dashain
Friday, 19 October 2018 02:34 pm, Nepal

पार्टीको अडान नछाड्न कांग्रेसका केन्द्रीय सदस्य र सभासदहरुको सुझाव

मेचीकाली : 2012-05-15 11:38:04


काठमाडौं, २ जेठ : शासकीय स्वरुप र राज्य पुनरसंरचनाका बिषयमा कांग्रेसको नेतृत्वले पार्टीका केन्द्रिय सदस्य र सभासदहरुसंग आज बिहान छलफल गरेको छ । पार्टी सभापति सुशील कोइरालाको माहाराजगञ्ज स्थित निवासमा भएको छलफलमा पार्टी नेतृत्वले आहिलेसम्मका वार्ताहरुमा भएको छलफलका बारेमा जानकारी गराएको थियो । 

बैठकमा सभापति कोइरालाले कांग्रेस आफ्नो अडानमा स्पष्ट रहेका जानकारी गराएका थिए । बैठकमा सुझाव दिदै केन्द्रीय सदस्यहरुले नेतृत्वले लिएको अडानको समर्थन गर्दै गंभीरताका साथ सहमतिमा पुग्न आग्रह गरेका थिए । बैठकपछी पार्टी उपसभापति रामचन्द्र पौडेलले नेतृत्वले लिएको अडानमा केन्द्रीय सदस्य र सभासदहरुले सहमति रहेको र आफूहरु सही निर्णय लिने बताए । केन्द्रीय सदस्य डाक्टर रामशरण महतले पार्टीले अगाडी सारेका ८ र ११ प्रदेशको खाकामा अडिग रहन नेतृत्वलाई सुझाब दिइएको जानकारी दिए । 

शासकीय स्वरुपका संबन्धमा हिजो तीन दलहरुबीच भएको सहमतिलाई अन्तिम रुप दिदा संसद प्रति उत्तरदायी प्रधानमन्त्री कार्यकारी हुने व्यबस्थामा अडान कायम राख्नुपर्ने सुझाव पनि बैठकका सहभागिहरुले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु