dashain
Wednesday, 17 October 2018 11:39 am, Nepal

पर्सादेखि सप्तरीसम्मको ८ जिल्लाको प्रदेशको राजधानी सर्लाही हुनुपर्ने माग

मेचीकाली : 2012-05-16 17:50:17


सर्लाही, ३ जेठ : प्रमुख राजनैतिक दलहरुको बीचमा भएको सहमति अनुसार निर्माण हुन लागेको एक प्रदेशको राजधानी सर्लाहीलाई बनाउनुपर्ने यहाँका सरोकारवालाहरुले माग गरेका छन् । प्रदेशको राजधानीका लागि विरगञ्ज, जनकपुर, लहानलगायतका स्थानमा पनि माग भइरहेको छ । 

प्रदेशको राजधानी सर्लार्हीमा हुनुपर्ने भन्दै लालबन्दी स्थित उष्ण प्रदेशीय वागवानी केन्द्रमा आज राजनीतिक दल, पत्रकार, नागरिकसमाज, विभिन्न संघसंस्थाका प्रतिनीधि लगायत सरोकारवालाहरु बीच वृहत छलफल भएको छ । पर्सादेखि सप्तरी सम्मको ८ जिल्लाको एक प्रदेश निर्माण गर्ने सम्बन्धमा सर्लाही मध्य भागमा पर्ने, राजनैतिक,भौगोलिक हिसाबले राम्रो, भौतिक पूर्वाधार निर्माणका लागि प्रयाप्त सरकारी जग्गा भएकाले मुआब्जा तिर्नु नपर्ने, शहरीकरण उन्मुख क्षेत्र भएकोले व्यवस्थित र आधुनिक शहर निर्माण गर्न सकिने, मिथिला क्षेत्रभित्र पर्ने, भारतीय बन्दरगाहसँग पनि नजिक, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नपनि प्रयाप्त जग्गा उपलब्ध गराउन सकिने, मधेशी लगायत सबै राजनीतिक दलको पुर्ण समर्थन भएको जस्ता आधार राजधानीका लागि उनीहरुले प्रस्तुत गरेका छन् ।

यो विषयका प्रतिक्रियाहरु

bisal khatiwada:Sep 2, 2012 08:00:22 PM

यसो बरु सुनसरी तिर सारे हुन्थ्योकी अलिक पूर्वको सेन्टर पनि अनि अलिक हावापानी पनि राम्रो अनि मन्त्रीको लागि राम्री केटि पनि मिल्ने हैन त पुर्बेली ठिटी हो

umesh basnet:Jun 21, 2012 01:00:35 PM

यो त धेरै खुसीको खबर हो दुबैतिरको सेन्टरमा पनि पर्छ
फेरी सुनसरी , बिरगंज, जनकपुर अलि बिकसित भैसक्यो त्यसैले अब पालो सर्लाहीको कि कसो ............

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु