिन्दगीको रङ्गमच छिर्दा रै छन् मान्छेहरु

साथ दिन खोजे  मैले नाता  जोडे मानवता
औला दिए हातै खान पिर्दा रै छन् मान्छेहरु

अब  फेरि  कसलाई  फसाउ   भनेर  सोच्दै
च्याखे थाप्दै बाटो घुम्दा फिर्दा रै छन् मान्छेहरु

चित्र सोल्टि
२०६८/ ७/ १८

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु