dashain
Wednesday, 17 October 2018 11:49 am, Nepal

राज्य पुनर्संरचना र शासकीय स्वरुपमा विषयमा दलहरुबीच सहमति, ११ प्रदेश कायम रहने

मेचीकाली : 2012-05-15 15:47:19


–राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार बाँडफाँड हुने

काठमाडौं, २ जेठ : राज्य पुनर्संरचना र शासकीय स्वरुपमा प्रमुख दलहरुले आज सहमति जुटाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठकले एघार प्रदेश र मिश्रित शासकीय स्वरुपमा सहमति जुटाएको हो । सीमाङकन र नामाङकन भने पछि आयोग बनाएर टुङगाईने छ । नामाको चयन प्रादेशिक संसदले तय गर्ने छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको अधिकार जननिर्वाचित केन्द्रीय संसदले बाँडफाँड गर्ने सहमति भएको छ ।

सहमति अनुसार केन्द्रमा ३ सय ६५ सदस्यीय संसद रहने छ । प्रत्यक्ष निर्वाचितमा ६० र समानुपातिकमा ४० प्रतिसत रहने छन् । माथिल्लो सदन ६० सदस्सीय रहने छ । दलहरुले १ सय ७५ निर्वाचन क्षेत्रपनि बनाउने सहमति गरेका छन् ।

बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पछि नाम र सीमाङकन गर्ने गरेर राज्य पुनर्संरचनामा सहमति जुटाएको बताए । उनले केही अधिकार सहित प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा सहमति जुटाएको बताए ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि दलहरुका वीच पछि नाम र संघीय राज्यको सीमाना तोक्ने गरेर सहमति जुटाएको बताए ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शासकीय स्वरुपमा मिश्रित प्रणालीमा जाने सहमति भएको उल्लेख गरे ।

मधेसी मोर्चाका नेता विजय गच्छेदारले भने एघार प्रदेश बनाउने बारेमा आफूहरुको असहमति रहेको बताए । राज्य पुनर्संरचनामा असहमति भएपनि संविधान निर्माणमा सहयोग गर्ने गच्छेदारले बताए ।

सहमति जुटेका शासकीय स्वरुप र राज्य पुनर्संरचनाका विषयमा विवाद समाधान उपसमितिमा छलफल गरि संवैधानिकामा प्रतिवेदन बुझाईने छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु