Tuesday, 20 February 2018 03:26 am, Nepal

'काभ्रेली डटकम'को चितवन यात्रा

मेचीकाली : 2009-12-02 15:33:34


केदार तिमल्सिना काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीको एकमात्र क्षेत्रीय अनलाइन खबर सञ्जाल काभ्रेली डटकममा आवद्ध साथिहरु मिलेर गोरखा जिल्लामा रहेको प्रसिद्ध मन्दिर मनकामना माताको दर्शन गर्ने र त्यसपछि चितवनको सौराहामा गएर एक रात बसी त्यसपछि बनेपा र्फकने कार्यक्रम तय गरेको एक महिनापछि अर्थात् मंसिर ६ गते शनिवार म लगायत काभ्रेली डटकममा रहेका साथिहरु विनोद न्यौपाने, कृष्ण प्रसाद घिमिरे, भुवन रायमाझी, कपिल कोइराला र हाम्रो एकदमै मिलनसार भाई रमेश घिमिरे सहितको छ जनाको एक टोली विहान करिव पाँच बजेतिर मनकामनातर्फ हुइँकियौ । शनिवार विहान करिव पाँच बजेको समयमा हामीहरु बनेपाको तीनदोबाटोबाट कान्छाकान्छी यातायातको गाडीमा जाने निर्णय गदैँ बनेपाबाट मनकामनातर्फ अघि बढ्यौँ । सबै युवा नै युवा भएका कारणले त्यतिकै बस्न नसक्ने थियौं र गाडीमा पनि एउटाले अर्कोलाई त अर्कोले अर्कोलाई जिस्काउँदै भक्तपुर पुगिसकेको थियौ । भक्तपुरबाट उत्ता लागेपछि भुवन, विनोद, कपिल आ-आफ्नो तालमा विभिन्न थरीका गित गाउँदै थिए । कृष्ण र म उउटा सिटमा भएकाले हामीहरु आफ्नै तालमा व्यस्त थियौँ । गाडी बनेपाबाट गएर चावहिल चोकमा रोकियो र एकछिन त्याहा बसेपछि त्यहाँब्ााट हामी चढेको गाडी गएर गोँगबु बसपार्कमा गएर बस रोकियो र त्यहाँ हामीले एक एक कप चिया खायौँ र साथिहरु आवद्ध भएको पत्रिका किनेर बसतर्फ लाग्यौ र बस अगाडि बढ्दै गयौ र कलंकीमा गएर करिब पाँच मिनेट बस रोकिएपछि बस अब थानकोटतर्फ हुइँकियो । कलंकीबाट अघि बढ्ना साथ हामीहरु विनिन्न खाले गित गाउनम व्यस्त थिर्यौ । हाम्रो यात्रामा अघि बढिरहेपनि हामीसँग हाम्रो अनलाईन पत्रिकाका संस्थापक अति मिलनसार साथि कुन्दन पराजुली आफ्नो कार्य व्यस्तताका कारणले हामीसंग जान नपाउँदा हाम्रो मन अलि खिन्न भएको महसुस हामीहरुले गरेका थियौ । तै पनि हाम्रो छ जनाको टिममा सहभागि हुनका लागि कलंकीबाट गोरखाका गोविन्द कुमार थापा आफ्नो मावली चितवनमा सत्यनारायण पुजामा सहभागि हुनका लागि हिडेका रहेछन् र हामीसंगै उनीपनि गितको तालमा ताल मिलाउन सहयोग गदैँ थिए । कहिले माझी दाई पोखरा फेवा तालको गित त कहिले अन्य गितको भाशा गाउँदै हामीहरु थानकोटको ओारालो झरेका थियौ । यसरी रमाईलो गर्दा गदैँ करिव साढे दश बजेको समयमा हाम्ीहरु कुरिनटार पुगेका थियौ । मनकामनाको दर्शन गर्नका लागि भोक भोकै त्याहा सम्म पुगेका हामी मनकामना दर्शन गर्नका लागि केवलकारको टिकट काट्नका् लागि टिकट काउन्टरमा जाँदा मनकामनाको दर्शन गर्नेको लाईन राजमार्गसम्म पुगेको देखेर हामीले त्यो दिन मनकामना दर्शन गर्न नसक्ने अवस्था देखेपछि हामीहरुले सौराहा जाने निर्णय गर्‍यौँ । त्यसपछि हामी खाना खाई सौराहा तर्फअघि बढ्यौ । पर्यटकको गाडीमा गएका कारणले सबै साथिहरु एकै स्थानमा बस्ने सिट नभएका कारण कृष्ण, कपिल एक सिटमा, रमेश भाई एक सिटमा बसेका थिए भने म, विनोद र भुवन गाडीको अन्तिम सिटम बसेका थियौ । सौराहा जाने क्रममा बसमा सबै साथिहरु आ- आफ्नै तालमा व्यस्त थियौँ । भुवन हामीसंगै भएपनि उ निदानमा नै व्यस्त थिए भने म र विनोद गित सुन्न, रमेश भाई एक्लै टोलाउँदै र कपिल र कृष्ण आफ्ने तालमा रहेका थिए । सौराहामा पुगेर हामीलाई हात्ती चढी चितवन राष्ट्रिय निकुञ्ज घुम्ने हाम्रो इच्छा पुरा गर्नको लागि हामी हात्तीको टिकट बुकिङ गर्नको लागि केहि समय यता यता गर्‍यौँ । सबै हात्तीको टिकट काउन्टरमा टिकट बुझ्न जाँदा सरकारी रेट भन्दा बढी रेटको टिकट पाएपछि हामी त्याहाँबाट एक छिन राप्ती नदीको किनारमा बसी राप्ती नदीमा आन्तरिक तथा बाहृय पर्यटकहरु ढुङगामा चढी वारपार गरेको दृश्यावलोकन गदैँ हल्का खाजा तथा चिसो खाएर त्यहि नजिकै रहेको युनाटेड हात्ती टिकट बुकिङ काउन्टरमा गई बल्ल बल्ल एक व्यक्तिको तीन सय रुपैँयाका दरमा छ वटा हात्तीको टिकट बुकिङ गरी करिव चार बजेको समयमा हामी म, कृष्ण र विनोद एउटा हात्तीमा र कपिल, भुवन र रमेश भाई एउटा हात्तीमा चढी निकुञ्ज भित्र प्रवेश गर्‍यौँ । निकुञ्ज भित्र हामीले मुजुर, मृग, कालिज लगायतका जनावरहरु देख्न पायौँ । एक घण्टा जति निकुञ्ज घुमेपछि हामी बास बस्नको लागि नारायणगढमा जाने निश्चय गरेर हामी सोराहा बसपार्क सम्म हिडेर आयौँ त्यहाँ आउँदा गाडी नपाएपछि केहि बेर हिडेर टाँढी तर्फआउँदै गर्दा हामीले एक जना स्थानियबासीलाई सोधखोज गरी बस पाउने वा नपाउने भनी सोध्दा उनले हामीलाई गाडी नपाउने बताएपछि हामी एकछिन अलमल्लमा पर्‍यौँ उनले हामीलाई टाँगा मिलाइदिने वचन दिएपछि हामी केहि समय टाँगाको प्रतिक्षामा बस्यौ उनले हामीलाई टाँडिसम्म आउने टाँगा मिलाइ दिएपछि हामी टाँडीसम्म आयौँ । टाँडीबाट हामी नाराणगणसम्म जानको लागि गाडीको प्रतिक्षामा बसेका थियौँ । एउटा मारुती भ्यानलाई रोकेर हामीलाई नारायणगढसम्म पुर्‍याइदिन आग्रह गरेपछि उनले हामीलाई नारायणगढसम्म पुर्‍याइदिएका थिए । नारायणगढ पुगेपछि मैले अन्नपर्ूण्ा पोष्टका समाचारदाता चिन्तामणि पौडेललाई बास बस्नको लागि कुन होटेलमा बस्ने भनेर सल्लाह मागेपछि उनले हामीलाई त्यहाँको एक होटलमा जान बताएपनि त्यस होटलमा खाली नभएपछि चिन्तामणीजीले कम्युनिकेशन पसल खोलेर बसेका कृष्णसंग हाम्रो चिनजान भएपछि उनले हामीलाई स्थानिय कालिका होटलमा बस्यौ । रातभरी लामखुट्टेको सम्मेलन हो की के हो लामखुट्टेले टोकेर रातभर सुत्न नसकेपछि एकछिन फ्यान खोल्ने त एक छिन बन्द गर्दा गदैँ विहान भइसकेको थियो । विहान हामीले नयाँ पत्रिका दैनिकका चितवन समाचारदाता विष्णु पौडेलसँग चियाखाई हामी त्यहाँबाट मनकामना तर्फअघि बढ्यौ । गाडीमा गित गाउँदा गाउँदै हामी कुरिनटार ओर्लियौँ । कुरिनटारमा केवलकारको टिकट काटी मनकामना मन्दिरमा गयौ । दर्ुइ घण्टाको लाइन बसेपछि हामीले मनकामना माताको दर्शन गरी खाना खाई त्याहाँबाट हामी केवलकार चढी कुरिनटारमा ओर्लियौ । आइतबार जसरी भएपनि हामी बनेपा आउनुपर्ने भएकोेले हामी काठमाडौँ आउने गाडी चढी काठमाडौतर्फ लाग्यौँ । बसमा हामी अघि पछिको झै विभिन्न गित गाउँदै अघि बढेका थियौ । हामीलाई सोहि बसमा यात्रा गरी रहेका चार जना मित्रहरुले साथ दिएका थिए । गाडीमा गित गाउने क्रममा रेशम फिरिरी बोलको गित गाउँदा साथिहरुले एक नाले बन्दुक दर्ुइ नाले बन्दुक, तीन नाले बन्दुक भन्दै विस नाले बन्दुकसम्म पुर्‍याएर हँसाएका थिए । यो यात्रा हाम्रो लागि अविश्मरणीय भयो । यो यात्रा अवधिभरमा हामीले महसुस गरेको मुख्य कुरा के हो भने, 'हामीले जतिसुकै पर्यटन प्रवर्द्धनको गफ दिए पनि अझै त्यसको व्यवस्थापन भने हुन सकेको रहेनछ । सौराहामा पनि हामीले महसुस गरेका कुरा त्यही हो । त्यहाँ विदेशी पर्यटकलाई भगवान सहर मानेर स्वागत गर्नेले नेपालीलाई खासै वास्ता गरेनन् । एक घण्टा इन्टरनेट चलाउन सय रुपैयाँ तिर्नुपर्दा हामी दंग पर्‍यौं । विदेशीलाई त्यति लिँदा ठिकै भए पनि नेपालीसँग त्यसैगरी ठग्नु उचित लागेन । यसमा सम्वन्धीत निकायले, पर्यटन प्रवर्द्धनका ठूला गफ हाँक्नेहरुले ध्यान दिनर्ुपर्छ ।

यो विषयका प्रतिक्रियाहरु

birodh:Dec 15, 2009 02:09:06 PM

bhai kedar jabo chitawan jada ta timiharuko yetro furti hunchha bhane mangal graha gayau bhane ta banepama kasaILE tikna paudaina hola haina?j hos ramailo garna janya chhau ramailo gara tara yo ramailo sadhaiko lagi banaunu parchha hai ta?

eka raj rumdali:Dec 15, 2009 01:04:25 PM

treking ko action and reaction padhio malai ...................................ani bye .

bhai:Dec 15, 2009 08:47:35 AM

ramailo bayako thoyo taa .............

daya saga tamang:Dec 14, 2009 05:51:29 PM

ketaharule moj garechhan haaaaaaaaaaaaaaaa!!!!!!!!!!!!!

Kedar Prasad Timalsina:Dec 14, 2009 07:01:43 AM

Very good travel guys! Keep it up.

jesika:Dec 6, 2009 06:01:53 PM

sabi aa aafno sur maa chan ramaylo term

dipa poudel:Dec 6, 2009 11:40:57 AM

la ramro bhaye6 hajur haru ko visit le chitwan basi lai ke sandes dinu bhayo ta news lekhane matra ho ki sachet pani garaune ho ta

Baburam Adhikari:Dec 4, 2009 05:19:11 PM

its good and interesting article

Ramesh Ghimire:Dec 3, 2009 09:01:57 AM

malai ramro lago hi

Gopal Dulal:Dec 2, 2009 05:28:28 PM

Malai bhai ko lekhne style ramro lagyo .
Lekhdai jau ramro lekhak banna sakchhau.
All the best.

parmita shrestha:Dec 2, 2009 04:29:33 PM

woo good and nice all are young and creative

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु