Tuesday, 20 February 2018 03:13 am, Nepal

दुरगामी लक्ष्यको अभाव

मेचीकाली : 2010-01-22 18:18:20


कृष्णचन्द्र बन्जरा सहमति र सहकार्को लागी पटक-पटक बसेको राजनैतिक दलका उच्चस्थरीय व्यक्तिहरुको बैठकले कुनै निचोड ननिकाले पछि कार्यदलनै बनाएर सहमतीकै लागी यतिखेर राजनैतिक दल जोडतोडले लागेका छन् । तर कुनै सहमती निस्कने छाँटकाट छैन् । सहमती ननिस्कनुको मुख्यकारण सहजै अनुमान लगाउन सकिन्छ -'सत्ताकेन्द्रीत राजनीति र आफ्नै अडान् ।' १० वर्ष यूद्धकाल देखीनै 'सत्ता कब्जा'को मुख्य सपना बोकेर आएका प्रचण्डलाई उनको सपना जनताले संविधान सभाको निम्ती प्रतिनिधी चुन्ने निर्वाचन मार्फत पुरा गरीदिए । तर सिकारु प्रचण्डले लामो समय पछि पाएको सत्तालाई टिकाउन सकेनन् । त्यो थोरै समयको चुस्कीले उनलाई यतिखेर छटपर्टाईरहेको छ । त्यसैले त उनी सत्ता प्राप्तीकै लागी भनेर कहिले सिङगापुर , कहिले लण्डन त कहिले बेइजीङ जान्छन् । बेलाबेलामा छटपटिदै मेरो ज्यान खतरामा छ । म जस्तो सत्ता नचाहने , नागरीक र्सबाेच्चता र राष्टी्रय स्वधीनता चाहने मान्छे लाई गलत र भ्रमित कुरा गरेर गिराउने चेष्टा गरीदै छ । भनेर त्यहि कुर्सी अर्थात सत्ता नपाएको भक्कानु जनतालाई छारो छ्यापेर भाषण गर्ने गर्छन् । राष्ट्रीय सरकारको गठन गरेर आफैले त्यसको नेतृत्व गर्ने उनको प्रश्तावको आसय पनि यहि हो । उनी सोच्दा हुन जनता भनेका आफ्ना कार्यकता मात्र हुन र जनता सोझा छन , आफ्ना भाषणको झुक्याउने चाला बुझदैनन भनेर । लामु समय सत्ता पाउने वा सत्ताकै वरीपरी घुमीरहने विशेषगरी नेपाली कांग्रेस , एमाले , लगायतका पार्टिका नेताहरु प्रचण्डले सत्ता छोडिदिएको उनलाई ' खुच्चीङ पर्‍यो पैताला , बिरालाले दहि खाला' भन्दै सत्तनै पाएकोमा खुब मख्ख परेर नाचीरहेका छन् । सत्ता प्राप्ती वा कुरसी खोसाखोसको प्रवृति नेपाली राजनैतिक खेलाडीको लागी भकुण्डो साबित भएता पनि समग्र नेपालीहरुको लागी सबै भन्दा घातक तत्व साबित भइरहेको छ । कहिले सम्म नेपाली राजनैतिक दलले सत्ताकेन्द्रीत भनेर कुरसी खोसाखोस मात्र गरेर बस्ने - के शासन प्रणलीलाई व्यवस्थीत गरेर राजनैतिक लक्ष परिवतर्न गर्ने बेलाभएन र - यो प्रश्नको उत्तर राजनैतीक दलका नेताहरुले दिने बेला भएको छ । शासनप्रणाली गर्न अहिलेको समय उनीहरुको ध्यान बन्नै लागेको नयाँ संबिधानलाई उपयूत्त संविधान बनाउने बिषयमा ध्यान केन्द्रीत गर्ने बेला हो । तर नेताहरु यो बिषयमा त्यति ध्यान दिइरहेका छैनन् । संविधानकै लागी गर्नै पर्ने बहसका कयौ बिषयलाई थाति राखेर सत्ताकै खेलमा लाग्न उनीहरु विवस देखिन्छन् । सामान्य र फोस्रा बिषयहरुमा कुराहरुको निचोड सत्ता टिकाउने वा सत्ता पाउने भनेर कुरसीको लुछालुछ बाहेक केही भएको देखीदैन । हामी १० बर्षपछिको नेपाल कस्तो देख्छौ - हाम्रो क्यानभाषमा नेताहरुको भाषणले त्यो समयलाई कस्तो खालको आकृति निर्माण गरीरहेको छ त - जहाँ सम्म लाग्छ हामी मात्र हैन नेताहरुले पनि संविधान बन्छ , कस्तो खालको शासन पद्धति लागुहुन्छ त्यसको टुङगो लाग्छ , हामी जनता सत्तामा जानेलाई कुरसी सम्म पुर्‍याउन भोट हाल्छौ र कुरसीमा पुगेकालाई राजनैतिकरुपमा कुरसीबाट तलझारेपछि पुन कुरसीमै पुर्‍याउने खेलमै मस्त हुन्छौ । यहि सोच बाटै नेताहरुमा अल्छी पना देखा परेको छ । उनीहरुलाई लागीरहेको छ-' संबिधान बनेपनी वा नबने पनि हामी एउटै खेलका खेलाडी' अर्थात जहीले पनि हाम्रो लक्ष्य प्रप्तीको नाममा कुरसी खोस्ने वा पाउने भन्ने सोचले उनीहरु ग्रसित देखीन्छन् । त्यसो त हाम्रो देशमा दुरगामी लक्ष्य निर्धारण गर्ने नेताकै अभाव देखीएको छ । मदन भण्डारीले तत्कालीन राजालाई सँगै निर्बाचनमा भाग लेउ ,जनताले छुट्याउनेछन को ठुलो वा सानो । जन्मजात कोहि पनि ठुलो हुदैन । जनताको ठुलो हुँ भन्ने ले जनताबाटै संर्घष्ा गरेर आउनु पर्छ । भनेपछि नेपालको अस्तीत्व माथीनै प्रश्न चिन्ह खडा हुन थालेको थियो । साथै राजाको शासन पद्धती बाट लोकतन्त्रिक पद्धतीको सपना निर्धारण भएको थियो । राजाकै निगाहामा २०४६ सालको संबिधान जारी भएकोले नयाँ संविधान अर्थात जनताले नै बनाएको आवश्यकत्ता महशुस हुन थालेको थियो । हामी त्यतीबेला देखि कै लक्ष्यमा केन्द्रीत छौ । जतिबेला मदन भण्डारीको भाषणले लक्ष्य निर्धारण गरेको थियो । अहिले हामी पुरानै लक्ष्यमा दौडिरहेका छौ । जसको समय संबिधान बनेपछी रोकीने वालामा छ । त्यसैले नयाँ लक्ष्यको आवश्यकता महँसुस भइरहेको छ ।

यो विषयका प्रतिक्रियाहरु

madhav ghimire:Feb 9, 2010 08:02:58 AM

khusi lagyo, nepali janata lai aakhama charo halera, satta prati prabhutwo jamauna khojne neta harulai byanga ko madhyem dwara sachet garauna khojiyeko ma..

nagendra adhikari:Jan 29, 2010 02:17:50 PM

ल ल badai 6

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु