dashain
Wednesday, 17 October 2018 12:12 pm, Nepal

झापामा एक जनाले एक्लो प्रयासमा संविधान लेखेर सार्वजनिक

मेचीकाली : 2012-05-16 14:38:49


झापा, ३ जेठ : संविधान निर्माणमा मुख्य दलहरुसहित सिंगो संविधानसभा अलमलिइरहेको बेला झापा काँकरभिट्टाका एक व्यक्तिले एक्लो प्रयासमा संविधान लेखेर सार्वजनिक गर्नुभएको छ  । काँकरभिट्टाका ६८ वर्षिय ढाकाप्रसाद भट्टराईले १० महिना लगाएर लेख्नु भएको नेपालको सगरमाथा संविधान नाम दिएको संविधान आज पत्रकार सम्मेलन गरी नेपालको सगरमाथा संविधान सार्वजनिक गर्नुभयो । 

५५ अध्याय, ७० धारा, उपधारा १७० र २५ वटा आयोगहरुको परिकल्पना गरिएको ५१ पृष्ठको संविधान भट्टराईले जारी गर्नुभएको हो । संविधान सार्वजनिक गर्दै भट्टराईले संविधानसभा नै अवैधानिक भएको भन्दै सभासदहरु जनप्रतिनिधी नभई पार्टी भएको बताउनुभयो । मुलुकमा यतिखेर संघियता सहितको संविधान जारी गर्ने विषयमा व्यापक छलफल र बहस चलिरहँदा झापाली संविधान निर्माता ढाका प्रसाद भट्टराईले जारी गर्नुभएको संविधानमा कुनै संघको परिकल्पना गरिएको छैन भने जातियताको मुद्दाले सडक तताइरहेको अवस्थामा जातियतालाई सम्बोधन नगरी भट्टराईले संविधान जारी गर्नुभएको छ ।

यो विषयका प्रतिक्रियाहरु

toya adhikari:May 20, 2012 07:27:37 PM

संबिधान पनि पुरै भय हामीले पनि पढ्ने थियौं
daaunlod garera padna प्या हुन्थ्यो

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु