dashain
Wednesday, 17 October 2018 10:41 am, Nepal

एमाले आज सरकारमा जाने, बिहान ११ बजे सपथ ग्रहण हुँदै

मेचीकाली : 2012-05-16 08:42:35


काठमाडौं, ३ जेठ : दलहरूबीच संविधान निर्माणमा देखिएका विवादहरूमा सहमति जुटेपछि सरकारमा सहभागी हुने निर्णय गरेको एमालेका दुई मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको सपथ गराइँदै छ । बिहान ११ बजेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा राष्ट्रपति कार्यालय शितलनिवासमा सपथ गराउने हुने प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ । 

एमालेले महासचिव ईश्वर पोखरेल र केन्द्रीय सदस्य राधा ज्ञवालीलाई सरकारमा पठाउने निर्णय गरेको छ । महासचिव पोखरेलले उपप्रधानमन्त्री पाउनुहुने भएपनि मन्त्रालयको टुङ्गो भने लागेको छैन । एमालेका तर्फबाट सरकारमा सहभागी हुने थप नामावली र मन्त्रालयका विषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक अहिले केहीबेरमा बस्दै छ । 

मन्त्रालय बाँडफाँटमा प्रधानमन्त्रीले आफूहरूलाई बेवास्ता गरेको भन्दै यसअघि भट्टराई नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने निर्णय एमालेले गरेको थियो । प्रमुख दलहरू बीचमा गत वैशाख २१ गते भएको पाँचबुँदे सहमतिअनुसार नेकपा एमाले सरकारमा सहभागी हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु