Tuesday, 26 September 2017 01:17 pm, Nepal

मोडलिङमा रमाउन चाहने अनु

मेचीकाली : 2009-12-02 15:14:18


–अमरकृष्ण चन्द मानिसका इच्छा आकांक्षाहरु धेरै हुन्छन् तर कति इच्छा आकांक्षाहरु पुरा हुन्छन् त कति अधुरै रहन्छन् । कति आकांक्षाहरु त संघर्ष गर्दा गर्दै मर्छन् । त्यस्तै पेशाले शिक्षिका भए पनि मोडल बनेर समाजलाई परिवर्तन गर्ने आकांक्षा पालेर संघर्षका पाइलाहरु अगाडि बढाउँदै छिन् प्रतिभावान नव मोडल अनु लामा । प्रतिभा छ तर अवसरको अभावमा कति प्रतिभाहरु पलायन हुन वाध्य भएको नेपाली कलाक्षेत्र तथा मोडलिङ क्षेत्रमा एउटा राम्रो सम्भावना बोकेर अघि बढ्दै गरेकी अनु आफ्नो जन्मभूमि काभ्रेको नाम अगाडि बढाउन मोडलिङ क्षेत्रमा लागेको बताउँछिन् । उनको एउटै मात्र चाहना छ मोडलिङ तथा कलाकारितामा लागेर नाम कमाई समाजमा व्याप्त बिकृतिहरुको अन्त्यमा लागि पर्ने अनि बिकृतिबिहिन समाजको निर्माणमा सहयोग गर्ने । काभ्रे जिल्लाको पाँचखाल -१ खावामा जन्मिएर स्नातक तह सम्म अध्ययन गरेकी अनु पिछडिएको तामाङ समूदायमा हुर्किए पनि आफ्ना कला र संस्कृतिको संरक्षण सर्म्बर्द्धन गर्दै समाजमा रहेका कु-संस्कारहरु तोड्दै तामाङ जातिलाई आधुनिक समाजमा रुपान्तर गर्नुपर्ने धारणा राख्छिन् । सानैदेखिको कलाकारिताप्रतिको मोहले गर्दा आफू मोडलिङ क्षेत्रमा हामफालेको बताउने अनुले तीन वटा म्युजिक भिडियोमा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छिन् भने दुइ वटा म्युजिक भिडियोमा अनुबन्धित भइसकेकी छिन् । कलाक्षेत्र तथा मोडलिङमा व्याप्त बिकृति बारे राम्रो जानकारी राख्ने अनु दुइ चारजनाले अनुशासनहिन कार्य गर्नाले पुरै कलाक्षेत्र तथा मोडलिङ क्षेत्र बदनाम भएको बताउँछिन् । कलाकार तथा मोडल भनेको समाजका पथ प्रदर्शक हो जसले आफ्नो कला तथा प्रतिभा मार्फ समाजका राम्रा नराम्रा कुराहरुलाई प्रस्तुत गरी नराम्रा बिकृतिहरुलाई समाजबाट नै निर्मुल गर्न योगदान पुर्‍याउने हुनाले कलाकार तथा मोडल राष्ट्रका गहना हुन् राष्ट्रका सम्पत्ति हुन् त्यसैले कलाकार तथा मोडल संयमित र अनुशासित हुनु अत्यावश्यक देख्ने अनु कलाकार तथा मोडलहरुले आफ्नो सामाजिक मर्यादा भुल्न नहुने बताउँछिन् । हालसालै बजारमा आएको नायिकाहरुको सेक्स भिडियो सम्बन्धमा अनु भन्छिन् 'उनीहरु पनि आखिर मानिस नै हुन् ।' उनीहरुको पनि आफ्नो पनि आफ्नै इच्छाहरु हुन्छन् तर इच्छा छ भन्दैमा आफ्नो मर्यादा बिर्सेर जथाभावी हरकत गर्नाले सम्पूर्ण कला क्षेत्र नै बदनाम भएको बताउने अनु सेक्स अत्यावश्यक वस्तु भएकोले उचित सदुपयोग गर्नुपर्ने बताउँछिन् । सेक्सको सहि सदुपयोग नगर्ने हो भने समाजमा झन बिकृति बढ्ने उनको ठम्याई छ । हालसम्म प्रेम र सेक्सको अनुभव नसंगालेको बताउने अनु जीवनलाई संघर्ष ठान्छिन् भने प्रेमलाई जीउने आधार मान्छिन् । प्रेम र सेक्स बिना जीवन अधुरो हुने बताउने उनी जीवनलाई सफल बनाउन आफन्त मात्र हैन परायालाई पनि माया गर्न जान्नुपर्ने बताउँछिन् । यति सुन्दर जीवनलाई झन सुन्दर बनाउन प्रेमको महत्वपूर्ण भूमिका हुने भएकोले उनी पनि आफूलाई बुझने, समाजमा केहि गर्छु भन्ने भावना बोकेको अनि नारी पनि समाजको एक अंग हो भनेर स्वीकार्ने साथीको खोजीमा रहेको बताउँछिन् । अझै पनि हाम्रो समाजले कलाकारिता अनि मोडलिङ क्षेत्रलाई हेर्ने दृष्टिकोण नकारात्मक भएकोले समाजमा पच्ने किसिमले कलाकारिता अनि मोडलिङ गर्नुपर्ने बाध्यताले गर्दा यो क्षेत्रको बिकास हुन नसकेको बताउने अनु नारीलाई विज्ञापनको रुपमा मात्र प्रयोग गर्ने प्रवृत्तिको अन्त्य भए मात्र नेपाली कलाक्षेत्र तथा मोडलिङ क्षेत्रको बिकास हुन सक्ने बताउँछिन् । मौका पाएको खण्डमा मोडलिङ हुँदै चलचित्र क्षेत्रमा पहिचान बनाउने सौख पालेकी उनी नातावाद र कृपावादले जरो गाडेको यस क्षेत्रमा अझै पनि राम्रा राम्रा प्रतिभाले मौका नपाएको अहिलेको अवस्थामा आफु भने संघर्ष गरेरै भए पनि यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई समाजलाई केहि दिने अनुको ठूलो धोको रहेको छ । [email protected]

यो विषयका प्रतिक्रियाहरु

hari:Dec 5, 2009 06:12:42 PM

ok conrz cha great thinking liyakoma .do hard work,u will get success in dt fild i want to say u all d best .................................

hari:Dec 5, 2009 06:12:40 PM

ok conrz cha great thinking liyakoma .do hard work,u will get success in dt fild i want to say u all d best .................................

susan shrestha:Dec 4, 2009 01:53:42 PM

I say you 3 things: Anu
* you are matured and wise,
* Go ahead; your destination is only
at hand far.
* Be a ASAL women Not a Ramro women.

Wish you a very success on your every walk of your life.

susan :Dec 4, 2009 11:38:38 AM

i know anu but never meet with her. i like her idea and views.she seems fran

kumar karki:Dec 3, 2009 01:35:30 AM

dherai ramro lago tapai ko bichar.kalakarita ko batoma lagera yo samaj ma vayako bikriti lai teti sajilai hatauna sakidaina malai aasa chha tapaiko lagan ra parisarmle to sthan chadai paune chaa. mero suvakamana chha hai anu ji .

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु