Wednesday, 22 November 2017 06:36 pm, Nepal

सामाजिक चेतनाका लागि सपनाको अभिनय

मेचीकाली : 2010-01-15 14:33:31


-अमरकृष्ण चन्द हरेकसंग आ-आफ्नै किसिमको कला अनि प्रतिभा हुन्छ तर त्यसलाई चिन्न भने सकेको हुँदैन र त कतिपयका कला प्रतिभा त्यतिकै मरेर जान्छ । कतिपय कला प्रतिभा अवसरको अभावमा मर्दै जान्छन् भने कतिपय प्रतिभाले आफ्नो प्रतिभा गुम्साएर राखेका हुन्छन् । यस्तै यस्तै प्रतिभाको भीडमा आफूलाई कलाकारिताको संघर्षको भूमरीमा होमिँदैछिन् नव प्रतिभा अर्थात नव नायिका सपना थापा । कलाको उर्वर भूमिको रुपमा आफ्नो पहिचान बनाएको काभ्रेले फेरी एउटा राम्रो सम्भावना बोकेको प्रतिभा अर्थात कलाकार दिएको छ कला क्षेत्रलाई सपना थापाको नाममा । हरेक आइतबार नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको टेलिचलचित्र "जीवनचक्र" बाट चलचित्र क्षेत्रमा पाइला चालेकी उनले हाल काभ्रेली फिल्मस्को व्यानरमा निर्माण भइरहेको फिचर फिल्म "अन्तर्घात" मा समेत मुख्य नायिकाको भुमिकामा अभिनय गरिरहेकी छिन् । सानैदेखि कलाकारिता भने पछि हुरुक्कै हुने सपनाले विद्यार्थी जीवन देखि नै कलाकारितामा हात हालेको बताउँछिन् । स्कूले जीवन देखि नै कलाकारिता कै एक पाटो नाटक लेखन, निर्देशन गर्नुका साथै आफैले अभिनय पनि गर्दै आइरहेको बताउने उनी बक्तृत्वकला, नृत्य तथा द्वन्दमा समेत उत्तिकै पोख्त छिन् । उनले प्याब्सन काभ्रेको आयोजनामा सम्पन्न अन्तर विद्यालय नाटक प्रतियोगिता ०६३ र ०६४ मा समेत उत्कृष्ट अभिनय गरे बापत उत्कृष्ट कलाकारको रुपमा पुरस्कृत भई सबैको वाहवाही पाउन सफल भइसकेकी छिन् । हरेक वर्ष सुवाष स्मृति प्रतिष्ठानद्वारा काभ्रेली कलाकारहरुलाई प्रदान गरिने सम्मानबाट २०६५ सालमा नै सम्मानित उनले आफ्नो प्रतिभा प्रदर्शन गरी यस्तै यस्तै थुप्रै पदक तथा पुरस्कारहरु पनि प्राप्त गरिसकेकी छिन् । साथै विद्यालयहरुमा विद्यार्थीहरुलाई नृत्य सिकाउने उनी हाल तेजगंगा कलेज पनौतीमा व्यवस्थापन संकायमा कक्षा १२ मा अध्ययन गर्दैछिन् । काभ्रेली भूमिको रमणिय स्थल पनौतीमा जन्मिएकी सपना चर्चित खलनायक नायक मुकुन्द थापाका जेठी सुपुत्री हुन् । आफ्नै खलनायक बुबा मुकुन्द थापाको प्रेरणा र हौसलाबाट कलाक्षेत्रमा लागेकी सपना उनै बुबासंग नृत्य सिक्दै अनि आफ्नै स्व-अध्ययनबाट नृत्यमा पोख्त बनेकी हुन् । कलाक्षेत्रमा सफल हुन फाइट पनि जान्नुपर्ने भएकोले मार्शल आर्टसका ब्लाक बेल्ट चौथो डान आफ्नै बुबा खलनायक थापालाई गुरु थापी द्वन्द सिकेको बताउँछिन् उनी । आफ्नो बुबाले कलाक्षेत्रमा लागेर नाम कमाएको देखेर उनैबाट प्रभावित भई कलाक्षेत्रमा पाइला चालेको बताउने सपना कलाक्षेत्रमा लागेरै समाजका विकृति बिसंगति अन्त्य गर्न चाहन्छिन् । सानैदेखिको सौख अनि अहिले टेलिभिजन, रेडियो तथा कलाकारितामा बढ्दो क्रेज भएकोले आफु पनि समाजका उत्थानको लागि केहि गर्न सकिन्छ कि भनी कलाक्षेत्रमा लागेको बताउँछिन् । कलालाई हृदयबाट प्रस्फुटन हुने मनको भावना अर्थात तरङ्ग स्वीकार्ने सपना चलचित्र क्षेत्रमा आफू जम्न सक्ने बताउँछिन् । आफू जस्तोसुकै अभिनय, नृत्य, द्वन्दका दृष्यहरु सजिलै दिन सक्ने भएकोले पनि चलचित्र क्षेत्रमा आफू सफल हुन सक्ने बताउँछिन् । हाल छायाँकन भइरहेको चलचित्र "अन्तर्घात" मा सजिलै दिएको खतरनाक द्वन्दको दृष्यले पनि उनमा प्रशस्त प्रतिभा भएको प्रमाणित गर्छ । चलचित्र "अन्तर्घात" मा उनी बेचिएकी एक नेपाली चेली जसलाई उद्धार गरी ल्याएको अवस्थामा गर्भवति हुन्छिन् उनै बेचिएकी चेलीबाट जन्मने जुम्ल्याहा छोरी गंगा, जमुना मध्ये जमुनाको सशक्त चत्रिमा देखिनेछिन् । चलचित्रमा समाजका विकृति विसंगति बिरुद्ध खरो रुपमा उत्रिएर लड्ने साहसी युवतिको भुमिका निभाएकी सपना आफ्नो भुमिका मार्फ आफ्नै परिवारबाट पनि चेलिबेटी बेचबिखनमा अन्तर्घर्ााहुन सक्छ त्यसैले सबैले चनाखो हुनु पर्ने सन्देश दिन चाहन्छिन् । आफू यहाँसम्म आइपुग्नुको श्रेय खलनायक बुबा अनि परिवारको सहयोगलाई मान्ने उनी चलचित्रमा जस्तोसुकै भुमिका गर्नु परे पनि पछि नहट्ने बताउँछिन् । तर पनि उनलाई समाजलाई सुसुचित गर्ने अर्थात जनचेतना जगाउने खालको भुमिकामा अभिनय गर्नमा मज्जा आउने सपना बताउँछिन् । कलाकारिता संगसंगै आफ्नो अध्ययनलाई पनि संगै अगाडि बढाउँदै लगेकी सपना भलचित्र क्षेत्रमा नयाँ भए पनि खलनायक बुबा यसै क्षेत्रमा लामो समय देखि रहेकोले यस क्षेत्रबारे राम्रै ज्ञान भएको बताउँदै यो क्षेत्रको बजार बिस्तारै बढ्दै गईरहेको बताउँछिन् । संघर्ष गर्न सक्ने प्रतिभाहरुको यस क्षेत्रमा राम्रो भविष्य देख्ने उनी यो क्षेत्रमा बढ्दो विकृतिहरुको अन्त्य होस भन्ने चाहन्छिन् । यस क्षेत्रमा नाताबाद कृपाबाद, चाकडी चाप्लुसी, पैसा लगानी गरेको भरमा चुरीफुरी गर्नेहरुको बोलवाला रहेको पनि स्वीकार्छिन् सपना । यस्ता प्रवृतिहरुले गर्दा प्रतिभावान प्रतिभाहरुले अवसर पाएका हुँदैनन् तर चाकडी चाप्लुसी गर्ने अनि पैसा लगानी गर्नेको भीडको बोलवाला भएकै कारण नेपाली कलाक्षेत्रको स्तर खस्कदै गएको पनि स्वीकार्छिन् सपना । सधैं हाँसिरहने फरासिली सपनाको रुची समाजसेवा र राजनितिमा पनि रहेको छ । अध्ययनलाई नै धेरैजसो समय दिने उनी फुर्सदको समय घरका काममा ममिलाई सघाउन र भाईबहिनीहरुसंग खेलेर बिताउन रुचाउँछिन् । आफ्नो काम प्रति लगनशील भई मेहनत गर्ने उनी भविष्यमा कलाक्षेत्रको एउटा नक्षत्र भएर स्थापित हुन सक्ने खुबी उनमा रहेको छ । आशा गरौँ भोलिको दिनमा उनी कलाक्षेत्रको बिकासको लागि एउटा आयाम बनुन् । [email protected]

यो विषयका प्रतिक्रियाहरु

rajeeb lama :Jan 24, 2010 02:56:54 PM

तपाइँ को कला छेत्र सफल होस्

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु