dashain
Wednesday, 17 October 2018 11:23 am, Nepal

कांग्रेसद्वारा वार्तामा आउन आन्दोलनकारीलाई आग्रह

मेचीकाली : 2012-05-16 11:23:58


काठमाडौं, ३ जेठ : नेपाली कांग्रेसले सुदूरपश्चिमका आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ । आज विहान बसेको कांग्रेस पदाधिकारी बैठकले निरन्तर आन्दोलनका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको भन्दै आन्दोलनरत पक्षलाई सरकारसँंग वार्तामा बस्न आग्रह गरेको हो ।

सुदुरपश्चिममा २० दिनदेखि चलेको आन्दोलनप्रति हिजो मात्र राष्ट्रसंघले चासो लिएको थियो । 

अखण्ड क्षेत्रहरुको माग गर्दै देशभर आन्दोलनहरु चलिरहेको छ । यद्यपी सरकारले आन्दोलनकारीसँग सार्थक वार्ता गर्न सकेको छैन । यसले देश अस्तव्यस्त बन्दै गएको छ ।

यसैगरी विभिन्न मागसहित आन्दोलनमा रहेका सबै पक्षलाई वार्तामा बसेर समस्याको समाधान खोज्न पनि आह्वान गरिएको छ । 

सरकारलाई पनि देशका आन्दोलनरत विभिन्न पक्षसँग समन्वय गरि छिट्टै समस्या समाधान गर्नं कांग्रेसले आग्रह गरेको छ । 

बैठकमा हिजो तीन दलवीच संविधानका विवादित विषयमा भएको सहमतिको पार्टीभित्रका आदीवासी जनजाती, मधेसी सहित चौतर्फी विरोध हुन थालेकोप्रति पनि छलफल भएको थियो ।

छलफलमा सहमतिको विरोधमा उठेका आवाजलाई कसरी सम्बोधन गर्ने , पार्टीभित्रको विरोधको स्वरलाई कसरी समायोजन गर्ने, संविधान निर्माणलाई कसरी तिब्रता दिने र पार्टीको नेतृत्वमा सहमतिको सरकार गठन र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको थप नाम चयनका विषयमा छलफल चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु