dashain
Wednesday, 17 October 2018 11:54 am, Nepal

दलहरुबीच भएको सहमतिको मस्यौदा तयार पार्न कार्यदलको बैठक बस्दै

मेचीकाली : 2012-05-16 08:41:21


काठमाडौं, ३ जेठ : संविधान निर्माणका क्रममा देखिएका मुख्य विवादहरूमा दलहरूबीच भएको सहमतिको मस्यौदा तयार पार्न गठन गरिएको कार्यदलको बैठक आज बस्दै छ । बिहान ९ बजेपछि सिंहदरबारमा रहेको राज्य व्यवस्था समितिको कार्यालयमा बस्ने बैठकमा दलहरूबीच भएको सहमतिलाई संवैधानिक भाषा दिएर अन्तिम रुप दिने विषयमा छलफल हुने कार्यदलका सदस्य रमेश लेखकले जानकारी दिनुभयो । 

हिजो बसेको विवाद समाधान उपसमितिको बैठकले सहमतिको मस्यौदा तयार पार्न सात सदस्यीय कार्यदल गठन गरेको थियो कार्यदलमा काङ्ग्रेसका रमेश लेखकसहित एकीकृत नेकपा माओवादीका वर्षमान पुन, खिमलाल देवकोटा, काङ्ग्रेसका राधेश्याम अधिकारी, नेकपा एमालेका भीम रावल, अग्नी खरेल र साना दलको तर्फबाट कल्पना राणा रहनुभएको छ ।

कार्यदलले शासकीय स्वरूप, राज्यपुनर्संरचना, न्याय प्रणाली, निर्वाचन प्रणालीलगायतका विषयमा दलहरूबीच भएको सहमतिलाई अन्तिम रूप दिंदै मस्यौदा तयार पारी आजै दिउँसो २ बजेपछि बस्ने उपसमितिको बैठकमा प्रस्तुत गर्नेछ । कार्यदलले प्रस्तुत गरेको सहमतिको मस्यौदालाई उपसमितिले थप छलफलगरी अन्तिम रूप दिने छ । त्यसपछि भोलि बस्ने संवैधानिक समितिको बैठकमा प्रस्तुत गरिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु