dashain
Wednesday, 17 October 2018 10:41 am, Nepal

मन्त्रीपरिषद विस्तार, एमाले सहित साना दल सरकारमा गए

मेचीकाली : 2012-05-16 14:20:20


काठमाडौं, ३ जेठ : संविधानका विवादित विषयमा सहमति बनेको भोलिपल्टै प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । प्रधानमन्त्रीले एमाले र साना दललाई समेटेर आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यसअघि एमालेले संविधानमा सहमति बनेर मन्त्रालयको संरचना फेर्ने निर्णय नबदलेसम्म सरकारमा नजाने अडान राख्तै आएको थियो । 

नवनियुक्त मन्त्रिहरुले आजै राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीबाट पद तथा गोपनियताको सपथ लिए । 

एमालेबाट इश्वर पोखरेल र राधा ज्ञवाली र सानादलहरुबाट संघीय सद्भावना पार्टीका अनिलकुमार झा, राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुराम खापुङ, नेकपा संयुक्तका चन्द्रदेब जोशी, परिवार दलका एकनाथ ढकाल र नेपा राष्ट्रिय पार्टीका केशवमान शाक्यले सपथ लिनुभएको हो । सरकारमा एमालेका पोखरेलले उपप्रधानमन्त्रीको जिम्मेवारी लिनुभएको छ । यो सँगै उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ ।

यसअघि गत बैशाख २३ गते १३ सदस्यीय मन्त्रिपरिषद् गठन भएकोमा अब २० सदस्यीय पुगेको छ । त्यतिबेला मधेसी मोर्चाका तर्फबाट मन्त्री भएका बाहेकलाई बिना विभागीय मन्त्रीमा नियुक्ति गरिएको थियो । 

उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई गृह,हृदयेश त्रिपाठीलाई भौतिक योजना तथा निर्माण, राजेन्द्र महतोलाई स्वास्थ्य तथा जनसंख्या, महेन्द्र यादवलाई सिंचाइ र राजकिशोक सिंहलाई सूचना तथा संचार मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

आज थपिएका मन्त्रिपरिषद्का सातै जनालाई जिम्मेवारी तोकिएको छैन । यसबाहेक यसअघि उपप्रधानमन्त्तीमा नियुक्त नारायणकाजी श्रेष्ठ र क़ष्णप्रसाद सिटौला अनि मन्त्री बनाइएका पोष्टबहादुर बोगटी, टोपबहादुर रायमाझी, वर्षमान पुन, दीनानाथ शर्मा र सूर्यमान गुरुङलाई कुनै मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।

अब मन्त्रालय बिनाको उपप्रधानमन्त्री तीनसहित १४ जना मन्त्री पद पाउने जिम्मेवारी नपाउनेमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु