dashain
Wednesday, 17 October 2018 11:09 am, Nepal

माओवादीको वैद्यपक्षद्वारा दलहरुबीचको सहमतिको विरोध

मेचीकाली : 2012-05-15 19:57:08


काठमाडौं, २ जेठ : प्रमुख तीन दलबीच भएको सहमतिप्रति माओवादी बैद्य पक्षले असन्तुष्टि जनाएको छ । संविधान निर्माणको प्रक्रिया र राष्ट्रिय स्वाधीनताको पक्षमा देशी तथा विदेशी तत्त्वहरुले गम्भीर षड्यन्त्र गरिरहेकाले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको बताइएको छ । विज्ञप्तिमा महासचिव रामबहादुर थापा तथा उपाध्यक्ष मोहन बैद्य किरणले हस्ताक्षर गरेका छन् ।

विज्ञप्ति :

संविधान निर्माणको प्रक्रिया र राष्ट्रिय स्वाधीनताको विरोधमा कतिपय देशी विदेशी प्रतिक्रियावादी तत्वहरुद्वारा गंभीर प्रकारका षडयन्त्र भइरहेका छन् । संविधानसभाका विषयगत समिति, राज्य पुनःसंरचना समिति र आयोगद्वारा प्रस्तुत प्रतिवेदनहरुलाई  लत्याई संविधानसभाको गरिमा तथा जनादेशकोे अपमान गर्ने र जनताबीचको जातीय सद्भाव विथोल्ने गंभीर कसरत भइरहेको छ ।

स्थायी समितिको औपचारिक बैठक नै नबोलाई तथा हाम्रो बिचारसमूहलाई सहभागी नै नबनाई अध्यक्ष क. प्रचण्ड र क. बाबुराम बिचारसमूहद्वारा स्थायी समितिको नाममा संविधानसंग सम्बन्धित विभिन्न विषयमा निर्णय लिइएको  र संविधानका विभिन्न विषयहरुमा तिन दल वा चार पक्षहरुकाबीच सहमति भएको  भनी झूठ समाचार सम्प्रेषण भइरहेकोमा हाम्रो पूर्ण असहमति र गंभीर आपत्ति  रहेकोछ । राज्य पुनःसंरचना सम्बन्धमा राज्य पुनःसंरचना सम्बन्धी विषयगत समिति एवम् आयोगद्वारा प्रस्तुत सिद्धान्त र १४ प्रदेशको संरचना नै मूलभूत रुपमा सही तथा वैज्ञानिक रहेको छ भन्ने पार्टीको अवधारणामा हाम्रो अभिमत कायम छ । साथै, निर्वाचन प्रणालीको सन्दर्भमा राज्यका सबै अंगहरुमा उत्पीडित जाति, क्षेत्र, लिंग र वर्गको समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्छ भन्ने पार्टीको विगतको निर्णयमा पनि हाम्रो धारणा यथावतै कायम रहेको छ ।

    यस स्थितिमा संविधानसभा मार्फत संविधान निर्माणको सहज प्रक्रियालाई अगाडि बढाउने, मजदुर तथा किसान सहित उत्पीडित वर्ग, आदिवासी-जनजाति, महिला, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रका जनसमुदायको पक्षमा जनसंविधान निर्माण गर्ने,  सबै वर्ग तथा तहका जनताबीच ऐक्यताबद्धता तथा जातीय सद्भाव जारी राख्ने र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा आवाज उठाउने उद्देश्यमा आधारित रही जनदवाव सिर्जना गर्नका लागि जनआन्दोलनका निम्नअनुसारको कार्यक्रम तथा धारणा सार्वजनिक गरिएको छ । यसमा आवश्यक समर्थन, सहयोग र ऐक्यबद्धताका लागि हामी सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिसंग हार्दिक अपिल गर्दछौं ।

१. यही जेठ ११ गते देखि १४ गतेसम्म काठमाण्डौ लगायत देशव्यापीरुपमा जनप्रदर्शन गर्ने ।

२. जनआन्दोलन संघर्ष समितिद्वारा राखिएका कार्यक्रमप्रति समर्थन र ऐक्यबद्धता जाहेर गर्ने ।

३. बृहत मधेशीमोर्चाद्वारा राखिएका कार्यक्रमहरुप्रति समर्थन र ऐक्यबद्धता जाहेर गर्ने ।

४. आदिवासी-जनजाति संघर्ष समितिद्वारा घोषणा गरिएका संघर्षका कार्यक्रमहरुप्रति समर्थन र ऐक्यबद्धता जाहेर गर्ने ।

 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु