dashain
Wednesday, 17 October 2018 12:08 pm, Nepal

वैद्यले कोइरालालाई भने, 'हिजोको सहमतिको सशक्त प्रतिकार गरिनेछ'

मेचीकाली : 2012-05-16 11:29:26


काठमाडौं, ३ जेठ : मधेसी मोर्चाको सहयोगमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि त्यस विरुद्ध खरो उत्रिएको एकीकृत माओवादीको मोहन वैद्य पक्षले हिजो दलहरुबीच भएको संविधान सम्बन्धि सहमति नमान्ने चेतावनी दिएको छ । माओवादी उपाध्यक्ष वैद्यले आफ्नो पार्टीको निर्णय बिना नै दलहरुले संविधानका विवादित विषयमा सहमति गरेकाले त्यसविरुद्ध प्रतिकारमा उत्रने चेतावनी दिएका छन् ।

आज विहान कांग्रेस सभापति सुशील कोइरालालाई भेटन महाराजगञ्ज पुगेका वैद्यले सहमतिको सशक्त प्रतिकार गरिने जनाए ।

आफनो पार्टीका अध्यक्ष प्रचण्डले सहमतिमा व्यक्तिगत र स्वच्छाचारी ढंगले हस्ताक्षर गरेको टिप्पणी वैद्यले गरे । पार्टीको आधिकारिक निर्णय नभएकाले आफ्नो पक्षलाई मान्य नहुने जानकारी पनि उनले कोइरालालाई गराए । 

भेटपछि सञ्चारकर्मीसँग नेता वैद्यले हिजोको सहमति राष्ट्रघाती भएको आरोप लगाउँदै औचित्यहीन सम्झौताविरुद्ध प्रतिकारमा उत्रने धम्की दिए ।

सभापति कोइरालाले भने आफनै पार्टीले गरेको निर्णयको विरोध नगर्न आग्रह गर्दे परिस्थितिको बाध्यतालाई ध्यानमा राख्न आग्रह गरेका  थिए ।

कतिपय असन्तुष्टी जायज भएपनि समयको दबाब र परिस्थितिको गम्भिरतालाई ध्यानमा राखी दलहरु यस्तो सहमतिमा पुगेको कोइरालाको भनाई थियो ।

                                       

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु