dashain
Wednesday, 17 October 2018 12:22 pm, Nepal

नेपालमा बढ्दो तनाव र कष्टकर जनजीवनप्रति राष्ट्रसंघको चासो

मेचीकाली : 2012-05-15 11:21:00


काठमाडौं, २ जेठ : संयुक्त राष्ट्रसंघले नेपालको भावी संघीय प्रणालीलाई लिएर मुलुकका विभिन्न स्थानमा बढ्दो तनाव र जनजीवन कष्टकर बनेकोप्रति गंभिर चासो व्यक्त गरेको छ । राष्ट्रसंघिय महासचिव बान की मुनले विभिन्न क्षेत्रमा जारी आन्दोलनपछि उत्पन्न तनावका कारण जनजीवन अस्तव्यस्त बनेको भन्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनका आधारमा माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

 महासचिव बानले विरोधका कार्यक्रमलाई शान्तिपूर्ण बनाएर मानविय सहायताको सहज पहुंचकालागि वातावरण निर्माण गर्न सम्बन्धित पक्षसंग आग्रह समेत गर्नुभएको उहांका प्रवक्ता मार्टिन नेसिर्कीले बताउनुभयो ।

 

यस्तै, उहांले पिछडिएका वर्गसंग विगतमा भएका सहमती कार्यान्वयन गर्नुकासाथै संघियतामा आफ्नो भूमिका घट्ने चिन्तामा रहेका समुदायलाई आश्वस्त पार्न सरकारलाई सुझाव दिनुभयो । महासचिव बानले संविधान जारी गर्ने मिति नजिकिदै गर्दा दलहरुले पार्टीगत स्वार्थबाट माथि उठेर सहमतीको विन्दु पहिल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु